Advertisement
SKIP THIS

तामाङ संघ कोरियाको वार्षिक साधारणसभा सम्पन्न, तामाङ सञ्चारकर्मीहरू सम्मानित


नेपाल तामाङ संघ दक्षिण कोरियाको नवौं कार्यसमितिको वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राजधानी सउलको दोङ्देमुनमा अवस्थित निक ट्राभलको सभाहलमा आइतबार सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा दक्षिण कोरियामा रहेर पत्रकारिता गर्दै आएका ४ जनालाई सम्मान गरेको छ ।

संस्थाको अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पाको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष वाइबाले तामाङ भाषा, संस्कृति र संरक्षण गर्दै तामसालिङ प्राप्त गर्नाकोलागी सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका थिए । त्यस्तै जनजाति महासंघ कोरियाको अध्यक्ष शेर्पाले सम्पुर्ण उत्पीडित जातजाति सबै एकजुट भएर हाम्रो आफ्नो पहिचान प्राप्तिको लागि सशक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

विशेष अतिथिहहरूमा नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा, सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामा, तामाङ समाज ख्याङ्साङनाम्दो बुसानका कार्यबाहक अध्यक्ष सुजित घिसिङ लगायत कोरियामा स्थापित विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेका थिए ।

साथै संघले कोरियामा रहेर सञ्चारमाध्यममा क्रियाशील ४ जना सञ्चारकर्मीहरू तेमाल अनलाइनका दुध बहादुर लामा, अनलाइन मिडिया वानका किशोर कुमार ब्लोन, सैलुङ अनलाइनका अमिर योञ्जन, फोनिज कोरियाका बिमल सिं लामालाई सम्मान गरेका थिए ।

अौपाचारिक कार्यक्रम पश्चात् भएको संघको साधारणसभा बाट संघको विधान समेत संशोधन गरिएको छ ।

सभामा संघको महासचिव गोकुल थोकरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मनोज वाईबाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै सभाद्वारा हालको आर्थिक समिति विघाटन गरि लेखा परिक्षक समिति गठन गरिएको छ ।

उक्त सभाको भेलाले सामाजिक कार्यमा क्रियाशील पर्वती मोक्तानलाई संघको सल्लाहकारमा चयन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...