Advertisement
SKIP THIS

प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने


कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी मजदुरले कम्पनी परिवर्तन समेत गर्न पाउने छ ।

नयाँ नियमन अनुसार, रोजगार दाताले पुरुष र महिला प्रवासी मजदुरहरूको लागि अलग-अलग आवास क्वार्टरहरू उपलब्ध गराउनु पर्ने छ र एक कोठामा १५ जना भन्दा बढी कामदारहरू राख्न पाउने छैन ।

मन्त्रालयको अनुसार राष्ट्रपति कार्यलय च्यङ वा दइ(ब्लु हाउस)मा मंगलबार बसेको क्याबिनेट बैठकले विदेशी श्रमिकहरूको लागि छात्रावास सञ्चालन गर्दा, उनीहरूले पाउनुपर्ने न्युनतम सुबिधा अनिवार्य पाउन सकियोस् भनेर प्रवासी रोजगार प्रवर्द्धन विधेयक संशोधन पारित गरिएको हो । जस्ले प्रवासी मजदुरहरुको मानवाधिकारको रक्षा समेत गर्ने जनाएको छ ।

नयाँ नियमहरू यस्ता व्यवसायमा लागू हुनेछन् जस्ले प्रवासी श्रमिकहरूको लागि छात्रावास सञ्चालन गर्दछ र १६ जुलाई देखि लागु हुनेछ ।

संशोधन विधेयक अनुसार, महिला र पुरुष एउटै कोठामा बस्न पाउँदैनन् । फरक सिफ्टमा काम गर्नेहरुले एउटै कोठा प्रयोग गर्न नपाइने, कोठा कम्तीमा पनि प्रती ब्यक्ति २.५ वर्ग मिटरको हुनुपर्ने र एउटा कोठामा १५ जना भन्दा बढी बस्न नपाइने लगायतको नियम रहेको छ ।

त्यस्तै छात्रावासमा बस्ने सबैलाई न्युनतम आवस्यकताको कुराहरू जस्तै ट्वाइलेट, बाथरूम, सिङ्क(ह्यान्ड बेसन), लाइट, एयर कन्डिसनर, हिटर तथा आगो नियन्त्रण प्रणाली समेत जडान गरिएको हुनुपर्ने छ ।

आफ्नो व्यक्तिगत गोप्यनियताको सुरक्षाका लागि कोठा, बाथरूम तथा ट्वाइलेटको लक सिस्टम हुनुपर्ने छ । साथै आफ्नो सामान राख्ने दराज समेत व्यक्तिगत हुनुपर्ने जनाएको छ ।

उल्लेखित सुविधाहरुको बारेमा कम्पनीले विदेशी कामदारहरु सँग कन्ट्याक्ट् पेपरमा हस्ताक्षर गर्दा नै सम्पुर्ण जानकारी दिनुपर्ने छ । यो नियम E -9 र H -3 भिसामा कोरिया आएका प्रवासी मजदुरहरुको हकमा लागू हुनेछ जनाएको छ ।

“हामी विदेशी श्रमिकहरुको लागि न्यूनतम जीवनशैली सुरक्षित गर्ने कोसिस गरिरहेका छौँ । यदि उनीहरुले छात्रावासको न्युनतम सुविधा पाउन नसकेमा अर्को कम्पनीमा परिवर्तन गर्न अनुमति दिन्छौं ।” मन्त्रालयको अधिकारीलाई उदृत गर्दै कोरिया टाइम्सले लेखेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...