आँखाहरुको क्यानभाष

इन्द्रेणीको रङ्ग चोरेर
परेलीको क्यानभाषमा
बनाएको थिएँ एउटा चित्र
समयको उष्णताले
रङ्गहरु छचल्किएर कुचि लतपतिएर
विआकृती, विनिर्मित भएपनि
किन सुन्दर लाग्छ मलाई
तिम्रो त्यहि चित्र?
आँखाको आकार फरक होला
आँखाको लय फरक होला
आँखाको सिली फरक होला
आँखाको परिभाषा फरक होला,
तर
संसारको सबैभन्दा सुन्दर चिज
आँखा,
मन र
मुटु त रहेछ ।
त्यसैले त
आँखा, मन, मुटुको क्यानभाषमा
तिम्रो तस्विर सजाएकी छु ।
दीपा मेवाहाङ राई
– कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।