Advertisement
SKIP THIS

लोट्टे ग्रुपले नेपालमा ‘लोट्टेरिया’ सञ्चालन गर्ने


काेरियामा मुख्य कार्यालय रहेकाे बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुपले अाफ्नाे ब्यवसाय अन्तर्गतको फास्टफुड फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन गर्ने भएकाेछ। मंगलबार काठमाण्डाैमा एक कार्यक्रम अायाेजना गरि दक्षिण कोरियाको लोट्टे जीआरएस र हिमालय एनके बीच फ्रेन्चाईज सम्झौता सम्पन्न भएको हाे ।

सम्झौता गर्न मंगलबार काठमाण्डाैमा आयोजित कार्यक्रममा उद्योग मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यता रहेकाे थियो । उक्त सम्झौताका निम्ती लोट्टेका ग्लोबल सिईओ ‘नाम इक उ’ र ग्लोबल बिजनेश टीम प्रमुख ‘किम कि छल’ सोमबार नै काठमाडौँ प्रवेश गरेकाे कार्यक्रममा बताईयो ।

हिमालय एनके का अध्यक्ष तथा एनआरएनका एसिया प्यासिफिक उप संयोजक बिनोद कुँवरले भने-‘नेपालमा लोट्टेरिया आगमनले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि सहयोग गर्नेछ ।’ कुँवरले विश्वव्यापीकरणको प्रभावसँगै नयाँ खालका खानपान र संस्कृती नेपालमा समेत विकास हुँदै गएकोमा जोड दिए । साथै, सोही कारण व्यवसायिक सफलता हासिल गर्न सहज हुने उनको तर्क छ ।

लोट्टेरिया संचालनमा आएको ४० वर्ष भईसकेको छ । दक्षिण कोरिया, भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडीया, काजकिस्तान, मङ्गोलिया र लाओस पाकिस्तान, फिलिपिन्स, बेलायत, रसिया र पोल्याण्ड लगायतका देशहरुमा १६ सय भन्दा बढीको संख्यामा फ्रेन्चाईज रेष्टुरेन्ट सञ्चालित छन् । लोट्टेरिया ‘चिकेन’ र ‘बर्गर’को लागि प्रशिद्ध रहेको कम्पनीको दाबी छ ।

जापानबाट शुरु भए पनि कोरियामा मूख्यालय रहेको लोटे ग्रुपले ९० वटा व्यपारिक क्षेत्रमा हात हालेको याे ग्रुपले क्याण्डी उत्पादन, होटल, शपिङ सेन्टर, फाष्ट फुड, वेभरेज, रिटेल, फाइनान्सियल सेवा, आइटी, कन्ट्रक्शन लगायतका क्षेत्रमा प्रख्यात छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...