कर बुझाउने अन्तिम मिति


ठूलो घरमा
अचेल अन्धा मान्छेहरु
हिसाब गरीरहेछन् रे
टाउकाहरुको।

पहाड माथि
हलो जोतेर अन्न उब्जाउने
त्यो माने दमाईले
आफ्नो आङ ढाक्न सकेको छैन
छिमेकीको छोरो विद्यालय जाँदा
मनमा ढुङ्गा ठडाएर
उस्ले आफ्नो छोरोलाई
हलो जोत्न सिकाई रहेछ
भोलिको दिन
आधीपेट पनि नभरेला भन्ने चिन्ताले।

सकुन हजुर आमा
अरबमा छोरो मरेको समाचार
कसैले उल्टो सुनाई दिएकोले
झुपडिमा दुई माउ कुखुरी
चार बचेरा चल्ला छोप्दै
छोरोको पैतलाको पदचाप कुरिरहेछ।

जनयुद्धमा
बन्दुकले निलेका सन्तान सम्झेर
सहिद पार्कमा दिनहु सन्तान बोलाई रहने
सुन्तली काकीले
सहिद पार्क छेउमै काउली लगाएकी छे।

श्रीमान पहिरो पुरिए पछि
सन्तान पढाउन
जुनु भाउजुले
गाँउकै कुनामा भट्टी खोलेकी छे
भट्टिमा पानी र जवानी दुबै चल्छ
किनकी
जवानी बिना भट्टी नचलेर
झन्नै भोकिएकी थिई।

ठूला महलमा
अन्धा मान्छेहरु
टाउका गनिरहेछन्।
अब
गनिने छन्
माने दमाई, सकुन हजुर आमा, सुन्तली काकी, जुनु भाउजू
किनकी
अन्धामान्छेहरु
आफ्ना पेटको तौला जोखिरहेछन्

गनिरहेछन् जन टाउकाहरु
भोलि त कर बुझाउने अन्तिम मिति हो।

यामदास
sntllmds@gmail.com

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ मा बृहत ल्होसार ल्हाब्सोल कार्यक्रम गर्ने, तयारी अन्तिम चरणमा
  • काेरियाका लागि नेपाली दुताबासले काेरियाली अध्यागमन प्रकिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने
  • विनोद बुढाथोकीको अध्यक्षतामा डाइनामिक मोरङ कमिटिको नयाँ कार्यसमिति
  • खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन
  • ईपिएस

    सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

    मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस १५ ...

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!