कोरियामा नेपाली चलचित्र " होस्टेल रिटर्नस" आउदै


अशोक पोख्रेल,
विदेशमा रहेका नेपालीहरूले वेला- वेलामा नेपाली चलचित्रलाई प्रदर्शनीमा ल्याउने गरेका छन् भने निर्देशक तथा निर्माताले पनी पहिलो सो ( प्रदर्शनी) विदेशमा नै गएर गरेको पाइन्छ । त्यस्तै नेपाली चलचित्रहरू मध्ये भर्खरै मात्र अस्ट्रेलियामा सफलतापुर्ण प्रदर्शन भइसकेको चलचित्र ” होस्टेल रिटर्नस ” अहिले सामाजिक सञ्जाल र मिडियाहरूमा प्रसस्तै रूपमा छाउँदै एउटा चर्चामा रहेको चलचित्र हो । यो चलचित्र कोरियाको  सउल , बुसान, थेगु, जेजुदो लगायतका विभिन्न शहरहरूमा प्रदर्शन हुनेभएको छ। –
कोरीयाको दोस्रो ठुलो शहर बुसानमा, एन आर एन बुसान क्षेत्रको आयोजनामा यही अगष्ट ३० मा भब्य प्रदर्शनी गरिने भएको छ। बुसान एन आर एन आपतकालीन कोषको सहयोगार्थ प्रदर्शनी गर्न लागेको उक्त चलचित्र दिनको १ बजे बुसान बहु- साँस्कृतिक अन्तराष्ट्रीय विद्यालय( बुसान मल्ट्रीकल्चरल इन्टरनेशनल स्कुल वा 부산 다문화 국제 학교) को एक हलमा प्रदर्शनी हुनेभएको छ।
ब्यानर दुर्गिस फिल्मले सुरज भुषालको निर्देशनमा बनाएको सो चलचित्रमा सुरज भुषाल र सन्तोस लम्सालको पटकथा रहेको छ। होस्टेलमा बस्ने सिनियर र जुनीयर कलेजका विद्यार्थी बिचको द्वन्द्व,प्रेम आदी सेरोफेरोमा रहेको यो चलचित्रमा शुशील श्रेष्ठ,शशि श्रेष्ठ र स्वस्तिमा खड्का मुख्यकलाकार रहेका छन् भने नजिर हुसेन,अभय बराल,शुशील सिटौला,प्रदीप कुमार चौधारी र सुदाम सिके आदी जस्ता अन्य सहायक कलाकारहरू रहेका छन्।पृथक भुमीकामा रहेका चटपटे पात्रहरूले भरिएको यस चलचित्रमा वोलिने लवज र थेगोले साँच्चै आनन्द दिने बुझिएको छ।
विशेष गरेर रामेश्वर यादबको भुमीकामा देखीएका नजिर हुसेन जो जनकपुर धरमपुर बाट होस्टेल आएका हुन्छन्छन् उनको मैथिली लवज र वोलीको शैलीको अहिले निकै चर्चा भइरहेको छ। त्यस्तै गरेर आछामी लवज र तोते लोली वोल्ने भिन्नै पहिरनका समिर भट्ट जो इन्जिनीयर अभ्यास गर्न होस्टेल प्रवेश गरेको हुन्छ उसको पनी त्यस्तै चर्चा छ। सबै कलाकारहरूको छुट्टा- छुट्टै भुमीका रहेको मसलेदार यस चलचित्रमा समय अबधीभर हाँसो र कौतुहलताले भरिएको बुझिएको छ तेसो त सबै कुरा बुझ्न र मजा लिन भने चै चलचित्र हेर्नैपर्ने हुन्छ।
नयाँ र जोसीला कलाकारहरूले भरिएको यस चलचित्रलाई सबैले आशाबोकेको राम्रो चलचित्रको रूपमा हेरेको अनुमान पनी छ। – विदेशमा बसेर ब्यस्त जिवनलाइ स्वस्थ्य वनाउन र मनोरञ्जन लिन साथै नेपाली चलचित्रलाई माया गर्न यस्तो अवसर र मौकालाइ सदुपयोग गर्नु आफैँमा महत्वपुर्ण पक्ष हो । हामीले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ नेपाली चलचित्रको हौसला र माया गर्ने भनेको हामी नेपालीले नै हो।
त्यसैले भ्याए सम्म र सकेसम्म वर-पर रहेका सबै नेपालीले यस चलचित्रलाई हौसला र माया गर्नैपर्ने देखीन्छ।आयोजक बुसान एन आर एन क्षेत्र ले वुसान- किम्हे,गजे,याङसान,उल्सान छाङवन,मासान हामान वर- पर रहेका सम्पुर्ण संघ- संस्थाका प्रतिनीधी लगायत अन्य सबै नेपालीहरूलाई यस चलचित्रलाई माया गरिदिनुहुन,हेरिदिनुहुन अनुरोध समेत गरेको छ।
चलचित्र प्रदर्शनी हुने ठाउँ सम्म पुग्नको लागी ट्रेन नं.१ को ११४ छोर्याङ भन्ने ठाउँमा झरेर गेट नं. ९ बाट निस्किदा करिब ‍२ मिनेट जति पैदल हिंडेपछी, बुसान मल्टीकल्चरल इन्टरनेशनल स्कुलमा अबस्थित उक्त हलमा पुग्नसकिने वताइएको छ। वेला र मौकामा आएको, नेपालमा पनी प्रदर्शनीकोे तयारीमा रहेको ‘कमेडीमुलक यो मसलेदार चलचित्र एकपल्ट हेरेर मनोरञ्जन लिनैपर्ने देखीन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...