'कोरिया' कडा परिश्रम, राम्रो कमाइ


पुष्पराज कोइराला
घर, कार र करिअर मध्यम वर्गीय नेपाली युवाको एउटा जबर्जस्त सपना हो। त्यही सपना पछ्याउँदै कोही अमेरिका पुगेका छन् त कोही युरोप। दक्षिण कोरिया नेपाली युवाका लागि एउटा यस्तो गन्तव्य हो जहाँ पुग्न धेरै पैसा खर्च हुँदैन। पढाइमा अब्बल भइरहनु पर्दैन। र नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी एजेन्सीमा काम गर्नेहरुले जतिकै कमाउन सकिन्छ— मासिक लाख रुपैयाँभन्दा बढी।
 
नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएसको पढाइ सकेका पर्वतका जीवन पोखरेल यतिबेला रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको तयारीमा छन्। कोरिया जान पाए मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्थ्यो भन्ने सपना सम्झेर उनी कोरियाली भाषाको तयारी गर्दैछन्। ‘हाम्रो स्तरको पढाइले नेपालमा त्यति कमाउने गरी जागिरै पाइँदैन’, उनी भन्छन्, ‘सोर्सफोर्स बिना त काम पाउनै गाह्रो छ।’इपिएसमार्फत् कोरिया लाने कामदार छनौटका लागि कोरियाली भाषा परीक्षा आगामी असोज २ र ३ गते हुँदैछ। जीवन सो परीक्षामा सहभागी हुँदैछन्।
 
उनीसँगै ५० हजार नेपाली युवाले कोरियाली भाषाको जाँच दिन फारम भरेका छन्। ‘सरकारी समन्वयमा थोरै पैसा तिरेर राम्रो कमाइ गर्न सकिने हुनाले युवामा कोरिया आकर्षण बढ्दो छ’, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोला भन्छन्, ‘करिब ५० हजार युवाले आवेदन फारम दर्ता गराएका छन्।’ यस अघि पाँचौं पटकको परीक्षामा करिब ६० हजार परीक्षार्थी सहभागी थिए।
 
 
रोजगार अनुमति प्रणालीअनुसार कोरिया पठाउन थालिए (२००८)देखि हालसम्म यस्तै सपना देख्ने ३२ हजार ५ सय युवा कोरिया गइसकेका छन्। यस मध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा र २० प्रतिशत युवा कृषि, पशुपालन तथा मस्यपालन क्षेत्रमा कामदारको रुपमा कार्यत छन्। ‘आउँदो असोज २ र ३ गते हुन लागेको परीक्षा छैटौं हो,’ शाखाका निर्देशक डिल्लीराम बास्तोलाले भने, ‘सरकारी समन्वयमा न्यून लागतमा उच्च प्रतिफल पाइने हुनाले कोरिया रोजगारप्रति आकर्षण बढेको देखिन्छ।’सम्झौता हुनुअघि आफ्नै तरिकाले करिब १ हजार कामदार कोरिया गएको तथ्यांक शाखासँग छ।
 
कोरियामा कामदार पठाउने सातौं मुलुकको रुपमा सन् २००७ मा सम्झौता गरेको नेपाल हाल कोरियाली कम्पनीहरुको कामदार छनोटको दोस्रो उत्कृष्ट मुलुक बनेको छ।कोरियामा कार्यरत नेपाली युवा कामदारले कार्यस्थलमा देखाएको लगनशीलता, इमानदारिता, धैर्य र अनुशासनका कारण नै नेपाल कोरियाका लागि नेपाली कामदार कम्बोडियापछिको दोस्रो प्राथमिकतामा परेको हो।
 
कसरी पुगिन्छ कोरिया?
 
कोरिया सरकारको सरकारी मानव संसाधन विकास विभागले प्रत्येक वर्ष रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जान चाहने युवा कामदारहरुका निम्ति भाषा परीक्षामा सहभागी हुन आवेदन माग गर्छ। आवेदनकै बेलामा आफू कोरियाको औद्योगिक क्षेत्र वा कृषि, पशुपालन तथा मत्यस्यपालन गरी दुई क्षेत्र मध्ये कुन क्षेत्रमा काम गर्न इच्छुक हो सो विषय परीक्षा फारममै उल्लेख गर्नुपर्छ।आफूले भरेको विषयगत समुह मध्येबाट उत्कृष्टताको आधारमा नेपालका लागि छुट्टयाइएको कोटा मध्येबाट नेपाली कामदारको छनोट गरिन्छ।
 
भाषा परीक्षामा उत्कृष्ट अंक ल्याउने कोटा बमोजिमको परीक्षार्थी नामावलीलाई इपिएर शाखाले आफ्नो रोष्टरमा चढाउने गरेको छ। रोष्टरमा नाम भएका मध्येबाट स्वास्थय परीक्षण उत्तीण भई रोजगार दाताको छनोटमा परेका कामदारहरुले कोरिया जान पाउने व्यवस्था छ। तर, रोष्टरमा नाम भएको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरेका नेपाली युवाको नाम स्वतः रोष्टरबाट हट्ने प्रावधान छ।
 
परीक्षा आवेदनका लागि २६ डलर अर्थात् करिब २ हजार ६ सय नेपाली रुपैयाँ लाग्छ। यसबाहेक राहदानी बनाउँदादेखि प्लेन टिकटलगायत सबै लागत जोड्दा एक कामदारले करिब ९५ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ।
 
बढ्दैछ तलब
 
कोरिया सरकारले २०१६ देखि न्यूनतम तलबमा ८ प्रतिशतले वृद्धि गर्ने तयारी गरिरहेको इपिएर कोरिया शाखा नेपालले जनाएको छ | कोरियामा काम गर्ने नेपालसहित अन्य देशका आप्रवासी कामदारले मासिक करिब १ लाख १० हजार(११ लख ८८ हजार वन)रुपैयाँ न्यूनतम तलब पाउने व्यवस्था छ। कम्पनीको नियमअनुसार थप सेवा सुविधा र ओभर टाइम ड्युटीको सुविधा पनि कामदारले पाउँदै आएका छन्। कुनै पनि आप्रवासी कामदालरालाई सरकारले तोकेको न्यूनतम तलबमा नघटाइ पारिश्रमिक दिनुपर्ने व्यवस्था छ।
 
‘हामीले गरेको एक अध्ययनले कोरियामा अहिले नेपाली कामदारले औषत मासिक डेढ लाख रुपैयाँ कमाउँछन्,’ निर्देशक बास्तोलाले भने, ‘पासपोर्ट बनाउनेदेखि कोरिया पुग्दासम्म करिब ९५ हजार रुपैयाँ नेपाली कामदारको लागत लाग्ने गरेको छ।
 
डेन्जर, डर्टी र डिफिकल्ट
 
इपिएस शाखाले २०१४ मा लिएको भाषा परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढी युवाले परीक्षा आवेदन दिएका थिए। ‘२०१५ को परीक्षाका लागि ५० हजारभन्दा बढी युवाले फारम भरेका छन्,’ निर्देशक बास्तोलाले भने, ‘कामका लागि कोरिया जाने आकांक्षी कामदारहरुको संख्या निकै बढी छ।
 
 
नेपालका लागि वार्षिक करिब ६ हजारको मात्र कोटा छ।’न्यून लागतमा विस्वासिलो र भरपर्दो तरिकाले राम्रो कमाइ गर्न सकिने भएकाले नेपालमा औषत राम्रै कमाइ गरिरहेकाहरु पनि कोरिया जान चाहिरहेका उनले बताए। ‘कोरियन भाषा पढाउने शिक्षक र कतिपय सरकारी सेवाका कर्मचारीसमेत जागिर छोडेर कोरिया गएको र जाने तयारी गरेको पाइएको छ,’ उनले भने, ‘राम्रो कमाइ देखेर नै डेन्जर, डर्टी र डिफिकल्टी(थ्री–डी)कामका युवा आकर्षण बढेको हो।’ कोरियाप्रतिको बढ्दो आकर्षण र नेपालप्रतिको विकर्षण घटाउनु पनि सरकारका लागि चुनौतीको विषय बनेको उनको भनाइ छ।
 
सोचे जस्तो सहज छैन
 
कोरिया मकवानपुर पालुङ घर भएका सचिन श्रेष्ठको शव गत असारको दोस्रो साता इन्छन स्थित कम्पनीमै झुन्डिएको अवस्थामा भेटियो। विवाह गरेकी श्रीमती छोडेर कोरिया पुगेको दुई महिना नपुग्दै उनले आत्महत्या गरेका थिए। ६ वर्षदेखि एउटै कम्पनीमा काम गर्दै आएका उनको आत्महत्याको कारण अझै रहस्यमय नै छ। सोलस्थित नेपाली दूतावासका अनुसार सुतेकै अवस्थामा मृत्यु हुने घटना पनि बारम्बार दोहोरिने गरेका छन्।
 
कोरियाको कठोर कार्यशैली र जोखिमपूर्ण काम नेपाली कामदारका लागि गाह्रो बन्ने गर्छ। नेपालमा पाउँदै आएको पदीय तथा सामाजिक सम्मान गुमाएको आवेग, नेपालमा चाहना गरे जति कामउन नसकेको पीडा अनि कडा अनुशासनमा कठोर जोखीमपूर्ण काम गर्नुपर्दा कतिपय कामदारले आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ।
 
‘तलब स्केललाई मात्रै हेरेर यहाँको जागिर छोडेर जानेहरुमा प्रायः यस्तो तनाव वा खिन्नताको समस्या देखिएको छ,’ इपिएस शाखाका निर्देशक बास्तोला भन्छन्।कम्पनीको व्यवहार चित्त नबुझे उ विरुद्ध उजुरी गर्ने वा कम्पनी परिर्वतन गर्ने अधिकार नेपाली कामदारलाई छैन। कम्पनी फेर्न काम गरिरहेको कम्पनीले स्वीकृति दिनुपर्ने व्यवस्था गरिएको छ। रोजगारदाताले सहमति नदिएको अवस्थामा पहिलो काम छोडेर अर्को कम्पनीमा काम गर्न नेपाली कामदारले पाउँदैनन्। यसले पनि नेपाली कामदारलाई आत्महत्यासम्म पुर्‍याइरहेको हो। कानुनी व्यवस्थामा रोजगारदाताको स्वीकृतिमा ३ वटासम्म रोजगारदाता परिवर्तन गर्न पाउने अधिकार नेपाली कामदारलाई छ तर व्यवहारिक रुपमा यसको अभ्यास सहज नरहेको कोरियामा काम गरिरहेका नेपाली बताउँछन्।-नागरिक

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...