बलत्कारी पुरुषलाई कडा कारबाही हुनुपर्छ-मल्लिका थकाली अध्यक्ष, 'महिलाका लागि महिला'


‘वुमन फर वुमन’ अर्थात ‘महिलाका लागि महिला’ कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था हो । दुःख, कष्ट र विभिन्न समस्यामा परेका महिलाहरुको सहयोगी बनेर उनीहरुको सुख दुःखमा साथ दिदै आएको यो सामाजिक संस्थाले दुःख पाएका दिदीबहिनी, विरामी भएका, वेरोजगार वा विभिन्न आपतविपतमा परेका महिलाहरुको समस्या समाधान गर्दै उनीहरुको हकहित र अधिकारका विषयमा वकालत समेत गर्दै आएको छ ।
सन् २०१० देखि संचालनमा आएको यसले वैवाहिक , रोजगारी  र विद्यार्थी भिसामा यहाँ  आएका दिदीबहिनीहरुलाई परेका समस्यालाई समाधान गर्न विषेश पहल गर्दै आएको छ । संस्थाले महिलाको समस्यामात्र होइन अप्ठ्यारा परिस्थितिसँग गुज्रिरहेको नेपालीहरुको सेवामा समेत लाग्दै आएको छ । त्यसैगरी पछिल्लो समय नेपालमा गएको विनाशकारी महाभूकम्पले ध्वस्त बनाएको नेपाल र नेपालीहरुका लागि राहत संकलन गरेर नेपाल पठाइसकेको छ । यहि सेरोफेरोमा रहेर महिलाका लागि महिला संस्थाका वर्तमान अध्यक्ष मल्लिका थकालीसँग फोनिज कोरियाका लागि बाला राईले गरेको कुराकानी :-
महिलाका लागि महिला संस्थाले भूकम्प पिडितका लागि के गर्दै छ ?
हामीले भूकम्प पिडितको लागि ४५ लाख वन राहत संकलन गरेर हाम्रो सस्थाको ब्यानरसहित एनआरएन अध्यक्षको साथमा नेपाल पठाइसकेका छौं । हाम्रो संस्थाकी भूपू कोषाध्यक्ष सन्ध्या बज्राचार्य अहिले नेपालमा हुनुहुन्छ । उहाँमार्फत भूकम्प पिडित क्षेत्र जहाँ दाताहरु पुग्न सकेका छैनन,खानेकुराको अभाव छ त्यहाँ गएर हाम्रो संस्थाले सहयोग गर्ने भनेका छौं । अझैं पनि राहत संकलन जारी छ ।
यो संस्थाले कोरियामा रहेका नेपालीहरुको लागि कस्तो भूमिका निभाउदै आएको छ ?
प्रवासमा रहेका हामी महिला एक हौं र हाम्रा समस्यालाई एकजूट भएर समाधान गर्दै अघि बढौं भन्ने हाम्रो ध्येय हो । हामीले संस्थामार्फत कोरियामा रहेका दिदीबहिनीहरुको सानाठुला जति पनि समस्याहरु आउँछन् त्यसको समाधान गर्ने प्रयास गर्छौं । जटिल समस्या समाधान गर्न नसके पनि उचित सल्लाह, सुझाव र परामर्श दिन्छौं । त्यस्तै रोजगारको लागि आएका दिदीबहिनीहरु काम छाडेर वा साहुले कामबाट निकालिदिएर अर्को कामको खोजीमा भौतारिरहेका हुन्छन् । उनीहरुलाई निशुल्क खाना र बस्नको लागि सेल्टरको व्यवस्था गरेका छौं । काम नहुँदा र विरामी पर्दा धेरै दिदीबहिनीहरु सेल्टरमा आएर बस्छन् । हामीले बिरामी भएका केही नेपालीहरुलाई पनि सहयोग गर्दै आएका छौं ।
संस्था संचालन गर्न आयस्रोत कसरी जुटाइरहनु भएको छ त ?
सुरुमा धेरै गाह्रो भयो । पछि कोरियन संस्थाहरु खोज्यौं उनीहरुले केही सहयोग गर्नुहुन्छ । हामीले सदस्यता शुल्क उठाउँछौं । कार्यसमिति र सदस्यहरुबाट महिनाको दशहजार वन उठाउदै आएका छौं । यसैबाट सेल्टर संचालनमा छ । कोरियन संस्थाबाट आएको रकम हामीले सिधै विरामीलाई सहयोग गर्छौं । हामीले विरामी सुमन राईलाई ३० लाख वन, लक्ष्मी तामाङलाई ६० लाख वन, डोल्मा छिरिङ शेर्पालाई ३० लाख वन, सेरा गुरुङ (जस्को मृत्यु भइसक्यो) लाई ४० लाखवन, सुजिता थापामगरलाई ३० लाख वन सहयोग गरिसकेका छौं । त्यस्तै हाल थेगुको अस्पतालमा विरामी अवस्थामा उपचार गराइरहेकी सुनिता थापामगरलाई पनि सहयोग गर्दैछौं ।
कसरी भेट्नुभयो यस्तो संस्था ?
अघिल्लो कार्यकालमा  म उपाध्यक्ष थिएँ । विमला श्रेष्ठ सचिव थिए । त्यो बेला एकजना कोरियन बहिनीले हामीलाई एउटा कोरियन संस्थामा लगिदिनुभयो । त्यहि संस्थाबाट हामीले निरन्तर सहयोग पाइरहेका छौं ।   फिलिपिन, भियतनाम, कम्बोडिया, नेपाललगायतका विभिन्न देशका विरामीलाई सहयोग गर्ने संस्था रहेछ त्यो । जुन व्यक्ति विरामी छ त्यो व्यक्तिको नाम संस्थामा दर्ता गरेपछि विरामीले राहत पाउँछ । प्रवासी भूमिमा विरामी हुँदा सहयोग पुर्याउन सक्नु पनि ठुलो हो ।
संस्था स्थापना गर्नुको उद्देश्य नि ?
नेपाली महिलाहरु रोजगारीको सिलसिलामा विदेश गइरहेका छन् । कोरियामा पनि धेरै दिदीबहिनीहरु इपिएसबाट आइरहेका छन् । विवाह गरेर आउने चेलीहरु पनि त्यत्तिकै छन् । सुरुमा भाषाको कठिनाइले धेरै समस्याहरु पर्छ । कतिपय दिदीबहिनीहरु आफ्नो काममा जानुहुन्छ तर बस्नको लागि असुविधा हुने, नेपाली साथी नहुनु, भाषाको समस्या पर्नु, काम नहुँदा साहुले निकाली दिनु यस्ता धेरै समस्याहरु देखिए । हाम्रो चेलीहरु बिग्रदा हाम्रो मन रुन्छ नि । हामीले कसरी उनीहरुको समस्या समाधान गर्ने त भनेर मन्जु थापामगर, कोपिला राई, जुनु गुरुङलगायत हामी कोरियामा कार्यरत केही महिलाहरु मिलेर संस्था स्थापना गर्यौं । त्यसपछि केही राहत संकलन गरेर समस्यामा परेका दिदीबहिनीहरुलाई आश्रय दिन सेल्टर पनि खोल्यौं । यसरी एउटा महिलाको समस्या सबै महिलाको साझा समस्या हो भनेर हामीले संस्थाको स्थापना गरेका हौं ।
 
संस्थाको भावी योजना के छ ?
संस्थालाई अझ प्रभावकारी रुपमा संचालन गर्दै यहाँको गतिविधिलाई समेटदै अगाढि बढाउने र यसको शाखा नेपालमा पनि खोल्ने योजना छ, हेरौं के हुन्छ । यसमा सबैको साथ, सहयोग र समर्थन पनि हुनुपर्छ । एउटा मात्र हातले ताली बज्दैन । हजारौं हात मिल्यो भने केही गर्न सकिन्छ ।
 
समाजसेवामा कसरी लाग्नुभयो ?
सेवाको भावना भएको मान्छेलाई जहाँ पनि सेवा गर्न मन लाग्दो रहेछ । मुस्ताङको मार्फामा जन्मेको मान्छे म । सानैदेखि सामाजिक क्रियाकलापमा रुचि लाग्थ्यो । नेपालमा पनि सामाजिक कार्यमा सक्रिय थिएँ । कोरियामा पनि समाजसेवामा लागिरहेको छु । अब नेपाल फर्केपछि पनि सामाजिक कार्यमा नै निरन्तर लाग्ने सोचाइ छ ।
 
काम गर्दै समाजसेवा गर्न गाह्रो हुन्न ?
सेवाको भावना लिएर अघि बढछु भन्नेलाई कुनै चिजले पनि रोक्न सक्दैन । म १२ घण्टा काम गर्छु । फुर्सदको समय संस्थाको लागि खट्छु । संस्थामा अरु दिदीबहिनीहरु पनि त्यत्तिकै खटनुहुन्छ । जरुरी काम पर्यो भने काम छाडेर पनि निस्कन्छु । मैंले काम गर्ने ठाउँको साहुनि पनि असल हुनुहुन्छ । एकछिन गएर आउ भन्नुहुन्छ ।
 
कोरिया आउन चाहने नेपाली दिदीबहिनीहरुलाई के भन्नुहुन्छ ?
वैदेशिक रोजगारीको लागि होस् या विवाह गरेर होस् कोरिया आउन चाहने दिदीबहिनीहरु कोरियन भाषाको राम्रो ज्ञान लिएर मात्र आउनुस् । किनकी आफु जान लागेको ठाउँको भाषा, संस्कृति र रहनसहन बुझिएन भने धेरै गाह्रो हुन्छ । मलाई पनि भाषाको समस्याले गर्दा धेरै गाह्रो भएको थियो । त्यसैले सोचेर बुझेर मात्र कदम अगाडि बढाउनुस् भन्न चाहन्छु |
अलिकति प्रसङ्ग बदलौं , नेपाली महिलाको बलात्कार र हत्याको घटना  बढेका छन् यसलाई कसरी लिनुहुन्छ ?
यस्तो विकृतिलाई रोक्नको लागि सबै महिला एकजुट  भएर लाग्नुपर्छ । यस्तो घटना किन कसरी घटछ गहिरिएर जानुपर्छ सबै सचेत हुनुपर्छ । यस्तो घटना अशिक्षित असक्षम पुरुषबाट हुने भएकोले त्यस्ता बलात्कारी पुरुषलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबार्ही गरिनुपर्छ ।
यस्ता घटना कम गर्न महिलाहरुले के गर्नुपर्ला अथवा कस्ता सावधानी अपनाउनुपर्ला ?
पहिला त सबै नागरिक सचेत हुनुपर्यो हाम्रा चेलीबेटीहरुलाई जनचेतना फैलाउने काम गर्नुपर्यो । अर्को सबै महिला एक भएर महिला हिंसाविरुद्ध सडक आन्दोलन गर्नुपर्छ । महिला आफुलाई कमजोर हुनु दिनुहुन्न । दरिलो भएर अघि बढनुपर्छ । महिला प्रहरीहरु छन् उनीहरुलाई ठाउठाउँ परिचालन गर्नुपर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...