'नेपाल' अब मजदुरले बनाउनुपर्छ


डोलू आले मगर
नेपालमा गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुको आत्माले चिर शान्ति प्राप्त गरुन् । शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस्। घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना। साथै पिडितहरुले उद्दार तथा राहत समयमै प्राप्त गर्न सकुन्। केवल म कामना मात्रै व्यक्त गर्न सक्छु यो परदेशी भुमीबाट।
हामीले, नेताहरुबाट करिब ५० वर्ष अघिको कोरिया र नेपाल उस्तै थियो, अहिले कोरिया विश्वकै धनि देशहरुमा गनिन्छ र नेपाल गरिब देशमा, भनेर खुब भाषण र कुरा सुन्ने गर्छौं जुन सत्य हो र नेपाललाई पनि उस्तै गरि विकास गर्नुपर्छ भनेर पनि नेताहरुको बारम्बारको झुट्ठा भाषणहरु क्या! चाख मानेर सुन्छौ नसुने मिडियामा पढ्छौं।
नेताहरुले भाषण गर्दा विकासको उदाहरण दिनुपर्यो भने सिंगापुर र दक्षिण कोरियाको उदाहरण दिने गर्दछन् किनभने यी दुइ देश छोटो समयमा छिटो विकासको शिखरमा उक्लेका देशहरु हुन्।
तर कसरि यति छिटो विकास गरे त् यी देशहरुले? भन्ने भित्रि कुराहरु नेताहरुले बुझेकै छैनन् यदि हुन्थ्यो भने नेताहरुले भाषण मात्रै ठोक्ने थिएन दिन रात अहोरात्र खटिएर काम गर्ने थिए, परिश्रम गर्ने थिए।
तपाइँ हामी जतिसुकै लेख, भाषण, कुरा छाटें पनि देश निर्मार्ण गर्न आखिर श्रम चाहिन्छ जुन् विना विकासको शिखर चुम्न खोज्नु धर्तीमा बसेर आसमान झारिदिने प्रेमिक गफ् सिवाय अरु केहि हुदैन।
कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुले यो देखेकै हुनुपर्छ कि यहाँका मान्छेहरु कति मिहनेत गर्छन्। कति काम गर्छन्। हामि कामदारहरु संगै साहुहरू पनि खटिएर काम गर्छन्। समयको कति महत्व बुझेका छन्। खाना पनि एक सिता नफालेर खाने गर्छन्। हामिले झुक्किएर खसाले गालि गर्छन् ।पैसा उस्तै चिनेका छन्।
नेपालमा पनि मजदुरहरु नभएका होइनन्।किसानहरु निकै कडा परिश्रम गर्छन् तर त्यो आधुनिक गर्न सकिरहेको छैन। सरकार तथा नेताहरुको त्यो भिजन छैन। कृषि , औधोगिक र पर्यटन यी तिन क्षेत्रलाई सहि तरिकाले आधुनिकीकरण र व्यवसयिकिकरण गरेर सहि ढङ्गले नेतृत्व दिन सक्ने व्यक्तिको अभाव छ।
अहिले विनाशकारी भूकम्पले नेपाल भत्काएको छ। हजारौंले ज्यान गुमाए कति हजारौं घाइते छन्। अब त्यो भत्किएको नेपाल निर्मार्ण गर्न सच्चा, काम र परिश्रममा विस्वाश गर्नेहरुले मात्रै सक्दछ जसलाई एउटा असल इमान्दार अनि सक्षम नेत्रित्वको अभाव छ।
गरिबीको रेखाबाट माथि उक्लन खोज्दै गरेको त्यो हाम्रो प्यारो सुन्दर देश अहिले प्राकृतिक प्रकोपको पिडामा छ। हामि शोकमा छौं। हामि पिडामा छौँ। देशले भोग्दै गरेको कठिन परिस्थितिले देश परदेश जहाँसुकै रहेका नेपालीहरुको पनि मन दुखेको छ रोएको छ।
अब यस शोकलाई शक्तिमा बदल्न नसक्ने हो भने हामीले नेपाल निर्माण गर्न सक्ने छैनौ फेरी हामीलाई हाम्रो सन्ततिले गाली गर्ने छन्। धिक्कार्ने छन्।
अब यस शोकाकुल घडीमा आज मे वान, हामी सबै श्रममा विस्वास गर्नेहरु जुट्ने बेला भएको छ। नेपाललाई भ्रष्ट, गफाडी, फटाहाहरुको पन्जाबाट फुत्काएर सच्चा मजदुरहरुले लिनुपर्ने भएको छ। अबको नेपाल मजदूरले बनाउनुपर्छ | के हामि त्यसको लागि एक जुट हुनसक्छौं ?
सन् २००४ मा इन्डोनेसियामा गएको विनाशकारी सामुन्द्रिक आँधीले लाखौँ जनताको प्राण लूटे। त्यहाँ मुस्लिम पृथकतावादी समुह युद्धमा थिए। विनाशकारी सामुन्द्रिक आँधीबेहरीपछि विक्षिप्त र शोकमा डुबेको इन्डोनेसियालाइ गृहयुद्धको अन्त्य गरिदियो। शोकलाई शक्तिमा परिणत गर्दै नयाँ इन्डोनेसियाको निर्माणमा जुटे।
अब पनि नेपालमा रहेका पार्टी र नेताहरुले यस शोकलाई , आ-आफ्ना घमण्ड त्यागेर एक भै नयाँ नेपाल निर्माण गर्न शक्तिमा नबदल्ने हो भने नेपालको उन्नति र प्रगतिको आशा गर्न सकिदैन। तसर्थ देश विदेशमा रहेका हामि मजदुरहरुले अब सोच्नु ढिला पो हुने हो कि ?
अन्त्यमा कोरियामा रहनु भएका सम्पूण नेपालीहरुलाई आ-आफ्नो विस्वासिलो संघ-संस्था वा प्रतिनिधि मार्फत नेपालमा गएको विनाशकारि भूकम्प पिडितहरुको लागि सक्दो सहयोग गरौँ भन्दै गन्थनलाई किनार लगाउँछु ।
क्याक्मी-८ ओम्जर, स्याङजा
हाल -दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...