'पर्देशीए हजुर' गजल
 
बल्छि दाउमा परे पछि, पर्देशीए हजुर
साउले घरबार हरे पछि, पर्देशीए हजुर
 
फाट्दैथ्थो बाको टोपी अनि माकोपटुकी
ग्लानिले आच मरे पछि, पर्देशीए हजुर
 
झुकेर उ जान्थ्थो सधै बनीबुतो,मेलाअनि
अभिमान् अन्तै सरे पछि, पर्देशीए हजुर
 
अैँचोपैँचो धेरै भाथ्थो छिमेकी आखा तर्थे
त्यो नजरबाटै झरे पछि, पर्देशीए हजुर
 
हुनेलार्इ सबै थोक नहुनेलार्इ ‘भगवान्’ले
चाल यस्तै गरे पछि, पर्देशीए हजुर ॥
साहाना राई
हाल-प्रवास