Advertisement
SKIP THIS

रिस ! कसरी नियन्त्रण गर्ने ?


धेरै अवस्थामा हामी आफ्ना भावनाहरु सम्हाल्न सक्दैनौँ । विशेषगरी रिस नियन्त्रण गर्न अत्यन्तै कठिन हुन्छ । एकछिनमै मानिसहरु रिसको झोँकमा आएर गर्न नहुने काम गर्ने वा भन्न नहुने कुरा भन्ने गर्दछन् र पछि गएर आफ्नो व्यवहारप्रति पछुताउने गरेको पाइन्छ जसले हाम्रो पारिवारिक सम्बन्धमा नराम्रो प्रभाव पार्ने गर्दछ ।

यसरी क्रोध हाम्रो सम्बन्धका लागि मात्र नभएर स्वस्थ्यका लागि पनि उत्तिकै हानिकारक हुन्छ । यसले सम्बन्ध त बिगार्छ नै साथै तपाईँको स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गरेको बताइएको छ । एउटा नयाँ अनुसन्धानले रिसले हाम्रो स्वास्थ्यमा तनावले भन्दा बढी असर गर्ने गरेको देखाएको छ ।  विशेषगरी यसका कारणले मुटु सम्बन्धी रोगका साथै ‘इन्फ्लामेसन’मा योगदान पुर्याउने गरेको बताइएको छ । इन्फ्लामेसन त्यो प्रक्रिया हो जसमार्फत हाम्रो शरीरले चोट र संक्रमणसँग लड्ने गर्दछ तर अत्यधिक इन्फ्लामेसनले स्वास्थ्य सम्बन्धी गम्भीर समस्या गराउन सक्छ ।  यसरी सबै किसिमका नकारात्मक भावनाले व्यक्तिको जीवन र स्वास्थ्यमा असर पार्दछ भन्ने सिद्धान्तका आधारमा गरिएको अनुसन्धानपछि यस्तो पत्ता लागेको हो ।

तर अन्य भावनाको तुलनामा क्रोधले मानिसलाई कठिन परिस्थितितर्फ धकेल्ने गर्दछ जबकी दुःखले आघात अनुभवपछि त्यसलाई ठीक गर्नमा मद्दत पुर्याउने गर्दछ । यसैकारण रिसलाई दुुःखी हुनुभन्दा खतरनाक मानिएको हो ।  अझ उमेर बढेसँगै मानिसहरुले आफ्ना प्रिय व्यक्तित्वको मृत्यु लगायत विभिन्न शारीरिक र मानसिक परिस्थितिहरुको सामना गर्नुपर्ने हुँदा नकारात्मक भावना बढ्दै जान्छ जसलाई पनि गम्भीर स्वास्थ्य अवस्थाका लागि जिम्मेवार मानिन्छ ।

यसबारेमा क्यानडास्थित कोनकोर्डिया युनभर्सिटीका मनोविश्लेषण प्रोफेसर रोसले स्वास्थ्य सम्बन्धी अध्ययनका डाटाहरु परीक्षण गरि ५९ देखि ९३ वर्षका मानिसहरुमा हप्तामा तीनपटक सर्वेक्षण गरेका हुन् ।  यसमा सहभागीहरुले स्वास्थ्य सम्बन्धि पनि जानकारी गराएका थिए भने रगतका नमुना पनि दिलाइएको थियो जसपछि अनुसन्धानकर्ताहरुले धेरै रिसाउनेहरुमा अधिक इन्फ्लामेसनको लक्षण फेला पारेका हुन् ।

वास्तवमा रिसले मानिसको शरीरमा स्ट्रेस हर्मोनको स्तर बढाइदिने हुनाले पनि शरीरमा इन्फ्लामेसन बढ्दै जाने गर्दछ । त्यसैले कम रिसाउने मानिसको तुलनामा बढी रिसाउनेहरुमा क्यान्सर, मुटु सम्बन्धी रोग लगायत दिर्गकालीन रोग मध्ये एउटा समस्या हुने गरेको पाइएको हो । तर अनुसन्धाकर्ताहरुले दुःख र स्वास्थ्य अवस्थाबीच भने यस्तो सम्बन्ध नरहेको पत्ता लगाएका हुन् ।

उनका अनुसार लामो समयसम्म दुःखी रहनाले तनाव र एक्लोपना लगायतका समस्या गराउन सक्छ तरपनि धेरै अवस्थामा दुःखले मानिसलाई नराम्रा परिस्थिति पछिको अनुभव बिर्साउन र आफ्नो हविगत स्वीकार्न मद्दत गर्ने गरेको रोस बताउँछन् ।  साथै यसले सामाजिक समर्थन प्राप्त गर्न पनि सहयोग गर्ने बताइएको छ । तर रिसले समस्या समाधान नगरेर उल्टै तनाव बढाउने र समस्या झन ठूलो बनाइदिन सक्छ जसकारण मान्छेमा मानसिक अनियमितता उत्पन्न हुने रोसको भनाइ छ ।

अमेरिकी साइकोलोजिकल असोसिएसनले क्रोध नियन्त्रण गर्न आरामदायक शारीरिक व्यायाम गर्ने, योग, ध्यान गर्ने, एकदम सोचेर बोल्ने, बोल्ने क्षमतामा सुधार ल्याउने, वातावरण सकेसम्म तनावमुक्त राख्ने र माफी अनि हाँसो ठट्टामा विश्वास राख्न सुझाव दिएको छ । एजेन्सी ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...