महिला हिंसामा महिला आफै कति जिम्मेवार?


घटना विक्रम संवत २०५७ तिरको हो । होलीको दिन थियो । मेरा साना नानी लगायत टोलका नानीहरु होलीको मज्जा लुटदै थिए । साना मझौला किशोर किशोरी सव एक आर्कामा कहिले रंग पानी छयाप्दै त कहिले लोला हान्दै होली खेली रहेको दृश्यको मज्जा म बार्दलीमा बसेर लिंंदै थिएं । त्यतिकैमा घरको फोनको घण्टी बज्यो । फोनमा कुरा गर्दै थिएं। अचानक मेरो भान्छा कोठाबाट ‘आन्टी  मलाई बचाउनुस’ भन्दै एउटा नानीको आत्तिएको आवाज गुञ्जियो । म दौडिदै भान्छातिर गएं । मेरो भान्छाको ढोका एक केटा मान्छेले ढकेल्दै थिए खोल्ने प्रयासमा। भित्रबाट तल भाडामा बस्ने भाईकि बहिनीले बन्द गर्ने प्रयासमा ढकेल्दै थिईन् । पछाडीबाट सो पुरुषको पहिचान भएन, मैले कठालो समातेर त्यसलाई ताने, हेर्छु  त छिमेकीको काम गर्ने  केटो रैछ । अचानक मेरो उपस्थितिले अक्क न बक्क परेका त्यो ठिटोको हातमा रंगको पोको थियो ।

करीब ५ वर्ष अगाडी घर बेचेर गैसकेका छिमेकीको काम गर्नेलाई मेरो घरमा बसेकी किशोरीमाथि जवरजस्ति रंग लगाउन तल्लो तल्ला देखि माथि सम्म लखट्दै आएको हिम्मत देख्दा मलाई अचम्म मात्र लागेन अचाक्लि रीस पनि उठ्रयो र दुई थप्पड लगाईदिएं र भने ‘तेरो हिम्मत कसरी आयो मेरो घरको नानीलाई घर भित्र पसेर जवरजस्ति गर्न ?’ अचानकको यो हमलाले सकपकाएका उनी  केही नभनि तल झरे । रुंदै र आत्तिएर र्थथराइैरहेकी किशोरीलाई आफनो कोठामा लगें र घटनाको विषयमा सोधें । अन्य नानीहरुसंग होली खेल्दैगरेकि ती नानी कपडा फेरेर दिउंसोको  खाजा बनाउदै रैछिन् ।अचानक त्यो केटो कोठामा छिरेर रंग लगाउन र हातपात गर्नखोज्यो । उनी भाग्दै माथि मेरो तल्लामा पुगिन र भान्छाको ढोका  खुल्लै भएकोले त्यही पसेर ढोका लगाउन खोजिन् ।

यो घटना साधारण थिएन। बेलुकि उनका दाज्यु र भाउज्यु घर फर्के । घटनाको बारेमा जानकरी मैले नै गराएं। दाज्यु गम्भीर तर भाउज्यु भने रन्किइन । “यसको व्यहोरा हेरन । उत्ताउली यत्री तरुनी भई सकिन् टोला केटाकेटी संग खेल्छे । यसैले बोलाकि होली, नत्र त्यो केटा कसरी आउंछ । ऐ बुढा अस्ती नै भनेको होइन , यसलाई घर पठाउ भनेर, अव भोग तिम्री बहिनीको नखरा । खुब काठमाण्डौमा पढाउने भाको ।गाँउलेको अगाडी मुख देखाउनै नसकिने भए सम्म काठमाडौं राख । खुरुक्क भोलीको टिकट काटी दिनु, तिमी काट्छौकि म काटुम टिकट ?” भन्दै निकै बेर सम्म फतफताई रहिन् । त्यसै पनि डराई रहेकी ती किशोरी अव भने भक्कानिदै रुन थालीन् । रोई रहेकी नन्दलाई सहानुभुति र आश्वासनका एक शव्द बोलिनन् उनले। मलाई दिक्क लाग्यो। मनमनै सोचें यदि नन्दका ठाउंमा आफनी छोरी भएकि भए उनले के गर्थिन् होली ? 

एउटी निरिह किशोरी जसको कुनै दोष थिएन । यदी त्यो दिन म घरमा थिईन भने उनी माथि जे पनि हुन सक्थ्यो । त्यो संभावित घटनालाई समेत मध्य नजरमा राखी आफनी नन्दलाई मायापुर्वक उनका कथा व्यथा सुन्नेर समझाउने काम भन्दा सो घटनाको लागि जिम्मेवार उनैलाइै प्रमाणित गर्दै थिईन उनकी भाउज्यु। 

माथिउल्लेखित वास्तविक घटनाको चित्रण गर्नुको तात्पर्य केहो भने नवआधुनिक युगमा पनि महिलाहरु माथि हुने हरेक हिंसाका घटनामा महिला नै उत्तरदायी ठहर गर्ने हाम्रो समाजिक परिपाटी र परम्परागत सोचर शैलीमा परिवर्तन आई नसकेको अवस्थालाई उजागर गर्नु हो ।  

समाजमा महिला र हाम्रो धर्म संस्कृतिमा महिलाको स्थान 

कुरानले महिलाहरु हिरा मोती जस्तैअमुल्य रहेकोले यसलाई उचीत सम्मान र संरक्षण गर्नु पर्ने बताएको छ । संसारको सवै भन्दा महत्वपुर्ण व्यक्तित्व आमा हो र आमाको काखको तुलना स्वर्गसंग पनि आंक्न नमिल्ने व्याख्या कुरानले गरेको छ ।यसको अर्थ महिला वर्गको योगदान र अस्तित्व कुनै भौतिक वाअभौतिक तत्वसंग तुलना गर्न नमिल्ने संकेत दिएकोे छ ।  

मानव संसारमा सभ्यताको विकासक्रम संगै मानव जीवनलाई नियमन गर्न धर्म संस्कृतिको विकास एउटा आधार विन्दु बन्यो ।नेपाली हिन्दु परम्परामा नारीलाई रजस्वला हुन अगाडी कुमारीको रुपमा र विहे पश्चात लक्ष्मीको रुपमा मानिदै र पुजिदैआएको हाम्रो सास्कृतिक परम्परा प्रमाणका रुपमा छ।  तर व्यवहारमा महिलाहरु माथि समाज कत्ति अविवेकी र क्रुर छ, पछिल्ला समयमा मधेशमा भएका महिला हिंसाका घटनाहरुले  प्रमाणित गरेको छ । जसको निन्दा जति गरे पनि कम हुन्छ । मधेशमा हालसालै लहरै रुपमा महिलामाथि भए गरेका बर्बर हिंसाको ज्वलन्त उदाहरण हो योे ।जसले समग्र नेपाल र नेपाली महिलाहरुको अन्र्तमन सम्म हलचल ल्याईदिएको छ । विशेष गरी मधेशमा छोरी चेलीलाई शिक्षित र सक्षम बनाउनमा भन्दा शिक्षित र धनी ज्वाई परिवारको खोजी गर्ने परम्पराकै कारण नव आधुनिक विश्व परिवेशमा पनि महिलाहरुआय दिन हिंसाका शिकार भई रहनु परेको छ। 

महिला हिंसा न्युनिकरणमा समाजिक परम्परा र महिलाको सोच नै वाधक 

महिला विकास र सशक्तिकरणका अवसरमा पहुंचका लागि राज्यको नीति र कार्यक्रमले मात्र पनि न्याय दिलाउन सक्ने अवस्था रहन्न । एउटी महिलााले आफु माथि भईरहेकोअन्यायका विरुद्ध पहल कदमीमा उसको आत्मविश्वासको डिग्रीको उतार चढाव घरका अग्रज महिलाहरुको बुझाई सिकाइ र उनीरुहरुको सचेतनाले निर्धारण गर्दछ । भनाईको तात्पर्य केहो भने, पुरुषवादी परम्परा मुल्य मान्यता तथा अन्याय विभेदलाई सहज रुपमा सकारेका आमा, भाउजु, वहिनी दिदी, सानी आमा माईज्यु लगायतले आफना महिला आफन्तिलाई यदी घर परिवार श्रीमानबाटअपहेलित वा हिंसा भएमा  “यस्तै हो लोग्ने मानिस, यस्तै हो परिवार सासु ससुरा नन्द आमाजु, तैंले के भोगिस्, हामीले त झन् यस्ता त्यस्ता भोग्यौं। तैंले घर खाईनस भने तेरी वहिनी वा भदैनीको विहे गर्न गा¥हो हुन्छ भन्दै फकाई फुल्याइ घर फर्काउने वा तर्साउने काम गरिन्छ।  र यसरी  थप हिंसा खप्न मानसिक रुपमा  तयार हुन ती महिला सदस्यलाई बाध्य पारिन्छ ।  

महिलामाथि हुने हरेक हिंसाका घटनामा कही न कही महिलाकै उपस्थिति रहनुले  एउटा प्रश्न उठेको छ । त्यो के भने महिलामाथि हुने हिंसा विरुद्धका सचेतनामुलक कार्यक्रममा हामीले महिला माथि हुने हिंसामा पिडकको रुपमा  पुरुषलाई मात्र र्टागेट गरी रहेका त छैनौ ? महिला माथि हिंसा गराउनुमा कहिले सासु कहिले नन्द  आमाजु त कहिले सौता जस्ता महिला सदस्य कै भुमिका र सहयोग हुनुमा, उनीहरुमा अपराधिक पर पिडक मानसिकता उप्जनुको मनोविज्ञान केहोला ? 

अर्कोतर्फ हाम्रो समाजले  छोरी  चेलीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुन आवश्यक छ । हामीले परिवारका महिला सदस्यहरु छोरी, नन्द, भदै र भाञ्जी भतिजीलाई हेर्ने र गरिने व्यवहार अझै पनि परम्परागत पुरुषवादी सोचवाट हावी रहेकोअवस्था छ । हाम्रा अभिभावकहरुलाई छोरी, भतिजी, भदै र नन्दलाई अरुको घर पठाउना कै हतार हुने गर्छ। जेनतेन विहे गरी पराई घर पठाई सके पछि कर्तब्य पुरा भएको महशुस गर्छन अभिभावकहरु  । 

समाजको अर्को वास्तविकता पनि छ ।छोरी चेलीले  माइतीमा हुंदा पनि घरि घरि अरुको घर जानु पर्ने जात भन्दै घरमा हुने श्राद्धपूजा चाड पर्वमा भोक लाग्दा पनि खाइ हाल्न नपाइने, अटेर गरी खाईहालेमा पनि कत्तिन ठुलोअपराध गरेझै, लौन यस्ले अव अरुका घरमा जांदा माईतिको नाक काट्ने भई ।आमाको नाम बदनाम गर्ने भई, तेरी आमालेके सिकाएर पठाए भनेर सोध्दैनन् ? भन्दै सवै भन्दा रोईलागर्ने पंक्तिमा आमा, भाउज्यु र दिदी बहिनि सानी आमा लगायतका महिला सदस्यहरु हुने गर्छन् ।जवकि यस्ता मामिलमा बुबा, दाज्यु हजुरवा काकाहरु भने खासै चासो राख्दैनन् ।  

समाजमा महिला हिजो र आजको वास्तविकता 

संयुक्त राष्ट्र संघले मानव विकासको आधारस्तम्भको रुपमा महिला विकासलाई परिभाषित गरेको छ । उसोत हाम्रो पुर्वीय सभ्यता, त्यसमा पनि हिन्दु दर्शनले नारीको स्थानलाई हज्जारौ वर्ष देखि उच्चतम स्थान दिदै आएको पनि छ । यत्रे नारी पुजयन्ते, तत्रे रम्यते देवता भन्दै नारीको सम्मान, आदर रस्थानको महत्व दर्शाएको छ पनि । भलै व्यवहारमा  समाज र सामाजिक मनोविज्ञानले व्यवहारमा धर्म दर्शनविज्ञानलाई जीवन व्यवहारमा कम उतारेको छ खास गरी महिला वर्गसंग सरोकार राख्ने सवाल तथा मुद्धाहरुमा।  

विगतमा धर्म संस्कृति परम्पराले महिलाको स्थान र अस्तित्व पुरुष समान वा सम्माननीय बनाएकोथियो । अहिलेको नवआधुनिक संसारले  नीगितरुपमा महिलालाको अश्तित्वलाईअव्वल दर्जामा परिभाषित गरेको छ । अहिले मानव विकासकालागि महिला विकास नारामा मात्र सिमित छैन । व्यवहारमा महिलाको अस्तित्वलाई उच्चतम विन्दुसम्म परिभाषित र कार्यन्वयन तहसम्म ल्याउनका लागि महिला विकासका लागि आवश्यक महिला सशक्तिकरणका र सचेतनाका लागिअग्रगामी पक्षहरु नीतिगत रुपमै प्रत्याभुति गरिदै आएका छन् । 

महिलाविकास र सशक्तिकरणका लागि विभिन्न कार्यक्रम रअवसरहरु जुटाउन अन्तरराष्ट्रिय  तथा राष्ट्रिय तहमै विभिन्न नीति तथा कार्यक्रमहरुको तर्जुमा पनि गरिएका छन्  । तर पहुंचकाआधारमा हिमाल, पहाड, तराई, दुर्गम अति पिछडिएका क्षेत्र र जातिय सामाजिक रुपमा पिछडिएका वर्गका लागि समावेशी आधारमा महिला विकासका लागि छुट्टै कार्यक्रम नीति एजेण्डाको अभाव छ। भएकै कार्यक्रम तथा नीतिहरुको कार्यान्वयनको अभावमा महिला वर्गको विकासका लागि समान अवसरहरु राज्यले जुटाइ दिएतापनि ५१ प्रतशत सवै  महिलाहरुको पहुंचमा पुग्न सकेको छैन । त्यो व्यवहारिक र प्राविधिक पाटो हो । 

अन्तमा महिलाको  लालनपालन र संस्कार नै गलत हुने गरेको परिवेशलाई मध्य नजरमा राख्दै अवको समाज र घर परिवारले महिलाहरुको लालन पालनमा पुर्नविचार गर्न आवश्यक छ । वास्तवमा छोरी चेलीको लालन पालनको क्रममा सानै देखि महिला सदस्यहरुलाई मानसिक रुपले नै  कमजोर, डर छेरुवा,दयालु र सहनशील बनाउने गरेको वास्तविकताबाटपनि परिचित हुन आवश्यक छ । हाम्रो अभिभावकहरुले कहिले पनि तिमीले एकवारको जुनीमा खुशि साथ जिउनु, घरपरिवारमा मिलेर वस्नु मिल्न सक्दैनौ र तिमी माथि हिंसा भए प्रतिकार गर्नु, विवाह एक सामजिक सम्झौता हो, सम्झौता नमिले छोडी दिनु, परिआए हामी छौं, चिन्ता नगर्नु भन्ने साहस र ढाढसका दुई शव्द अहिले पनि कुनै अभिभावकले दिन सकेका छैनन्  समाजमा  । जसले महिलालाई आश्रय विहिन, कमजोर र परनिर्भर बनाएको छ ।  

वास्तवमा महिलाहरु सानै देखि सम्भावित हिंसा र विभेदका लागि मानसिक रुपले नै तयार गरिन्छन्, यो यथार्थ हो । विगतमा महिला माथि जे जस्ता सामाजिक परम्परागत विभेद भएता पनि अहिलेको विश्व जगतमा भएको विकास, परिवर्तन र वैज्ञानिक आविश्कारहरुका कारण ढुंगे युगकै सामाजिक परम्परालाई महिलाहरुले थेगी रहन आवश्यकछैन । महिलामाथि हुने हरेक हिंसाका लागि महिला वर्गको मनोसामाजिक प्रवृत्ति र परपिडक मानसिकता पनि जिम्मेवार रहेका  कारण महिला माथि हुने हरेक हिंसाका विरुद्धका अभियानलाई निस्कर्षमा पु¥याउन घर भित्रैको बातावरण महिला हिंसा मुक्त हुन आवश्यक छ।  (लेखिका नेपाल पत्रकार महासंघ, लेखा समिति केन्द्रिय सदस्य हुन् ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...