Advertisement
SKIP THIS

सामाजिक अभियानता श्रेष्ठ कोरियाको छनान नगरपालिकाद्वारा सम्मानित


यम श्रेष्ठ कोरियामा रहेका नेपालीहरुका लागी नौलो नाम होइन । सादा जीवन उच्च बिचार राख्ने, कोरियामा रहेका नेपालीहरुलाई समस्या पर्दा होस् या नेपालमा चलाइने हरेक सामाजिक अभियानहरुमा होस्, सक्रिय अभियान्ताको रुपमा स्थापित भैसकेको नाम हो यम श्रेष्ठ । उनै सामाजिक अभियान्ता श्रेष्ठलाई दक्षिण कोरियाको छनान नगरपालिकाले सम्मान गरेको छ ।

मे २६ तारिखमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रबासी बहुसाँस्कृतिक मेला “९ औ छनान वैदेशिक महोत्सव -२०१९” को आयोजना गरेको थियो । उक्त महोत्सवको अवसरमा छनान नगरपालिकाका नगर प्रमुख(खु बुन यङ) बाट श्रेष्ठ सम्मानित हुनु भएको हो । इपिएस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया आएका श्रेष्ठ छनान नगरकै एक कम्पनीमा कार्यरत छन् । कामको साथै सामाजिक, साँस्कृतिक र परोपकारीको क्षेत्रमा पनि उदाहरणीय कार्य गर्दै आएको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सोही क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता श्रेष्ठ लाई सम्मान प्रदान गरेको माईग्रेन्ट सेन्टरले जनाएको छ ।

यो सबै मेरा अग्रज, आत्मिय मन, सहकर्मी, सहधर्मी, शुभचिन्तकहरुको एक्यवद्धता , साथ र सहयोगले मात्र सम्भब रहेको हो । त्यसैले यसको सम्पुर्ण श्रेय यहाँहरुलाइ नै दिन चाहन्छु । साथै सबैसामु प्रेरणा र सकारात्मक सन्देश प्रवाहको निम्ति यसरि नै अगाडि बढ्दै जाने प्रतिबद्धता गर्दछु ।

काभ्रेको धुलिखेल -१२ शंखु स्थाई घर भएको श्रेष्ठ करिब एक दशक अघि दक्षिण कोरियामा प्रवेश गरे देखी नै कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेर नेपाली साँस्कृतिक प्रबर्द्धन, विभिन्न परोपकारी तथा सामाजिक कार्यहरुमा सकृय हुँदै आएको छ ।

यसरी आफूलाई गरेको यो सम्मानले सत्कर्म र सामाजिक कार्यमा थप सकृयताको लागी उर्जा मिलेको श्रेष्ठले बताएको छ । “हुन त कुनै पद मोह, मान, सम्मान, सस्तो लोकप्रियता, चर्चा परिचर्चा आदिको लागि सामाजिक कार्यमा कहिल्यै पनि लागिएन र कहिल्यै पनि यसको अपेक्षा र आशा पनि गरिएन । सबैको साथ, सहयोग, सहकार्य र सद्भावले सदैब स्वच्छ मन र सामाजिक परोपकारी भावनाले सकेको बेलामा आफुले सके जति सत्कार्य र सत्कर्म गर्ने अवसर मिल्दै आएको छ । यसैगरी अशल कार्य र सत्कर्म गर्दै सत्मार्गमा सदैब लागिपर्ने पनि छु” श्रेष्ठले भने । आपेक्षा नभएपनि यस अवार्डको लागि योग्य सम्झेर आफ्नो सामाजिक सत्कर्मको कदर र मुल्यांकन गर्दै छनान नगरपालिका, छनान माइग्रेन्ट सेन्टर तथा छनान बहुराष्ट्रिय साँस्कृतिक केन्द्र द्वारा यसरी सम्मान गरेकोमा धन्यवाद व्यक्त गरेको छ । सथै श्रेष्ठ भन्छन्
“यो सबै मेरा अग्रज, आत्मिय मन, सहकर्मी, सहधर्मी, शुभचिन्तकहरुको एक्यवद्धता , साथ र सहयोगले मात्र सम्भब रहेको हो । त्यसैले यसको सम्पुर्ण श्रेय यहाँहरुलाइ नै दिन चाहन्छु । साथै सबैसामु प्रेरणा र सकारात्मक सन्देश प्रवाहको निम्ति यसरि नै अगाडि बढ्दै जाने प्रतिबद्धता गर्दछु ।”

महोत्सवका अवसरमा अन्य विभिन्न देशको अभियानताहरुलाई पनि सम्मान गरिएको थियो ।

फोटो : श्रेष्ठको सामाजिक संजालबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘साँस्कृतिक क्रान्तिपनि हरेक परिवर्तनको संवाहक हुनसक्छ।’ – शुभराज भोम्जन
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...