इस्टर्न चाइना एयरकाे यात्रा : सस्तो र सास्तिको अर्काे नाम


आफ्नो कोरीया बसाई अवधि सके पछि नेपाल फर्कने कुरा भयो । साथीभाइले प्लेन टिकटका कुरा गरे । सबैको आफ्नै तर्क थिए । चाइनिज प्लेन टिकट सस्ता थिए । साथीभाइको एक ग्रुप भइयो । चाइना घुम्दै ईस्टेन चाईना एयरलाईन्स चढेर घर जाने ।
मार्च १५ तारिखको टिकट पाएँ । मेरो यात्रा सुरु भयो ईन्छन अन्तराष्ट्रिय विमान स्थलबाट । सुरुमा थेजिकम लिन् कागज पत्र बनाएँ । ईमिग्रेयसन पास भएँ । डिउटी फ्रीमा गएर हेर्छु त बैंक बन्द भई सकेको । समस्या यहि बाट सुरु भयो ।
मेरो कोरिया देखि नेपालसम्म इस्टर्न चिनीया एरलाईन्स मार्फत यात्रा गर्दा भोगेको समस्या र अनुभव चिनियासँग अनुहार मिल्नु पनि मेरो लागि अभिशाप नै पो भयो । जब प्लेन उडेको केहि समय पश्चात एयर होस्टेस आइन भनिन् चंग चुङ्ग नि हऊ भनिन् । सायद खान के लिनु हुन्छ भनेर सोधे जस्तो लाग्यो र मैले आफुलाई मन पर्ने परिकार वारे कुरा गर्छु भने को फेरी उनले छ्यांग थुंग चिङ्ग तोंग भने जस्तो लाग्यो र वेजितटेबल खान राखेर हिडी हाली । फेरी अर्की आई र सोधी चिङ्ग चोङ्ग छुन भनेर । भाषा बुझे पो । डिरिङक वारे सोधेको होला भने । मैले कुरा बुझे र भने एप्पल जुस भने उनले उक्त जुस दिइन । मैले चिनीया भाषामा भने से से अर्थात् धन्यवाद त्यस पछि केहि समय निदाएँ ।
पाइलटले अब एरपोर्ट आई पुगेको जानकारी गराए । सबै निन्द्राबाट बिउझिए । राति को तिन बजे एरपोर्ट ल्यान्ड गरे अब आई पुगे फेरी चाइनिजले आफ्नो भाषामा केके भन्न थाली । मैले कता बुझ्नु ? यहाँ भने मलाई बोल्ने मौका मिल्यो र मैले भने आई एम नोट चाइनिज भने र अंग्रेजीमा कुरा भयो अनि सहज तरिकाले । इमिग्रेशन पार गर्दै होटल जाने तयारीमा लागे तर यहाँ आफ्नो सबै लगेज बाहिर निकाल्नु पर्ने रहेछ । १३ घन्टा लामो प्रतिक्षा गर्नू पर्ने नेपाल को उडानको लागि अनि होटेल जाने फेरी उही समस्या एक जना चाईनिजले आफ्नो भाषा मा १० मिनेट गफ दियो । सायद उसले आफ्नो होटेलको फ्यासिलिटी वारे जानकारी गराएको होला अनि त्यस पछि मैले म चिनी नागरिक होइन भनेर पासपोर्ट देखाए पछि फर्केर गयो र एक जना बङ्गाली जस्तो देखिने नेपाली दाजु लाई पठाए छन् । बल्ल ढुक्क भएँ र नेपाली स्टाफसंग होटेल गए र खान बस्न जम्मा २० डलर तिरे पछि नेपाली खान, दाल, भात चिकेन, तरकारी, अचार,नेपाल कै झल्को दिने खान पाइने रहेछ । त्यस पछि कोठा देखाए र हामी गएर सुत्यो भोलि बिहान फेरी उठे र खान खाएर नेपाल तर्फको यात्रा तयारी गरेँ ।
समग्रमा भन्नु पर्दा यो चाईना एयरको यात्रा त्यति सहज रहेनछ । हुन् त उहिलेको बुढो पाकोहरुले भन्थे बाबु हो धेरै सास्तो चिज खानु हुन्न पखाला लाग्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...