Advertisement
SKIP THIS

सेवाका नाममा नेपाली युवायुवतीलाई कोरियामा नेपालीले नै ठग्दै


अर्जुन बराल

सोल – ‘दाई मेरो यो मोबाईल बन्द गर्नुपर्ने, हुँदैन भन्छ । नगरौ भने बिना उपयोग महिनै पिच्छे खाताबाट साठी हजार कोरियन वोनभन्दा बढी चार्ज काट्छ । म त साह्रै तनाबमा छु,’ भन्दै आजभन्दा डेढ बर्ष अगाडि रोजगार प्रक्रिया प्रणाली मार्फत दक्षिण कोरिया आएका दाङ लमहीका सुरेश रोका(नाम परिबर्तन) ले दुखेसो पोखे । त्यस्तै तनहँु भिमादका लक्षण दर्जीको पनि गुनासो समान छ । तर मोबाईल प्रदायक कम्पनी सिजे हेल्लो मोबाईलमा प्रयोगकर्ता अरु कुनै ब्यक्तिको विवरण रजिस्टर भएका कारण समस्या भएको थाहा भएपछि यो सेवा लिने अधिकांश नेपाली युवायुवती झस्किएका छन् ।
रोजगार प्रक्रिया प्रणाली मार्फत दक्षिण कोरिया आउने नेपाली युवायुवतीलाई कोरिया प्रबेश गरेको एकै हप्तामा हातमा मोबाईल उपलब्ध गराउने बहानामा भन्दै नेपालमा ईपियस कार्यालय वरपर बिचौलियाहरु सक्रिय छन् । उनीहरुले बिना शुल्क भर्न पाइने फर्मको माध्यमबाट दुई बर्षका लागि अनिबार्य प्रयोगमा ल्याउनुपर्ने सिजे मोबाइल नेपाली युवायुवतीलाई थमाउँछन् । जसले गर्दा अहिले कोरियामा ठगिने नेपालीको संख्या ह्वात्तै बढेको छ् ।
मोबाईल अर्कैका नाममा दर्ता हुने प्रयोगकर्ताको बैंक खाताबाट अन्धाधुन्ध तरिकाबाट शुल्क काटिने गर्छ तर चाहेको खण्डमा मोबाईल बन्द गराउँन मिल्दैन । कोरियाको सञ्चारप्रणाली उपयोग ऐनमा अर्कै ब्यक्तिका नाममा मोबाईल उपयोग गर्नु कानुनबिपरित हुने र सजायको भागिदार समेत बन्ने प्राबधान रहेको जानकारी हुदाहुँदै पनि फाईदाका निम्ति नेपाली युवायुवतीलाई स्वयं नेपालीले नै ठगिरहेका छन् ।
यसरी ठगिनेको संख्या पछिल्लो समय बढ्दै गएको हिमालय बिजिनेश लिंकका प्रबन्धक सुदिप कुमार श्रेष्ठ बताउँछन् । उनी कोरिया आउने नेपालीलाई यसरी फोनको बाहनामा ठगिनबाट बच्न शुरुमा नै सचेत हुन सुझाव दिन्छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...