बुद्ध प्रतिमा स्थापना अभियानकाे बाकी काम र रकम सम्बन्धि प्रेस बिज्ञप्ती।


बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरियाले बुद्ध प्रतिमा स्थापना अभियानकाे  बाँकी रहेकाे  काम र आर्थिककाे बिषयमा  एन सि सि कोरियाका महासचिब निर्मल बेलबासेकेा एकल हस्ताक्षरमा  निकालेकेा बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण र स्पष्टिकरण सहित एक प्रेश  बिज्ञप्ती निकालेकाेछ।

प्रेस बिज्ञप्ती

बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ दक्षिण कोरिया।

बिषय:-बुद्ध प्रतिमा स्थापना अभियानको बाँकी काम र आर्थीक सम्बन्धमा।

उपरोक्त सम्बन्धमा बुद्ध प्रतिमा स्थापना अभियान बारे बाँकी आर्थिक कहाँ छ भन्ने बिषयमा एन सि सि कोरियाका महासिचब निर्मल बेलबासेकेा एकल हस्ताक्षरमा  निकालेकेा बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण र स्पष्टिकरण यस प्रकार रहेकेा छ:- नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेपाल बौद्ध परिवार कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय २०१८ जनवरि १४ मा स्थापना गरि सचिबालयले आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको थियो। उक्त अभियानको मुख्य उद्धेश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गईन सिटीमा रहेको वाउछङ्सा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरिसकेको कुरा सर्बविदितै छ। साथै यस अभियानमा संकलन भएको जम्मा रकम र अभियान सम्पन्न गर्न खर्च भएको रकम सम्बन्धि सचिबालयले गत २०१८ सेप्टेम्बर २ तारिख नेपाल हाउस तुन्देमुनमा एक पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरि सार्बजनिक गरिएको थियो।

जस अनुसार # जम्मा बोलेको रकम र चन्दा सहित ५२२३९५४१ वन

# उठ्न बाकी रकम २६३००० वन

# जम्मा संकलन भएको रकम ५१९७६५४१ वन

# हाल सम्म जम्मा खर्च रकम ४४८२४१६२ वन

# बचत रकम नगदमा जम्मा ७१५२३७९ वन

हालै प्राप्त थप रकम १००००० वन।

साथै यी बचत रकम बाट नै पुर्ब योजना अनुसार केहि बाँकी रहेका कार्यहरू गर्नका लागी केहि ढिलाइ भएको महसुस सचिवालयले गरेको छ। तर पनि सकेसम्म यहि मार्च महिना सम्म सहयोगी दाताहरुको नामावलि राख्ने काम अन्तिम चरणमा पुगेकेाछ।अहिले सबै सहयोगी दाताहरूकाे नामावलि तयार गरि प्रिन्टका लागि प्रेसमा दिइएकेा छ।गुम्बाकेा साइड साइडमा राख्नकेा लागी नेपालकेा पहिचान झल्किने तस्बिरहरू प्रिन्ट भइसकेकाे छ। नेपाल देखि ल्याउने घन्टी र धुपदानी  कार्गाे गरेर २।३ हप्तामा अाउदैछ ।सहयेागी दाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम यहि मे १२ तारिख  गरिने तयारी भैरहेको छ । यी सबै काम सम्पन्न भए लगत्तै अभियानकेा सचिबालय समिति बिघटन गरेर नयाँ बुद्द प्रतिमा ब्यवस्थापन समिति गठन गरिनेछ।र सेाही समितिलाई अभियानकाे सम्पूर्ण हिसाब किताब सहित जिम्मेवारीता हस्तान्तरण गरिनेछ। हाल बुद्ध अभियानकेा बचत रकम अार्थिक संयेाजक भक्त शेरचनकेा खातामा रहेकाे जानकारी पनि गराइन्छ।

बिशेष ध्यानाकर्षण:- केहि ब्याक्ति बिशेषले सामाजिक संजालमा बुद्ध अभियानमा आर्थीक घोटला भएको भन्ने शिर्षकमा स्टाटस संप्रेशण गरि भ्रम श्रृजना गर्न खोजेकाले त्यस्ता कार्य प्रति सचिबालय समिति घोर अापत्तिका साथ भ्रत्सना गर्दछ । सचिबालयले सम्पुर्ण कार्यहरू पारदर्शी तरिकाले गर्दै आएको कुरा यस भन्दा पनि पहिला पटक पटक जानकारी दिदैं अाईरहेको र पुन:बिश्वास दिलाउन चाहान्छ। ती सम्पूर्ण कार्यहरु सम्पन्न गरिसके पश्चात पत्रकार सम्मेलन मार्फत पार्दर्शिताका साथ सार्वजनिक गरिने कुरा बिश्वास दिलाउदै जो कोही सरोकारवाला संघ संस्था, ब्याक्ति बिशेष कुनै पनि महानुभावहरू भ्रममा नपर्नु हुन हार्दिक अनुरोध गरिन्छ। साथै एन सि सि महासचिब निर्मल बेल्बासेले यस अभियानका सचिबालय संग अार्थिक बारे कुरालाई ईङ्गीत गर्दै नियतबस मिति २०१९ फेब्रुरि २४ मा जारी गरिएको एकल हस्ताक्षरित प्रेस बिज्ञप्ती मार्फत स्पष्टिकरण माग राखिएको हुनाले उक्त बिज्ञप्तीको अाधारमा स-प्रमाण सहित स्पष्टिकरण लिन वा दिन अाजको मितिबाट ठिक १ हप्ता भित्र नेपाल बुद्ध प्रतिमा स्थापना अभियान २०१८ को सचिवालय समिति संग सम्पर्कमा अाउनु हुन अनुरोध छ।यस भन्दा पहिला पनि २ पटक सम्म संयोजक एवं एन सि सि अध्यक्ष अन्जु के सिको अध्यक्षतामा एन सि सि बर्तमान कार्यसमिति र बुद्ध अभियानका सचिबालय समिति बिच बैठक बसेकै हो र उक्त बैठकमा सचिब सुन्दर पन्थी,उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ,कोषाध्यक्ष राज कुमार स्याङ्तान लगाययतका उपस्थितिको बैठकमा पुर्ब जानकारी हुंदा हुंदै महासचिब स्वयंको उपस्थिति रहेन ।बैठक स्थलबाटै पनि पटक पटक सम्पर्क गर्दा सम्पर्क बिहिन देखियो।

अभियानबारे यसरी पार्दशिताका साथ सार्वजनिक रुपमा प्रष्ट्याई रहेको अवस्थामा स्वयं नेपाली सम्पर्क समिती(Ncc)को अध्यक्ष नैे संयोजक रहेको यस पबित्र अभियानलाई भ्रमित पार्ने गरि स्वयं संस्थाका महासचिवको नाममा प्रकाशित बिज्ञप्ती प्रती सचिवालय खेद प्रकट गर्दै संस्थाको लेटर प्याडमा बाहिर आएको यो बिज्ञप्तीको आधिकारिकताको बारेमा हप्ता दिन भित्र लिखित रुपमा सचिबालयलाइ उपलब्ध गराइदिनु हुन नेपाली सम्पर्क समितिलाई सचिबालय माग गर्दछ। बिना प्रमाण मन गडन्ते हिसाबले समाज बिथोल्न खोज्ने र संस्थाको गरिमालाइ नै जोखिममा पार्न खोज्ने जो कोहिलाई बिधान र अनुसासनको परिधी भित्र राखेर कडा भन्दा कडा कारवाहीको लागी पनि सचिबालाय माग गर्दछ।

अन्तमा,सहयोगी दाताहरुको जिज्ञासा प्रती सचिबालयको ढोका जहिलेपनी खुल्ला रहेको र यदि काहीं कसैबाट गल्ती भएको भए सप्रमाण जानकारी गराइदिएर यो महान अभियानलाई अन्त गराउनको लागी सबै सचेत महानुभाबहरुमा सचिबालय हार्दिक अनुरोध गर्दछ।

संयोजक:- अन्जु केसी, सचिबालय सचिब: प्रितम गुरूङ, काेषाध्यक्ष राज कुमार स्याङतान, अार्थिक संयाेजक भक्त शेरचन

तथा बुद्ध प्रतिमा स्थापना अभियान सचिबालय परिवार-२०१८।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...