Advertisement
SKIP THIS

चिनियाँ नेता सी जिनपिङको सेतो कपालकाे चर्चा


चिनियाँ राजनीतिको दशकौँ अघिदेखिको परम्परा तोड्दै राष्ट्रपति सि जिनपिङले सार्वजानिक रुपमा आफ्नो प्राकृतिक फुलेको कपाल सार्वजानिक गराइरहेका छन् ।

गत हप्ताको वार्षिक राष्ट्रिय सम्मेलनमा पनि उनी सेतो कपालमै देखा परेका हुन्। जसले अहिले सबैको ध्यानाकर्षण गराइरहेको बताइएको छ । ‘जिनपिङको कपाल’ भनि सर्च गर्दा कुनै तस्बिर नदेखाए पनि यसबारे चिनियाँ सामाजिक सञ्‍जालमा समेत व्यापक चर्चा सुरु भएको हो ।

पहिले ६० वर्षको उमेर कटेपनि चिनियाँ नेताहरु चम्किलो कालो कपालमा देखा पर्ने गरेका थिए। चीनका क्रान्तिकारी नेता माओत्सेतुङको पालादेखि नै देशका नेताहरु भगवान सरहको रुपमा देखिन चाहान्थे। जसकारण पनि उनीहरुको स्वरुप वा छवीमा कहिल्यै कुनै दोष पाइँदैनथ्यो। तर राष्ट्रपति जिनपिङले भने आफूलाई साधारण चिनियाँ नागरिकका रुपमा प्रस्तुत गर्न चाहेकाले नै पुरानो परम्परा तोडेर नयाँ प्रवृत्तिको थालनी गरिरहेको संचार माध्यम सिएनएनले जनाएको छ ।

प्रत्येक नागरिकको समर्थन प्राप्त गरी जनताका लागि काम गर्ने मान्छेका रुपमा स्थापित हुनकै लागि जिनपिङले यस्तो नीति अपनाइरहेको हुन सक्ने विश्लेषकहरुको भनाइ छ। किनकी सन् २०१२ मा सत्तामा आएदेखि नै उनी ध्यानपूर्वक आफ्नो लोकप्रियता बढाउन निरन्तर प्रचारमा लागिरहेको देख्न सकिन्छ । यस्तोमा गरिबी हटाउने सुरुवाती नीतिदेखि भ्रष्टाचार विरुद्धको ठूलो अभियान मार्फत उनले सबैमा कुशल राजनीतिज्ञ र असल व्यक्तित्वको छाप पार्न सफल पनि भइसकेका छन् ।

यसरी गत वर्ष उनलाई आजीवन सत्तामा रहने बाटो पनि खुलिसकेको छ। तर जनतामाथि बलियो पकड राख्ने प्रयास अन्र्तगत इन्टरनेट, सामाजिक व्यवस्थापन लगायतका केही नीति नियमहरु भने विवादास्पद ठहरिएका छन् । यस्तोमा उनले माओ शैलीको निरंकुश छवीबाट मुक्त हुन र आफू विरुद्ध भइरहेको आलोचना कम गराउन यस्तो रणनीति अपनाएको हुन सक्ने लामो समयदेखिका चिनियाँ राजनीतिक विश्लेषक प्रोफसेर विली लाम बताउँछन् । यो छलपूर्ण नीतिले उनलाई समान स्तरको साधारण व्यक्तिको रुप दिन सक्ने लामको भनाइ छ ।

त्यसैगरी सुस्त बन्दै गएको अर्थतन्त्र अनि अमेरिकासँगको व्यापारिक तनावकाबीच जिनपिङले आन्तरिक चुनौतीको सामना गरिरहेको भन्ने हल्लालाई अर्थहिन तुल्याउन पनि यस्तो तरिका अपनाएको हुन सक्ने बताइएको छ । किनकी यसले जिनपिङमा बढ्दै गएको आत्मविश्वासलाई संकेत गर्ने विश्लेषकहरु बताउँछन् ।

यसमार्फत उनको शक्तिलाई कुनै किसिमको खतरा नभएकाले नै उनी आफूले चाहे अनुरुप प्रस्तुत हुन सक्छन् भन्ने दर्शाउन खोजिएको न्युयोर्कस्थित चिनियाँ राजनीतिमा केन्द्रित मिडियाका प्रमुख पिन हो बताउँछन् । जिनपिङबाहेक अन्य प्रमुख नेताहरुले पनि पछिल्लो समय सेतो कपालसहित सार्वजानिक उपस्थिति जनाइरहेको पाइएको छ जस्तै भाइस प्रिमियर लिउ ही र विदेश मन्त्री वाङ यी । दुवै जिनपिङपछिका सबैभन्दा शक्तिशाली व्यक्तित्व मानिन्छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...