Advertisement
SKIP THIS

काेरियामा आदिवासी जनजातीका मुद्दामा आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रूपमा भक्त शेरचन


आदिवासी जनजातीको हक अधिकार प्राप्तीका लागि आवाज उठाउने योद्धादेखि सामाजिक अभियन्ताका रुपमा कोरियामा चिनिएका ब्यक्तित्व हुन् भक्त शेरचन । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्ब अध्यक्ष भक्त शेरचन थकाली सेवा समाज कोरियाको संस्थापक अध्यक्ष देखि हाल संरक्षक, हाल म्याग्दी प्रवासी संघ मोना कोरियाको संरक्षक, कास्की परिवारको सल्लाहकार र नेपाल आदिवासी जनजाती महासंघका बरिष्ठ सल्लाहकार समेत रहेका छन्।

म्याग्दीको दुर्गम गाँउ शिख फलाटेमा ५२ बर्ष अघि जन्मेका शेरचनको बाल्यकाल गाँउमै बित्यो। दैनिक डेढ घन्टा टाढा घारमा रहेको मुक्तिमार्ग माध्यामिक बिद्यालयबाट २०३९ सालमा एस एल सि पास गरेका शेरचन उनको गाँउबाट नै एस एल सि पास गर्ने पहिलो ब्यक्ति पनि हुन् । २०४२ सालमा पोखराको पिएन क्याम्पसबाट आइ कम सम्मको अध्ययन पुरा गरेका उनी बि कम मा अध्ययन गर्दा गदै आर्थीक अभावकै कारण पढाइ छोडेर म्याग्दीकै एक बिद्यालयमा २ बर्ष शिक्षक पेशामा सम्लग्न भए । त्यस पछि ८ बर्ष सम्म लुम्ले कृर्षि अनुसन्धान केन्द्र (बृतिस प्रोजेक्ट) मा कृषि प्राबिधिकको रुपमा जागीरे भए ।

नेपालमा राम्रो जागीर हुँदाहुँदै पनि कोरिया आउने मोहले गाजेका शेरचनले सन् १९९७ जुलाइमा कोरिया प्रबेश गरे । रोजगारीका लागि कोरिया आएका उनले कोरियामा दुई दशक भन्दा बढी श्रमिक जिबन बिताए । कोरियामा काम गर्दै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहे। नेपालमै हुदा सामाजिक कार्यमा चासो र इच्छा हुन्थ्यो। पेसा पनि समाजसंग नै घुलमिल गर्नु पर्ने। गाँउ गाँउमा जानु पर्ने। कृषकको समुह बनाउने, तालिम दिने बैठक बस्ने र कृषकसँगै काम गर्नु पर्ने भएकोले सामाजिक कार्य प्रति उत्तिकै चासो थियो। कोरिया आएर पनि यत्तिकै बस्न सकेनन्। सन २००२ मा थकाली सेवा समाज कोरियाको स्थापना गरि संस्थापक अध्यक्ष भएका थिए। अहिले सम्म पनि थकाली समाजलाइ गतिशिल प्रदान गरेका छन्। थकाली जातीलाइ एकता गर्ने, आफनो जातिको मौलिक चाडपर्ब तोरन्लह पर्ब मनाउदै आएका छन्। २००९ मा थकाली सेवा समाजले उनकै अध्यक्षतामा एक बृहत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो। उक्त कार्यक्रमबाट संस्थाले अपाङ्ग संघ कोरियालाइ सहयोग पनि गरेको थियो। सन २०१० सम्म थकाली सेवा समाजको अध्यक्ष भएर काम गरे।

२००८ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ कोरियाको संस्थापक सदस्य, उपाध्यक्ष ,कार्यबहाक अध्यक्ष हुदै सन २०१३ – २०१५ मा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष समेत भएका थिए। नेपाल आदिवासी जनजाति मार्फत आदिवासी जनजातिहरुलाई एकता गर्ने, गोलबन्द गर्दै प्रवासबाट समेत आदिवासी जनजातीहरुको हक अधिकारका लागी आवाज उठाउने कार्य गर्दै आएका थिए। नेपाल आदिवासी जनजाति महासंघ कोरियाले २०११ देखि दुर्गम जिल्ला डोल्पाका ३ जना पिछडिएका बिद्यार्थीहरुलाइ पोखरामा राखी पुर्ण छात्रबृत्तिमा अध्ययन गराउदै आएको छ। त्यो कार्य महासंघ कोरियाको गौरब गर्ने कार्य रहेको बताए। सन २०१३ मा नेपाल आदिवासी जनजाति महासंघले उनकै अध्यक्षतामा एक बृहत सांस्कृतिक कार्यक्रम पनि गरेको थियो। उक्त सांस्कृतिक कार्यक्रमबाट करिब ७० लाख वन बचत भएको थियो। उक्त रकम पनि महासंघले पोखरामा अध्ययन गराएको बिद्यार्थीहरुकै लागि खर्च गरेको थियो। महासंघले हरेक बर्ष बिश्व आदिवासी दिवसको आयोजना गर्दै मनाउने कामलाई निरन्तरता प्रदान गरेका थिए। दक्षिण कोरियाका लागि तत्कालिन महामहिम राजदुत कमान सिंह लामाले नेपाल र कोरियाको कुटनैतिक सम्बन्ध स्थापना भएको ४० औ बर्षगाथ भएको अवसरमा आयोजना गरेको बिशेष सेमिनार र इम्पावरिङ्ग नेपाल सेमिनार कार्यक्रममा समेत नेपाल आदिवासी जनजाति महासंघले बिशेष सहयोग गरेको थियो। उक्त सेमिनारमा नेपाली आदिवासी जनजातिका जातिय पोशाक सहित स्वागत गरिएको थियो भने नेपाल आदिवासी जनजातिको नेतृत्वमा उक्त सेमीनारलाई करिब ४० लाख वन सहयोग गरिएको थियो।

 

कोरियामा हरेक बर्ष आयोजना हुने लोटस लालटिन फेस्टीफलमा समेत सक्रिय रुपमा सहभागी हुदै आएका छन्। प्रवासी मजदुर युनियन द्वारा आयोजना हुने मजदुरका हक हित र अधिकारका आन्दोलन सेमिनारमा समेत सहभागी हुदै आएका छन्। त्यसै गरि बिभिन्न संघ संस्थाले आयोजना गर्ने बिबिध कार्यक्रममा पनि उक्तिकै सक्रिय छन्।

यस बाहेक एन आर एन ए कोरियाले संचालन गर्दै आएको नेपाल हाउसलाई दिर्घकालीन रुपमा ब्यवस्थापन गर्ने उद्देश्य राखेर संचालन गरिएको मह जोडी सहितको बिशेष सांगीतिक महामेला २०१५ सचिवालय समितिमा आर्थीक संयोजकको हैसियतमा समेत महत्वपुर्ण योगदान दिएका थिए। नेपाल हाउसलाइ दिर्घकालिन रुपमा संचालन गर्नको लागी (छन्छे सिस्टम) निश्चित रकम डिपोजित गरेर घर भाडा तिर्नु नपर्ने सिस्टमले संचालन गर्दा संचालन गर्न सकिन्छ भन्ने प्रस्ताब नै भक्त शेरचनले राखेका थिए। जस अनुसार एन आर एन ए कोरियाका तत्कालीन अध्यक्ष बिनोद कुंवरको संयोजकत्वमा नै १० करोड वन संकलन गर्ने लक्ष्य राखेर महामेला संचालन गरिएको थियो। र लक्ष्य अनुसार करिब १३ करोड वन बचत भएको थियो। तर दोङ्गदेमुन शहरमा १० करोड वन डिपोजिट राखेर भने जस्तो घर भाडामा नपाए पछि एन आर एन ए नेपाल हाउस ब्यवस्थापन समितिले मासिक भाडा १६ लाख वन, सहित करिब २० लाख वन खर्च गर्दै आएको थियो। तर अभियानताकाको उद्देश्य अनुसार काम नभएकोमा भने दुख लागेको बताउछन्।

 

नेपाल हाउस पछि २०१८ मा एन सि सि कोरियाको संयोजन ,नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुतावास कोरियाको संरक्षकत्वमा कोरियाको पर्यटकिय गुम्वा वाउछङ्गसा गुम्बामा नेपाली अनुहार झल्किने गौतम बुद्धको मुर्ति नेपालदेखि ल्याएर स्थापना गर्ने अभियान चल्यो। उक्त अभियानको पनि आर्थीक संयोजकको हैसियतमा भक्त शेरचनले योगदान गरेका थिए। उक्त अभियान अनुसार वाउछङ्गसा गुम्बा परिसर योङ्गगिनमा वाउछङ्गसा गुम्बाले नेपाली शैलीको बुद्ध स्तुपा निर्माण गरेको छ भने यस बुद्ध प्रतिमा स्थापना अभियानले बुद्ध प्रतिमा स्थापना गरिसकेको छ। कोरियामा कार्यरत नेपाली संघ संस्था र ब्यक्तित्वहरुले करिब ५ करोड वन बढि रकम संकलन गरेर नेपालीको पहिचान बिश्वभर फैलाउने कार्यमा महत्वपुर्ण योगदान दिन सफल भएका छन्।

 

भक्त शेरचन सानातिना, दुख सुखका कार्यहरुमा आर्थीक भौतिक नैतिक रुपमा समेत उल्लेखनिय सहयोग गर्दै आएका छन्। रोजगारको लागी कोरियामा रहदा उनले पनि सुरु सुरुमा कठिन संर्घष गरे। भाषाको समस्या, अलग संस्कृति र अलग खानपिन नौलो नै लाग्यो। तर काम गर्दाका साना तिना समस्याले खासै प्रभाव पारेन उनलाई। सहन सक्ने क्षमता छ। तर १९९८ मा कोरियामा आइ एम एफ लाग्यो। जसले कोरियामा आर्थीक मन्दि भयो। साना तिना कम्पनी बन्द नै भए। काम नै नपाउने समस्या भयो। कतिपय बिदेशी स्वदेश फर्किए। बेरोजगारी हुदा बस्ने खाने समस्या ठुलो थियो। १० जनामा २ जनाले मात्र काम पाउथे।त्यति बेला अहिले जस्तो नेपालीलाइ सहयोग गर्ने कोरियन संघ सस्था पनि खासै थिएन। नेपाली संघ संस्था पनि भर्खर जन्मदै थिए। अहिले जत्तिको सक्रिय थिएनन्। अहिले इपिएसबाट आएका भाइ बहिनीहरुलाइ त धेरै सजिलो , उनी सुनाउछन् ।

कोरियामा रहदा सबै भन्दा दुखको क्षण सन २००४ मा उनलाइ जन्म दिने आमाको मृत्यु भयो। उक्त बेलामा पनि उनको आफने परिस्थितिले गर्दा नेपाल जान सकेनन्। त्यो पिडा सबै भन्दा दुखद क्षण रहेको शेरचन बताउछन्। २१ बर्ष कोरियामा बसेर उनले कमाएको आर्थीक पुरानै शैलीमा घडेरी किन्ने, घर बनाउने परिवार पाल्ने बाल बच्चा पढाउने त्यसैमा खर्च गरेका छन्। लगानीको क्षेत्रमा खासै लगानी गरेका छैनन्। तर २ जना छोरीहरुलाइ भने स्टाफ नर्ससम्म पढाए। अहिले उच्च शिक्षा बि एन नर्सिङका लागी दुबै छोरीहरु अमेरिका र बेलायतमा अध्ययन गर्दैछन्। मैले कमाएको सम्पत्ति भनेकै छोरीहरुलाई आफ्नो खुट्टामा उभिने बनाएकोछु जस्तो लाग्छ, शेरचन भन्छन् ।

शेरचनले कोरिया बसेर कोरियाको दुर्त गतिको बिकासलाई पनि नियालेका छन्। कोरिया सन १९१० देखि १९४५ सम्म जापानको उपनिबेश थियो। त्यती मात्र होइन सन १९५० देखि १९५३ सम्म उत्तर कोरियासंगको भिषण युद्धमा होमिएर ध्वस्त भएको देश। खान नपाएर नेपालले समेत चामल दिएर सहयोग गरेको देश। तर ५०,६० बर्षको अवधिमा कोरियाले चमत्कारिक रुपमा बिकास गरेको सबैले देखेका छन्। आज बिश्व अर्थतन्त्रमा १२ औं शक्तिशाली राष्ट्र, बिश्वको ७औं ठुलो निर्यात कर्ता देश, बिश्वकै दोश्रो ठुलो पानी जहाज निर्यात देश, बिश्वकै दोश्रो स्टिल कम्पनी भएको देश,बिद्युतिय सामाग्रीमा बिश्वकै प्रमुख देश कसरी भयो भन्ने कुरा बुझेका सुनेका छन्। कोरियाली नागरिकले आफ्नो राष्ट्रलाई औधि माया गर्छन्। नागरिक सचेत छन्। सबै नागरिकले कानुन बमोजिम चल्छन्। काम सानो ठुलो मान्दैनन्।काम परिश्रमलाई सम्मान गरिन्छ। गल्ति गरेमा कानुन अनुसार राष्ट्रपतिलाई समेत कारबाही भएको देखेकै छौ।

लगनशिल मेहेनति र कानुनलाई पालन गर्ने भएकैले देशले यति छिट्टै बिकास गर्न सफल भएको हो।यहाँको कोरियाली सरकार पनि स्थिर छ। कोरियाबाट नेपालीले धेरै कुरा सिक्न जरुरी छ। बिशेष गरि काम सानो वा ठुलो जस्तो भए पनि श्रमलाई माया गर्नु पर्छ भन्ने कुरा जागृत भएको छ। परिश्रमलाई सम्मान, कानुनको पालन गर्नु पर्छ। नेपालीहरु रोजगारका लागी मात्र भौतारिएको देखिन्छ। रोजगार श्रृजना गर्ने २,४ जनालाई भए पनि रोजगार दिन सक्ने काम गर्नु पर्छ भन्ने शेरचनको बुझाई छ। त्यसैले अब नेपाल गएर केहि रोजगार श्रृजना गर्ने खालको काम गर्ने योजना बनाएका छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...