कोरीयामा उच्च शिक्षा अध्ययनको विषयमा बृहत सेमिनार हुदै


दक्षिण कोरीया पैसा कमाउनको लागी आकर्षक गन्तब्य मानिन्छ । यही आकर्षण लाइ पिछा गदै नेपालीहरु बिषेश गरी दुइ ओटा अवसरहरुको खोजि गर्छन । एउटा इपिएस परिक्षा पास गरी कोरीया पस्ने अर्को उच्च शिक्षा अर्थात स्टुडेन्ट भिषा मार्फत कोरीया पस्ने । यी दुबै अवसरहरु  त्यति सहज भने छैनन । बिषेश गरी स्टुडेन्ट भिषामा कोरीया प्रवेश गरेका धेरै नेपाली विद्यार्थीहरुले विभिन्न समस्या तथा दुखको सामाना गरेका घटनाहरु बेला बेला बाहिर आएका  छन् । यही चुनौति अवसर र वास्तविकतालाइ बहस तथा अन्तरक्रिया मार्फत स्पष्ट मार्गनिर्देशन होस भन्ने हेतुले  नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाले बृहत सेमिनारको आयोजना गर्ने भएको छ ।

आउदो मार्च ३१ तारिख  साैल  दाेङदेमुनको नेपाल हाउसमा आयोजना हुने उक्त सेमिनारमा अध्ययन भिषा यसका प्रक्रिया तथा अन्य सम्बन्धित बिषयमा विषय विज्ञहरुको सहभागितामा छलफल हुने आयोजक सस्थाले जनाएको छ । हाल इपिएस प्रणाली मार्फत कोरियामा कार्यरत नेपालीहरुले पनि अध्ययन गर्न पाउने सम्बन्धि प्रकृयाको बारेमा पनि जानकारी गराइने बताइएको छ । स्वास्थ्य, विज्ञान, प्रविधि र इन्जिनियरिङ साथै अन्य धेरै विषयको अध्ययनका लागि थुप्रै सम्भावना रहेको कुरा बताइएको छ ।

छात्रवृत्तिको अवसर, बिज्ञान प्रविधिसँगको साक्षात्कार र अन्य धेरै क्षेत्रगत विषयमा हुने शोधकार्य आफैँमा एउटा अवसर हुन सक्छ।यसमा धेरै नेपालीको सहभागिता अपेक्षा गरेका छौ जनसम्पर्क समिति दक्षिण कोरीयाका सहमहामन्त्री मित्रबन्धु काफलेले भने ।यस संग सम्बन्धित अवसर र चुनौतीलाई कसरी सहजीकरण गर्ने सम्बन्धमा सेमिनारका वक्त्ताहरुले प्रस्टाउने पनि काफ्लेले बताए । सेमिनार धेरैको लागी लाभदायीक हुने आयोजकले बताएको छ ।” हामीले सके सम्म धेरै सामान्य देखि जटिल बिषयबस्तुको बारेमा आम सहभागिहरुलाइ सहजीकरण गर्ने लक्ष्य राखेका छौ यो एउटा अवसर पनि हुन सक्छ” जनसम्पर्क समिति दक्षिण कोरीयाका सभापति आस्था बिन्दु मल्लले बताइन् ।

मिति : ३१ मार्च २०१९ आइतबार

स्थान: नेपाल हाउस साैल,  समय: १२ बजेबाट

वक्त्ताहरु:-  आस्था बिन्दु मल्ल (बाताबरण बिज्ञान, Seoul National University)

प्रकाश धमला (मेडिकल साईन्स,Seoul National University)

डा. अग्नि काेईराला (रिर्सच प्रोफेसर केमेस्ट्री, Sogang University)

डा. ज्ञानराज कोईराला (रिसर्च प्रोफेसर ईन्जिनियरिगं, Sunchon National University)

थप जानकारीका लागि :- कुमार थापा :-010-9915-3080 मित्र बन्धु काफ्ले :-010-2930-5517 याेगेन्द्र भट्टराई :-010-2651-5644

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाले आगामी जनवरी ०५ मा “तमू च्यु ल्होसार २०७६” मनाउने ।
  • चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ् गजेदोले चासोक तङ्नाम मनाउने
  • कोरियामा ‘म्हेनिङ’को शुभकामना आदानप्रदान
  • किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा महिला सेल्टर सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!