प्रवासी नेपाली एकता मञ्चले काेरियामा २४ अाै जनयुद्द दिवश मनाए।


नेकपाकाे प्रवाश भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले काेरियाकाे बिभिन्न शहर हरूमा २४ अाै महान जनयुद्द दिवस मनाएकाे छ।

नेपालमा नेकपाकाे एकता पश्चात तल्लो निकायहरु एकिक्रित हुन नसकेता पनि प्रवासमा नेपाल कम्निस्ट पार्टीको संगठनको चहलपहल एकाएक वढ्न थालेको छ।एकता संयोजन समितीको सिफारीस केन्द्रीय कमिटीले आफ्नो औपचारिक कार्यहरु शुरु गरेको छ।जनआन्दोलन तथा जनयुद्धका सहिदहरु प्रती श्रद्धान्जली सभा एकैपटक ३ ठुला सहरमा गर्दै कोरीयाली नेपाली समाजमा मञ्चले आफ्नो प्रभाव देखाएकाेछ।

सउलको दाेङदेमुन,वुसानको किम्हे माइग्रेन्ट सेन्टर र गजेदोको डेउ सभाहलमा २०१९/०२/१७ तारिख आइतवार महान शहिदहरु प्रती श्रद्धान्जली र प्रधानमन्त्री स्वरोज़गार कार्यक्रमको अन्तरक्रिया कार्यक्रम सम्पन गरिएको प्रस्तावित सचिव दिलीप धितालले जानकारि दिनुभयो।उक्त कार्यक्रममा केन्द्रीय वक्ताहरुले अव राजनितीको नाममा निषेध नभएर उत्पादनमा जोडिने र सामाजिक एकता क़ायम गर्न हामीहरु संगठन गरिरहेको वताउनु भयो।प्रवासमा सिकेको सिप र पुजीलाइ रास्ट्रहितमा प्रयोग गर्न राज्य र प्रवासीहरुविच पुलको माध्यम वन्नुनै संगठनको कार्यनीति रहेको प्रस्तावित संयोजक पर्शुराम सापकोटाले जानकारि दिनुभो।
वुसानको किमे माइग्रेन हाउसमा आयोजित कार्यक्रममा विशेष अथितीको रुपमा मनतव्य दिदै किमे माइग्रे हाउस अध्यक्ष सुवेदीले कोरियाको द्वन्द निरुपणवाट सिकेर चाडै द्वन्द समाधान गर्दै देशको निर्माणमा केन्द्रिय संसदहरुलाइ आवश्यक निती निर्माण गर्न झक झक्काउन आवश्यक रहेको वताउनु भयो।कार्यक्रममा एनआरएनए किमे अध्यक्ष वेलमान तामांग,एनसिसी वुसान अध्यक्ष संगित अधिकारी,न्युभिजन संयोजक एवं डाइरेक्टर संजिव राइ लगायतले सहिदको वलिदानी सम्मान गर्दै फेरि सहिद जन्मन नदिने वाटोमा अव लाग्नु पर्ने वताउनुभयो।

गजेदोमा कार्यक्रम संगै त्यहा रहेका क्षेत्रिय कमिटीहरु प्रवासी नेपाली मन्च गजेदो र जनप्रगतिशिल मन्च गजेदोको औपचारिक एकता गरि प्रवासी नेपाली एकता मन्च गजेदो क्षेत्रीय कमिटी गठन गरिएको प्रवासी नेपाली मन्च गजेदो क्षेत्रिय कमिटी पुर्व अध्यक्ष शंकर भुसालले जानकारी दिनुभयो।जनप्रगतिशिल गजेदो संयोजक हर्क केसी संयोजक र प्रवासी नेपाली मन्च सचिव राम फुसला सचिव रहेको १७ सदस्यीय तदर्थ कमिटी गठन गरिएको छ।यहाँ कुनै भाग वन्डा नगरि क्षमता,योग्यता र भिसाको अवस्था हेर्दै कमिटी गठन गरिएको गजेदो कार्यदल सदस्य प्रेम विश्वकर्माले जानकारी दिनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...