Advertisement
SKIP THIS

रमाइलो ल्होछार ल्हाब्सोल


कार्यक्रमको तयारी र टाढाको गन्तब्यल्रे गर्दा बिहानको ६ बजे निन्द्राले छोड्यो । सलनाल सकिएको दुई दिन पनि नभएकोले थकान मरि सकेको थिएन । साथीभाइलाई पनि लिएर जानु पर्ने भएकोले सधै गरिने मुख धुने, ब्रस गर्ने पानी पिउने काम गरेँ । थन्क्याएर राखेको तामाङ पेसाक लगाएँ । ऐना हेरको झिल्के पो देखिएछु !
सधै ब्यस्त हुने दोङदेमुन शान्त थियो । चहल पहल खासै थिएन । म पुग्दा भरखर ८.४५ त भएको थियो । समय बाँकी नै थियो । साथीहरू तामाङ धिममा थिए । म पनि उतै हानिएँ । केही साथी सांस्कृतिक प्रस्तुतिको तयारी गर्दै थिए भने कोही सुतिरहेकै थिए । कार्यस्थल टाढाको साथीहरू र फोनमा पनि खासै कुरा गर्न नपाएकाले होला झन्डै २ घण्टा जति गफगाफ चल्यो । कार्यक्रम १ बजे भएपनि ११ बजे साथीहरू खाना खान निस्किएर नेपाली रेष्टुरेन्टमा ।
साथीभाइको सल्लाह भो कोदोको ढिंडो खाने । अर्डर गरियो । छुट्टीको दिन त्यसमाथि नेपाली रेष्टुरेन्टमा नेपालीहरू खाजा खाना खादैं गाफ गर्दै । केही बेरमै खाना तयार भयो । धेरै पछि परदेशमा ढिंडो खाँदा गाउँको याद आयो । समयले १२ बज्न लागेछ । हामी गुम्बाका लागि हिड्यो । दोङदेमुनको गेट नं. ३ । नेपालीको भेटघाटको चौतारी नै भने हुन्छ । विभिन्न संघ–संस्थाका अध्यक्ष दिदीहरू कुर्नुभएको रहेछ । अघि सम्म अलि सानो समूह अहिले ठूलो भो । हामी झन्डै ढिला भएको । कार्यक्रम दिउँसो १ बजेबाटै सउल नेपाल गुम्बाका लामा गुरुहरुले पूजापाठ सुरू गरि सकेछन् । हामीभन्दा अगाडी केही केरियन, नेपाली संघ–संस्थाका साथीहरू उपस्थित थिए ।
गुम्बाको ल्होछार भएर होला उपस्थित प्रायः आफ्नै मौलिक पोसाकमा सजिएर आएका थिए । तामाङ, शेर्पा, गुरूङहरूको उपस्थिति देख्दा मनभित्रैबाट खुशी र शान्तिको आभाष मिलेको थियो । धेरैले गुम्बा मन्दिरमा गएर भगवानलाई खुशी पार्न, पूजा गर्न गएको भन्ने चलन छ । त्यो भन्दा पनि धार्मिक स्थलमा पुगेपछि हाम्रो मन धेरै हदसम्म स्वतः शान्त हुन्छ कारण अनुशासित र शान्त परिवेश धार्मिक स्थलहरू मै पाईन्छ ।
कोरियन सलनालको लामो छुट्टीको समयमा धेरै संघ–संस्थाहरूको कार्यक्रमहरूमा सहभागिताले थकित भएको शरिर भएतपनि काँधको जिम्मेवारी र मनको कौतुहलताले सउल नेपाल गुम्बाद्वारा आयोजित “ल्होछार ल्हाब्सोल“ कार्यक्रम स्थल “गुर्योङ्सा टेम्पल’’सम्म र्डोयायो ।
मेरो लवाईले होला कोरियनहरु भेट्ने बितिक्कै नमस्ते भन्थे । राम्रो छ भन्थे । बाथरूममा भेटेकाले पनि । कार्यक्रमको अतिथीहरुले कोरियन भाषाबाटै नयाँ बर्षको शुभकामना कसरी भन्ने भनेर लेख्न अनुरोध गरेकोले कोरियन अक्षरबाट नेपाली शब्द ‘नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना’ लेखिदिएँ ।
केही बेरमै तामाङ पत्रकार संघ, दक्षिण कोरियाकी अध्यक्ष, प्रभावशाली पत्रकार तथा मिठो बोल्ने कलाका धनी सिमा लामाको कार्यक्रम उद्घोषणले सुरू भयो । सउल नेपाल गुम्बा ब्यबस्थापन समितिका अध्यक्षका भएकोले मेरो काम कार्यक्रमको सभापतित्व गर्नु थियो । धेरै समय संघ–संस्थामा आबद्द भएर काम गर्नुभएका अनुभवि अग्रज दाजुभाइ, दिदिबहिनीहरूको अगाडी सभाध्यक्ष हुदाँ कता कता अप्ठ्यारो महसुश नलागेको होइन ।

कार्यक्रममा कोरियन बौद्ध धर्म जोग्ये ओडर गुर्योङ्सा टेम्पल प्रमुख लामा जोङ उ सुनिम प्रमुख आतिथि, अतिथिहरुमा एनआरएनए अध्यक्ष लक्ष्मी लामा गुरूङ, एनसीसीका अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकाली, नेपाल तामाङ संघ कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा तामाङ लगायत विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि र कोरियाली संघसंस्थाका प्रतिनिधिहरूले आसनग्रहनसंगै खादा र अतिथिहरूको ब्याच बितरण पनि सकाए । मैले पनि खादा र सभाध्यक्षको ब्याच लगाए ।

सुरूमा स्वागत तथा शुभकामना मन्तब्यलाइ मनाङ परिवारका अध्यक्ष तथा सउल नेपाल गुम्बा ब्यबस्थापन समितिका उपाध्यक्ष जेबी लामाले राखेपछि कार्यक्रमको संयोजक सउल नेपाल गुम्बाका प्रमुख लामा कुन्साङ दोर्जे लामाले “ल्हाब्सोल“ले भगवान र भगवानलाई खुशी पार्नु भन्ने बुझाउने कार्यक्रमका अर्थ्याएर कार्यक्रमको महत्व प्रकाश परेका थिए ।
सउल नेपाल गुम्बा दक्षिण कोरियाले २१४६ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजित “ल्होछार ल्हाब्सोल“ कार्यक्रममा अनौपचारिक कार्यक्रमको बीचबीचमा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रम निकै रमाइलो मान्दै सबैजनाले ताली बजाएर साथ दिएका थिए ।
कार्यक्रममा कोरियन संघं संस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्दा धेरैले नेपाली भाषाको सम्बोधनका शब्द “नमस्कार’’ ’नमस्ते’ र “नयाँ बर्षको धेरै धैरै शुभकामना छ ।’भनिरहदाँ मनमा खुशीका सिमा थिएन ।
कार्यक्रममा मन्तव्यकै क्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङले कोरियामा पहिलो पटक यसरी सामूहिक रुपमा “ल्होसार ल्हाब्सोल“ कार्यक्रम आयोजना गरेकोमा सउल नेपाल गुम्बालाई आभार प्रकट गर्दै ल्होसारको शुभकामना व्यक्त गरेको र अन्य अतिथिहरूले पनि ल्होसारको शुभकामना दिए । प्रमुख अतिथि जोङ उ सुनिमले नेपाली भाषा नमस्तेबाट सुरूवात गरेको मन्तब्य बिश्वको शीर सगरमाथा र भगवान बुद्दको जन्मभूमि नेपालसंग राम्रो सम्बन्ध भएको र एक सय पटक भन्दा बढि नेपाल भ्रमणमा गएको प्रसङ्गलाइ जोडेर सबैलाइ खुशी बनाए ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति मनिराज तामाङ, कला ग्लान सेलो गीतमा नृत्य र सोनाम दोङ्बा ह्योल्मोले ह्योल्मो समुदायको समूहिक रूपमा गीत गायन प्रस्तुति, डम्फूरे गीतमा डम्फू बजाउँदै नाचेर सांस्कृतिक प्रस्तुतिले माहोल राम्रो भएका थिए । रमाइलो भयोे आइतबारको “ल्होछार ल्हाब्सोल“ ।

(लेखक सउल नेपाल गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष हुन् । )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...