Advertisement
SKIP THIS

जातिय छुवाछुत तथा बिभेद विरुद्धको अभियानका लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया”को स्थापना


दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका दलित समुदायद्वारा “जातिय छुवाछुत तथा बिभेद विरुद्धको सशक्त अभियान” संचालन गर्ने भएको छ । त्यसको लागि “सशक्त दलित एकता समाज दक्षिण कोरिया” नामक संस्थाको स्थापना भएको छ ।

कोरियामा स्थापित विश्वकर्मा समाज र परियार समाजको पहलमा रोजगारीको शिलशिलामा कोरियामा रहेका दलित समुदायका युवा, ब्यवसायि, बिद्यार्थी तथा बुद्धिजीवी लगायतको उपस्थितिमा भएको भेलाले घनश्याम विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

फेब्रुअरी ५, मंगलबार सउलको दोङ्देमुनमा भएको उक्त भेलाबाट बरिस्ठ उपाध्यक्षमा प्रेम परियार, उपाध्यक्षमा आशिष मान्बु(नेपाली) र महासचिवमा अर्जुन परियारको चयन भएको छ । सचिवमा गौरि सदासंकर, सह-सचिवमा सुदिप परियार, कोषाध्यक्षमा नेत्र परियार र सह-कोषाध्यक्षमा सुरेश परियार रहेका छन् । सदस्यहरुमा अमृत विश्वकर्मा, कमल परियार, सन्दिप नेपाली, राम कुमार बि.क., जसु बराइली, विबेक नेपाली, इसु सुनार, संगिता परियार, कुलमान बि.क., सुनिल सेन्चुरि र अंकित नेपाली रहेका छन् ।

त्यस्तै बिश्वकर्मा समाजका अध्यक्ष सन्तोष कश्यप(बि.क.) र परियार समाजका अध्यक्ष बिनोद सेवा(परियार)को संरक्षकत्वमा स्थापित उक्त संस्थाको प्रमुख सल्लाहकारमा भिम बराइली तथा सल्लाहकारहरुमा मनोज गौतम र सन्तोष बराइलि रहेका छन् ।

नेपालको संबिधान २०६३ ले छुवाछुत मुक्त राष्ट्र घोषणा गरि २०६८ सालमा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन जारी गरेतापनि ब्यबहारिकरुपमा भने अझै मौलाइरहेको अबस्थामा यस नवगठित संस्थाले छुवाछूत बिरुद्ध सशक्त भुमिका निर्वाह गर्ने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...