ल्होछार एक सम्वत अनेक
मानिस एउटा चेनशिल प्राणी हो । यी चेनशिल प्राणि भित्र पनि विभिन्न समूह र समुदाय रहेछन । ती समुह र सामुदायमा म चाही तामाङ सामुदायको रहेछु । यसलाइ अङ्ग्रेजिमा group , society, भन्दो रहेछ । यी सामुदायहरुको बसोबस वा आवातजावतको हिसावले आदिबासी, मुलबासी, जनजाती र आप्रबासी हुदोरहेछ । यसलाइ अङ्ग्रेजिमा, indigenous, ethics, indigenous peoples, Migrate भनिनेरहेछ ।अनुहारको बनावट पनि तीन भागमा छुट्टाएको रहेछ । लाम्चो अनुहार, गोलो अनुहार अनि कालो ठूलो अनुहार अङ्ग्रेजिमा यसलाइ Aryan face, Mangol face, black face भन्दोरहेछ । म चाही आदिबासी जनजाती भित्रको मङोल फेसको परेछु । मेरो पुर्खाहरु नेपालमा आएको अनुसन्धानकर्ताहरुको हिसावले ३००० बर्षभन्दा पहिले देखि बसाेबास रहेछ । मन्जुश्रीले चोभारको डाडो काटेर उपत्यकाको पानी बाहिर निकालेर मानव बस्ती बसालेको पनि युगौ भैसकेछ । त्यसबेला देखि नै यो काठमाण्डौ उपत्यका लगाएत वरिपरि बस्ने तामाङ्हरु रहेछन र अहिले पनि छन । उपत्यकालाइ धान र फलफुल फलाउने खेत बनाएका रहेछन त्यसैले याङ्ला भु भन्दो रहेछन् । कालन्तरमा अप्रभङ्स भएर याम्बु भएछ । जुन ऐतिहासिक दिनलाइ सम्झिन सजिलोको लागि मेरो सोनाम ल्होछार जोडेको छ । मञ्जुश्री वोन सस्कारमा हुर्किएको एक शक्तिशाली, ऐतिहासिक, साहसिक, बौद्धमार्गी ब्यक्ती थिए । जुन ब्यक्ती जन्मनु भन्दा पनि पहिला देखि नै प्राकृतिक बौद्धमार्गी र प्राकृतिक बोन धर्मको बिस्तार भएको पाइन्छ तर लिपिबद्ध भने हुन सकेको थिएन रहेछ । बिस्तारै नेपालकै लुम्बिनीमा जन्म भएका चमत्कारिक बच्चा सिदार्थ शाक्य नामको आगमन सँगै तपस्या पछिको प्राप्त ज्ञानहरुलाई (गौतम बुद्ध) भनेर पाएको मान पदवि सँगै सस्थागत बुद्धपथको यात्रा सुरु भएको पाइन्छ । यी महामानव अवतरण हुनुभन्दा पहिला नै मेरो पुर्खाहरु थिए र छन । त्यतिखेर देखि नै प्राकृतिक पुजा सँगै पुर्खा स्मरण, गान्वा, ताम्वा, बोन्पो, छ्याङ्वा, लाबतावा, खाइवा, मुलमि, लामा जस्ता अगुवाहरुको मान पदवी र सो अनुसार सामाजिक कार्यहरु गर्दोरहेछ । त्यतिखेर पनि ल्हो गणनाको प्रथा रहेछ । तर आफ्नै तामाङ मौलिक भाषामा रहेछन । तेतिखेर फाग ल्हो कहिल्यै भनेको सुनेन ढ्वा ल्हो भनेका थिए । खि ल्हो लाई नागी ल्हो भनेर भन्थे र भन्छन । तर जति बिद्वान खाइबा लामा औतारी तामाङ लामा भनेर सम्बोधन गरेको पाए उहाहरुको मुखबाट तामाङ भाषालाइ चट्टै बिर्सेर तिब्बती भाषाहरुको बिकास गरेको रहेछन् ।
तामाङ्हरु बोन्पो वा बोन सस्कारलाइ त्याग्न नसक्नुको कारण पनि भाषा सँग सम्बन्ध छ । तामाङ बोन्पोले कहिल्यै अरुको भाषामा मन्त्र उचारण गरेको पाइदैन । तामाङ भाषामा नै सबै कुरा गर्ने भएकोले बोन सस्कारको अन्त्य हुन निकै समय लाग्ने देखिन्छ । हामिले जुनसुकै भाषामा ज्ञान अध्ययन गरे पनि आफ्नो सामुदाय लक्षित सङ्शोधन गर्दै जान सकेन भने त्यो ज्ञान आफुमा मात्र सिमित रहन्छ । मेरो आशय तामाङ सामुदायका लामा गुरु र धार्मिक रुपमा सङठित तामाङ बौद्ध संघहरुलाइ तामाङ भाषामा नै धार्मिक छ्योइ शुभराम्ब गरौ भन्ने हो । लिपि सम्भोटा नै गर्नुहोस तामयीग लिपि अधुरो छन भने पनि तर शब्द्ध तामाङ हुनु पर्यो । लोसार होइन ल्होछार हुनु पर्यो । ज्या लो होइन नामे ल्हो हुनुपर्यो । लाङ लो होइन म्हे ल्हो हुनुपर्यो भनेका हुन । आज किन तामाङहरु क्रिश्चियन बने त किनकी गरिबिले पिल्सिएका तामाङ बस्तिमा तामाङ शब्द्दको साथ प्रभुको आशिर्वादरुपि कितावहरु छ्याप छ्यप्ती पुगेका छन ।
तामाङ्हरुले चुनावमा किन जित्दैन त ? किनकी शहरमा पस्ने बितिकै तामाङको अगुवा गर्छु भन्ने नेताहरु वा जन्म जात नै तामाङ भाषा नसिकेकाहरु तामाङ भाषा बिर्सेको नाटक गर्छन । भाषण खस नेपाली गर्छन तर अन्य खसहरुले तामाङ भाषामा भाषण गर्छन अनि उसले जित्छन । कारण यी माथिका सबै भाषासँग सम्बन्ध छ । तामाङ भाषामा सोनाम = प्राकृतिक बालिनाली र बाच्छ क्यारे भन्ने अर्थ लाग्दोरहेछ । ( बालिनाली राम्रो भयो अर्को बर्ष वा अर्को समय वा अर्को ल्होमा पनि राम्रो होस भनेर कामना गर्ने सस्कार भनेर ब्याख्य गर्दा उपयुक्त होला जस्तो लाग्यो) । सोनाम भनेको मानव सभ्यतासङ साइनो गासेको रहेछ । यो कुनै राजा महाराजाको हुकुम होइन किसानहरु वा प्रकृतिप्रेमी मानव समुहको स्वतस्फुर्त खुसियाली हो । त्यतिबेला देखि नै अन्न बाली उब्जाउने क्रममा जुन-जुन बर्षमा ल्होखोरमा अङ्कित जीव जन्तुको उत्पती र विकास क्रम भयो त्यही अनुसारको व्यवहार मानिसमा पनि पाइन्छ भन्ने अड्कल बाजि गर्दै आएको परम्परा हो । महामानव सिद्धार्थ साक्य वा (साकेवा बुद्ध )अथवा भगवान गौतम बुद्ध पनि ता ल्हो घोडा बर्गको थिए । सोनाम ल्होछारको अन्तरास्ट्रिय आधिकारिक सम्वत नभए पनि यसलाइ मनाउने सम्बन्धित देश र सामुदायकोअस्तित्व र ऐतिहासिक दिनलाई सम्झना स्वरुप सम्वत राखेर मनाउने गरेको पाइन्छ । सोनाम ल्होछार ११ औ महिनामा बह्रौ महिनामा मनाउछन भन्नु अज्ञान्तको काराण भ्रम फैलाउने बाहेक अरु हुन सक्दैन । किनकि गणना आ आफनै हुन्छ । सोनाम ल्होछारको गणकहरुले हेर्दा र गणना गर्दा ग्याल्बो लोसर दोस्रो महिनालाइ मनाएको पाउँछन् भने तोला ल्होसार 12 औ महिनामा । तर सबै आआफ्नो महिना गणना अनुसार भने पहिलो महिनामा नै मान्छन् । सम्वतको बिषयमा पनि उस्तै भ्रमपुर्ण अभिब्यक्ती दिदै आएको पाइन्छ । जस्तै नेपालको तामाङ सामुदायले मन्जुश्री सम्वत लाई ऐतिहासिक र अस्तित्वसँग सरोकार राखेको पाइन्छ भने अन्य २२ राष्ट्र भन्दा बढी देशहरुमा सम्न्धित देशको ऐतिहासिक सम्वत राखेको पाइन्छ ।
तिबेत वा भोट भाषामा ग्याल =राजा , लो = वर्ष
तामाङ भाषामा ग्ले वा घ्ले = राजा , ल्हो= बर्ष यो ल्होसार / ल्होछार भोट वा हाल तिब्बतको मात्र ईतिहास बोकेको पाइन्छ । इसाइ सम्बत सुरु हुनुभन्दा १२७ बर्ष अघि जुनबेला कुनै पनि देशको सिमाङ्कन भएको थिएन र हाल भोट तिब्बेतमा भारतबाट आएको ब्यक्तिलाइ ङेठी चेम्बो ( काधको आशनमा बसाएर जुन ब्यक्तिलाइ तेस देशको वा भुभागको अगुवा चुनेको दिन जुन ब्यक्तिको नाम भने किटान भएको पाइदैन) यसै दिन देखि तिब्बती ल्होसार सम्बत सुरु भएको हो भन्ने किम्बदन्ती पाइन्छ यो सम्वत पनि सोनाम ल्होछारको सम्वत नै थिए जुन सम्वत भोट वा हालको चाइना स्वसासित तिब्बतको ऐतिहासिक दिन हुन सक्छ । सोनाम ल्होछार भने आठौ सताब्दीतिर नै सुरु भएको पाइन्छ । यहि सोनाम ल्होछार मनाइरहेको मौका पारेर इसाइ सम्बत १२०० मा मङ्गोलको राजा वाद शाह भनेर चिनिने युद्ध पिपासु चङ्गेज खानले म्हियाग भन्ने ठाउँ वा भोटतिब्बत मा युद्ध सुरु गरि त्याहको जनतालाइ कब्जा गरेको दिनलाइ खुसियालिको रुपमा साबिकको महिना भन्दा एक महिना पछाडी मङ्गोलको राजा चङ्गेज खानको आदेशमा आजादेखी तिमिहरुको राजा म तिमिहरुले अब देखि यो ल्होछारको नाम सोनाम होइन ग्याल ल्हो राख्नु भने पछि त्यहाँको जनताले डराएर अब देखि ग्याल ल्हो भनेर जबर्जस्ती मनाएको पाइन्छ ।
त्यसैले ऐतिहासिक पक्ष बुझेको सामुदाय वा ल्होछार प्रेमी जनता र देशले ग्याल ल्होछारलाइ जबर्जस्ति र देश जनता हारेको दिन भनेर बहिष्कार गरेको पाइन्छ र गर्नुपर्छ । त्यसैकाे फलस्वरुप नेपालको केही सामुदाय र तिब्बेतको भुभाग भन्दा अन्य देश वा भुभागमा ग्याल्वो लोसार फस्टाउन सकिएको देखिदैन । (सोनाम ल्होछार निकै पुरानो रहेको पाइन्छ । नेपाली तामाङ सामुदाय मन्जु श्री पात्रोको अनुसार मन्जुश्री सम्वत २८५५ औ बर्षको शुभारम्भ गर्दै छन भने ग्याल्वो सम्वत २१४६ भोट्मा अबस्थित ङे ठि चेम्वो र मङगोल बादशाह भनेर प्रख्यात राजा चङ्गेजखानको ईतिहास जोडेको पाइन्छ) सोनाम ल्होछार पुरानो भएता पनि बीच बीचमा बिभिन्न खालको युद्ध र परिबर्तित राजा महाराजाको आगमन सङै विभिन्न नामले पुकार्ने र मनाउने गरेको पाइन्छ । यसैको काराणले कोङ्वा ल्होछार , तोला ल्होछार र ग्याल्वो लोसर को नामकरण भएको भन्ने बिज्ञहरुको ठहर छ । इतिहासको राम्रो र निष्पक्ष अनुसन्धान गर्ने हो भने मन्जुश्री चन्द्र पात्रोमा आधारित सोनाम ल्होछार नै नेपालको आदिबासी भुमिपुत्र ल्होछार प्रेमिहरुको लागि ऐतिहासिक दस्तावेज हुन सक्दछ । अर्को कुरा ग्याल्बो लोसारको नामकरण गर्ने मङ्गोल बादसाह भनेर चिनिने युद्ध पिपासु चङ्गेज खानले कब्जा गरेर जबर्जस्ति मनाउन लगाएको बेला धेरै सोनाम ल्होछार प्रेमिहरुको हत्या भएको बारे भने ईतिहास र इतिहासकारहरु बेखबर जस्तै देखिन्छ । युद्ध पिपासु पृथ्वीनारायण शाह को जस्तै चङ्गेज खानको पनि तत्कालिन भोटको जनतालाइ घाटि रेटेर बिजय प्राप्त गरि जबर्जस्ती ग्यल लो मनाउन लागाएको बारे पनि जानकारहरुको बहस होस । सोनाम ल्होछार मन्जुश्री सम्वत २८५५ बँदेल बर्ग (ढ्वा ल्हो ) को देश बिदेशमा रहनुहुने सम्पुर्णलाई हार्दिक मङगलमय शुभकामना ।