Advertisement
SKIP THIS

कृष्ण र रुपाको प्रेमले लेख्ने छ प्रेमको नयाँ परिभाषा


सञ्चारको प्रयोगले संसारलाइ सानो पार्क बनाइरहेको आजको विश्वमा हरेक दिन र समय हरेक मानव मस्तिष्क हल्लाउने र जिवनलाइ फरक रुपमा पढिरहन पाइन्छ। यसरि उपलब्ध हुने सूचना तथा जानकारि रोमाञ्चक मात्र छैनन पिडादायक पनि छन । तपाइ सञ्चारको प्रयोगले जति खुसिहरु सहज पाउनु हुन्छ त्यतिकै सहजताका साथ त दुखहरु पनि पाउनु हुनेछ। यो आजको विश्वको विशेषता हो। जोकोहीलाइ जोकोहीसंग सहजै स्पर्समा पुर्याएको छ ईन्टरनेटले। जस्को भरपुर प्रयोग गरेर जिवनका पाइलाहरुमा चल्न सहज अनुभुत गर्न सकिन्छ।

पछिल्लो समय दाङ्का कृष्ण ओलीको जिवनको आइपरेको दर्दनाक अवस्थाको पिडालाइ बाँडनमा यसरिनै सञ्चारको दुनियाँले सघायो। उक्त भिडीयोले बिश्वभर छरिएर रहेको नेपाली समुदायलाइ एकैचोटी रुवाएर आयो। सायद यति चोटपुर्ण जिवन सायदै कमै मात्र भोगिएको हुन्छन। लाखौ कोमल मनहरु रोएर घायल भए। आखिर जिवन किन यति निस्टुरी बनिदिन्छ? दैवको लिला अथवा यस्तै लेखान्त वा केही भनेर ठुलो जमात चुकचुकाहटमा रोइरहदा खै तिनी दैवलाइ दोसदिएर मुक्त कहाँ बनिएला र पक्कै यस्ले दिएको शिक्षा आगामि दिनमा हाम्रो लागी मार्गनिर्देशन बन्न सक्नु पर्छ।

अवस्य पनि विवाह उत्सवको रौनकमा रमाउदै हरेक पल र हरेक दिनलाइ विशेष बनाउदै आफ्नो शान, ईज्जत र प्रतिष्ठाको ढोगदिदै आयातित र परम्परा धान्ने नाममा नयाँ पुजिपती वर्ग आफ्नो अवसर खोजिरहन्छ। समाजमा आफ्नो प्रभाव पैसा र पावरसंग छ, त्यसकारण म यो समाजको विशेष हो भन्ने प्रमाणित गर्न कता कता समाज त्यसैको रंगमन्चमा हराएर साच्चै यहि होकी के हो, वास्तविकता भन्ने दलाल चिन्तन तिर भासिदैछ। आखिर त्यही खेलमा हराएर आफ्नी मायालुसंग कुनै विशेष पार्क वा कतै रमाउन जान सक्थे।
कृष्ण हजुरआमासंग केही पैसाको सौदावाजी संगै अनि यो घटना नहुन पनि सक्थो। अपसोच उनले यो समाजलाइ गतिलो झापड हान्दै प्रेमीकाको शिक्षाको लागी ति विशेष दिनहरु र पर्वहरु ईन्कार गरे र कर्मको निमित्त भासिए आखिर कर्म भन्दा ठुलो केही छैन अनि कसरि दैवको लिला? पक्कै ९mअद० बन्द गरेर काममा लागेको शुरक्षितसंग उस्लाइ के थाहा त्यहा केही पैसा कमाउनको लागि उच्च विधुतिय प्रशारणमा मुठ्ठी कसेर बसेका मानिसहरु छन जस्ले उस्लाइ जोखिम हुनसक्छ।एकैचोटी देशै भर खुलाराखिएका विधुत प्रसारण लाइन अनि त्यसलाइ आफ्नो नियन्त्रणमा राख्न चाहने मानिसहरुलाइ गिज्याएको छ।विधुत प्राधिकरणको व्यवस्थापकिय कमजोरीलाइ अब नितीको कसिमा जोख्ने बेला आएको छ।

सत्ताको रक्षार्थ सत्तापक्ष र सत्ताको प्रतिक्षारत प्रतिपक्षले यो विषय उठाउने जरुरतै ठानेन कारण यि जनताको समस्या हुन। यस्मा लागे सत्ताको बाटो सहज छैन कति क्रुर छ हाम्रो देशको राजनिती। के कुनै नेता वा संसद कसैले अलपत्र विधुत प्राधिकरणका मिटरवक्सहरु बन्द गर्ने वा कसैको कमजोरीले करेन्ट लागेमा दन्ड सजाय स्पस्ट गर्ने कानुन बनाउन पर्दैन? विधुतिय अपराध ऐनमा साइवर क्राइम मात्र पर्छ नितीलाइ निर्माण गर्ने हरुलाइ अर्को झापड हानेको छ।

बनाइएको चिजहरु सवै प्रयोग हुदैनन यदि यो संसारमा ठुलो धनरासी खर्च गरेर बनाइएको हतियारहरु १० सेकेण्ड मात्र चलाए के होला कल्पना गरौं त। अनि प्रयोग नहुने हतियार किन बनाइन्छ जरुर मानिसको मस्तिष्कलाइ नियन्त्रण गर्न।यदि कसैको लापरवाहिले करेन्ट लागेमा यो यस्तो कार्यवाही हुनेछ है भन्ने मस्तिश्कमा ति मिलवालाको परेको भए सोचौं त त्यो जिवनले यति कहाली भोग्नै पर्ने थिएन। अनि मान्छेले गर्ने हरेक कमज़ोरिको भागिदार कसरी दैव? अब समाजले यस्ता झापड मात्र सहन सक्दैन, निती निर्माताहरुको ध्यान जाओस।

पत्रकार हुन वा सेलिव्रेटी हुन आज विद्वान ठहरिएका र ठुला संचार माध्यममा पकड जमाउदै अनावश्यक रुपमा नेताको चाकरी गर्ने र वहसको नाममा नेता भिड़ाउने र देशको लागि जनताको भन्दै नथाक्ने वरिस्ट पत्रकारहरुलाइ कलाकार शिशीर भण्डारीको अन्तरवार्ताले गतिलो झापड दिएको छ चर्को कुराले मानिसलाइ जित्न सकिदैन। जनताका समस्या उजागर गरे जनताले अवश्य स्वीकार्ने छन यो समाज कति आभारी छ शिसीरको यस कार्य प्रती।आगामी दिनमा यहाको सत्मार्गको यात्रा अविच्छिन्न रहोस।

आजको संसारका हासोहरुमा कृष्णको हासो साच्चिकै उत्कृश्ष्ट हासो हो। त्यहा जति पिडा छ, त्यतिनै भविश्यको आशा पनि। छैन त्यहा जितको भोंक छ अनि रुपाको प्रेम ओसोहरुले प्रेम भोग हो संवोग हो शरिर हो कहलिएका दार्शनिकहरुलाइ प्रेमको परिभाषा दिन एकचोटी झोक्राउन वाध्य गर्ने उनको प्रेम मस्तिष्क भोग मात्र हैन रहेछ प्रेम। सम्पन्न पुरुष हट्टाकट्टा आकर्षक जागिरे केटा खोज्ने अझै पिआर,डिभी खोजिरहने वरक़ों योग्यतालाइ रुपाको हिम्मतले गिज्याइरहेको छ।

भो अव त्यसले पाल्दैन फिर्ता ल्याउनु पर्छ भन्ने परिवारको आग्रहलाइ महिला त्यती कमजोर हुदैनन जति तिमीहरु सोच्छौ। महिला अधिकारको लागि गरिएका हजारौ भाषणहरुलाइ रुपाको दुईथोपा आशुले टक्कर दिएझै लाग्छ।भो अव महिलालाइ हेप्ने पुरुष समाज बन्द गर म देखाउने छु कृष्णको खुसि संसारलाइ। अवस्य तिनको प्रेमको अघि दाजिने वस्तुचै सायदै होला।अन्तरजातिय र अन्तरधर्मिय विवाह व्रमान्ड परिवारकी हजुरआमाको बोलि सुनिरहदा जातिय विभेद र धार्मिक विभेद भन्दै बजार बनाइरहेकाहरुलाइ बन्द गर तिम्रो नौटंकी समाज अव निर्माण हुदैछ एउटै टोकरीमा समाज नराख समाज निर्माणमा अव जुट्नु पर्छ भन्ने सन्देश दिएको छ।

समाज अव सचेत हुन जरुरी छ। फेरी यस्ता घटनाहरु नहुन फेरी यस्तो भोगाइ कसैले भोग्न नपरोस। नितीगत र सामाजिक संरचनाहरु अव विस्तारै परिवर्तन गर्नुपर्छ कृष्णको जिवन अझै सुन्दर हुनेछ। वनाउन पहल सवैतिरवाट गरौ। हाम्रो भावना समान वनाउन यस्ता घटनाहरु राम्रो पाठ हो। फेरी पनि यो जोडीको प्रेमले कुनैदिन लेख्ने छ प्रेमको नया परिभासा।
हाल, दक्षिण कोरीया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...