एन.सी.सी अधिवेशन र मेरो उमेदवारी
राजेन्द्र बस्याल (ई पि एस परदेशी)
आउदो 28 तारिक एन.सी.सी.को अधिवेशन हुन गैरहेको छ । कोरियामा लामो इतिहास बोकेको नेपाली सम्पर्क समिति संस्थाका केही पदाधिकारीको व्यक्तिगत स्वार्थका कारण आज भद्रगोल अवस्थामा पुगेको छ । नेपाली हरु को साझा संगठन एन.सी.सी.ले बिगतका दिन हरुमा कोरियामा नेपाली दुतावास नहुदा महत्वपुर्ण योगदान र काम गरेको थियो । स्थापना कालमा जती महत्वपुर्ण अनि लोकप्रिय थियो त्यती अहिले देखीएको छैन । फितलो व्यवस्थापन र संस्था भित्र पद र राजनीतिक खिचातानीको कारणले गर्दा संस्थाले नियमित अधिवेशन समेत पटक पटक स्थगित गर्नुपरेको थियो ।
भुतपूर्व अध्यक्ष रहेका डेविट राई पक्राउ परेर नेपाल फर्किएपछि एन.सी.सी.बिबादमा तानिएको देखिन्छ । त्यसपछी कार्यक्रममा गएर ब्याज लगाउनु बाहेक कुनै उपलब्धि देखिदैन । बिबिध लोकप्रिय कार्यक्रम बाहिर ल्याउन नस्कनु नै यस संस्थाको कमजोरी रहयो ।
कोरिया मा रहेका हरेक क्षत्रीय र
जातीय संगठन गरी पाँच दर्जन भन्दा बढी रहेको संस्था लाई एउटै छातामा ल्याउन नसक्नु, अनि हरेक बर्ष गरिने साँसकृतिक कार्यक्रम को बिभाजनमा विबाद बढ्नुले पनी यो संस्थाको लोकप्रियता कम हुँदै गएको हो ।
अबको अधिबेशन पछी यस संस्थालाई नेपाली हरु को एउटा साझा संगठन बनाउनु को बिकल्प छैन । कोरिया मा नेपालीहरुको लामो ईतिहास बोकेको यो सँस्था बिगठन वा मर्च गर्नु हुदैन । यस लाई पुन: पहिलेको उचाई मा लान एउटा असल नेतृत्व को आवस्श्वकता छ । आसन्न अधिबेशन मा सर्बसम्बत नयाँ नेतृत्वको चयन होस् ।
एन.सी.सी. लाई कोरियामा रहेको सम्पूर्ण नेपाली को अभिभाबक छाता संगठन को रुपमा उभ्याउन अहिले को मुख्य चुनौति रहेको छ ।यस चुनौती लाई सामना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै म पनी आसन्न अधिबेशन को लागी (महासचिब )पदको उम्मेदवारी को दिदै छु । म आफ्नो कार्यकाल मा सँस्था लाई बास्तब मै नेपाली हरु को छाता सस्था बनाउन लागी पर्ने छु। र पहिलेकै लोकप्रिय ऊचाई कायम गराउने छु ।
अन्तमा यस अधिबेसन् सफल बनाउन संपूर्ण नेपाली , संघ संस्थाहरु संग अपिल गर्दछु ।