Advertisement
SKIP THIS

काेरियामा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा


सौल

बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले अायाेजना गर्ने  बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा भएकाे छ।

“प्रवासी भुमिमा बागलुङे हरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ सम्पन्न हुन लागेको न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले आउदो डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर भब्य र सब्य रूपमा गर्न लागेको बागलुङ न्यू ईयर सॉगितिक साँझको सम्पुर्ण तयारी पुरा भएकाे समितिका अध्यक्ष  सुवास लामिछानेले जानकारी  दिएका छन्।

नेपालबाट चर्चित लोक गायिका रितु थापामगर  र जापान बाट चर्चित लोक गायक सुर्य खड्का को सम्पूर्ण भिजा  प्रकृया पुरा भइ डिसेम्बर २८ तारिख सुक्रबार काेरिया  प्रस्थान गर्ने समितिका बरिष्ठ उपाध्यक्ष राम प्रशाद शर्माले जनाएका छन्।

चर्चित लोक गायिका रितु थापामगर  र जापान बाट चर्चित लोक गायक सुर्य खड्का को बेजाेड प्रस्तुति रहने छ । साथै  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाका कलाकारहरूको आफ्नो प्रस्तुती सहित DJ डान्स धमाकाको बेजाेड प्रस्तुति रहने समितिका सचिब टेक पुनले जानकारी दिएका छन।

बिभिन्न पेशामा दक्षिण कोरियामा छरिएर रहेका सम्पूर्ण बागलुङ् बासीहरूलाई एक ढिक्का भई हरेक सुख दुखमा एक हुन र कामै कामले थकित भएका सम्पूर्ण नेपाली मनहरूलाई एकै छिन भए पनि दुख बिर्साउनको लागि  र बचत रकम काेरियामा तथा नेपालमा समाजसेवा गर्नमा सहयाेग गर्नका लागी याे साँझ गर्न खोजिएको अध्यक्ष सुबास लामिछानेले फाेनिज काेरियालाइ बताए।

उक्त साझमा सम्पुर्ण कोरियामा बसोबास गर्ने बागलुङवासीहरू साथै कोरियामा रहेका सम्पूर्ण नेपालीहरूमा आ-आफ्नो तवरले साथ सहयोग गरिदिनका लागि यस संस्थाका संरक्षक बिपिन गुरूगंले आग्रह गरेका छन।

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ संस्थाका प्रतिनिधि हरु सबैलाई उक्त दिन उपस्थितिको लागि बागलुङ सम्पर्क समितिले हार्दिक निमन्त्रणा गरेको छ।

मिती : २९ डिसेम्बेर २०१८ (शनिबार) समय : बेलुका ८ :०० बजे देखी बिहान ५ बजे सम्म

स्थान :seoul Metro line no. 5 답십리역 1 번출구 (तुङ्देमुन बाट गाडीको ब्यबस्था)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...