कोरियामा एक दिन

चन्द्रप्रभात राई
टिन टिन टिन टिनिनिनि!! बिहान ६ बजे नै अलराम बज्छ । मिठो निद्रा लागेको बेला अलराम बन्द गरेर एकछिन सुतौं जस्तो लाग्छ । एकमनले सोच्छु बन्द गरेर सुतिदिन्छु तर अर्को मन भन्छ तेरो जीवनशैली ? मन नलागि नलागि जबरजस्ती आँखा मिच्दै उठ्छु । एक गिलास चिसो पानी सिनित्त पारेर ट्वाइलेट जान्छु अनि कोठामा आएर निद्रा नपुगेको गह्रुंगो शरीरलाई केही फ्रेस पार्दै आधा घण्टा योगा गर्छु । ढाड्को बिरामी नगरे सुखै छैन । अलि अलि फ्रेश भको महसुस हुन्छ ।
नुहाउदा वर्दा बिहानको सात बज्छ । कफि खाएर भएपनि नेपालको मिठो चियाको तलतल मेटाउनै पर्यो । के नै गर्नु छ र अरु ? एकछिन फेसबुक नहेरी चित्तै नबुझ्ने । फेसबुक खोल्यो, भाइबर हेर्यो कतै साथी भाइ र परिवारजनको अफ्लाईन म्यासेज छ कि भनेर । यता उता गर्यो ८बजी हाल्छ ।
नेपालामा जस्तो टाउको दुख्यो , रुघा खोकी लाग्यो कहाँ भन्न पाउनु ? हतार हतार लुगा लायो अनि हिड्यो कम्पनीतिर । मनले मानोस नमानोस इन्सा(अभिबादन्) गर्नै पर्यो पालेदेखी साहुसम्मलाई । शुरु हुन्छ काम पाल्ली पाल्लि( छिटो छिटो) बाट, मानौं ढिलो गर्नु अपराध हो । न्वारन्को बल लगाएर काम गर्यो अझै मोतहे(नजान्ने) भन्ने उपनाम भिराइ हाल्छन ।
एक मन त भन्छ तेरो काम तैं गर न त! म गर्दिन तर गर्नु बाध्यता! हांस्ने मन त फिट्टु हुन्न नि! तर बनावटी हाँसो हाँस्नै पर्यो । लाग्छ कि कोरियनहरु काम भन्दा अरु केहि जान्दैनन । मेशिन जस्तै जोतिनुपर्छ । केहिछिन् आराम गरौं या बिस्तारै गरौं भन्ने नै हुन्न । उनिहरुको जिवन शैलिमा ढाल्नु पर्ने आफुलाई नि! नचाहेरै नि! जेनतेन चल्छ भन्यो, के के हो के के टेन्सन ? कहिले के कहिले के ?
राती आयो कहाँ घरमा आमा/ जिवन सङ्गिनि(हुनेको) ले पकाएको तातो भात तरकारिमा नुन लागेन भन्दै खान पाउनु ? ? भोक एक्छिन थांती राखेर पकायो अनि जिन्दगीमा पहिलो चोटी खान पाए जस्तै खायो हतार हतार्!! अनि ढल्क्यो बिछ्यौनामा सुन्दर भबिस्यको कल्पनामा डुब्दै!! थाकेर लखतरान निन्द्रा त एक मिमेष मै आइहाल्छ । यस्तै त होला नि सबैको कोरियामा होईन र ? ? गार्हो पो छ त! चार बर्ष १० महिना बिताउन त!!
सोलुखुम्बु
हाल, दक्षिण कोरिया