Advertisement
SKIP THIS

गत हप्ता निधन भएका धनसिं तामाङको श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न


नेपाल तामाङ संघ दक्षिण कोरिया र चितवन सम्पर्क समितिले गत बुधबार निधन भएका धनसिं तामाङ (बोम्जन) को श्रद्धान्जली सभा गरेको छ । गत बुधबार तामाङको हृदयघातका कारण मृत्यू भएको थियो ।
श्रद्धान्जली सभामा नार्गाजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले बौद्ध पराम्परा अनुसार पुजापाठ गरेका थिए । कार्यक्रममा मृतक तामाङको श्रीमती र छोरीज्वाइ उपस्थित थिए ।
‘विदेशमा अप्ठ्यारो पर्दा यसरी सबै एकै ठाउमा जम्मा भएर सहयोग सान्त्वना दिन सक्नु राम्रो पक्ष हो ।’ नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘अप्ठ्यारो अबस्थामा सबैलाई साथ सहयोग गर्न हामी सधै तत्पर छौ । त्यसैको उदारहरणको रुपमा यो कार्यक्रमलाई लिन सकिन्छ । छोटो सुचनाको आधारमा कोरियामा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि आउनु भयो । हाम्रो तर्फबाट धन्यबाद ।’ उनले कृतज्ञता ज्ञापन गरे । चितवन सम्पर्क समितिका अध्यक्ष भोला पौडेलले परदेशी भूमीमा परेको पीडालाई एक जनाको मात्रै नठानेर कार्यक्रममा आउनु भएकोमा धन्यबाद दिए । उनले सबै दुख सुखमा सबै नेपालीहरु एकजुट हुनुपर्ने बताए ।
मृतक बम्जन प्रति श्रद्धान्जली व्यक्त गर्न गैरआबासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकाली, वुमन फर वुमनका अध्यक्ष पदमा श्रेष्ठ, तीन नम्बर प्रदेश एकता समाजका अध्यक्ष किसोर ब्लोन लगाएत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।
मृतक बम्जनका परिवारलाई उपस्थित संघसंस्थाका प्रतिनिधीहरुले आर्थिक सहयोग पनि गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...