Advertisement
SKIP THIS

तमु धीं दक्षिण कोरियाद्वारा तमु ल्होसारकाे तयारी तिब्र, काजल गुरुङ दक्षिण काेरिया अाउने


दक्षिण कोरियामा रहेका गुरुङ जातिको आफ्नो मौलिक पहिचान, भाषा, सँस्कृति तथा परम्परालाइ जगेर्ना गर्न तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो पटक पनि तमु ल्होसार मनाउने तयारी तीव्र पारेको छ । खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी ल्हाेसार मनाउने भएको हो ।
यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने अायाेजककाे विस्वास छ । उनले गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)का नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ ।” भन्ने गुरुङ समुदायको विश्वब्यापी नारालाई आत्मसाथ गर्दै २०१९ जनवरी ०६ तारिख अाइतबार दक्षिण कोरियाको राजधानी सउलको सुविधा सम्पन्न हल “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल”मा ल्होसार/ल्होछार मनाउने तीव्र तयारी भईरहेको तमु धीं दक्षिण कोरिया केन्द्रिय कार्यसमितिका अध्यक्ष जित गुरुङले जानकारी दिए । संस्था सम्बद्व व्यक्तित्वहरुको बृहत भेलाले कार्यक्रमको लागि कलाकार छनौट, हल व्यवस्थापन, साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरी गुरुङ समुदायको महान् पर्व फो-ल्होसार/ल्होछारको तयारी तीव्र पारिएको अध्यक्ष गुरूङले बताए ।
साे कार्यक्रमलाई अति सभ्य र भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नको लागि आन्तरिक रुपमा तयारी भईरहेको छ । गत आइतबार तमु धींको सेल्टरमा बसेको दोश्रो बृहत बैठकले विविध विषयमा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ । जस अन्तर्गत खाना व्यवस्थापन तर्फ एक गुरुङको संयोजकत्वमा पुर्ण गुरुङ, चित्रकुमारी गुरुङ र दल गुरुङ, आर्थिक व्यवस्थापन तर्फ रुपा गुरुङ र नरेन्द्र गुरुङको संयोजकत्वमा लक्ष्मी गुरुङ र होम गुरुङ, प्रवेशद्वार स्वागत तर्फ बिपना गुरुङको संयोजकत्वमा ललिता गुरुङ र रीथ गुरुङ, आमन्त्रित कलाकार व्यवस्थापन तर्फ हिमानी गुरुङको संयोजकत्वमा सबिन गुरुङ र पुरन गुरुङ, भिडियो तथा फोटो व्यवस्थापन तर्फ रेखे गुरुङ र देवेन्द्र गुरुङ, प्रचारप्रसार र मिडिया तर्फ लेसन गुरुङको संयोजकत्वमा रेखे गुरुङ र बोम्जन गुरुङ, अतिथि स्वागत सत्कार व्यवस्थापन तर्फ ईन्द्रराज गुरुङको संयोजकत्वमा प्रितम गुरुङ र भिम गुरुङ “लमजुङ” रहेका छन् ।

यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य जस्ता बेजोड साँस्कृतिक प्रस्तुति साथै हाँस्य प्रहशन पनि प्रस्तुत गरिनेछ । कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिने र कार्यक्रम दिउँसो १२ बजेदेखि ७ बजेसम्म हुने संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङले जानकारी गराएका छन् ।

आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षासँगै कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको छ । यदि सूचना वा पत्र प्राप्त नभए तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१९ जनवरी ६ तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो-ल्होसार/ल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरियाले कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...