Advertisement
SKIP THIS

“मान वन न्यानो बाडौं अभियान” सुरु, सहयोग गर्न कोरियाबासी नेपालीहरुलाई अपिल


सउल । दक्षिण कोरियामा रहेका नेपालीहरुले बिगत करिब ४ बर्ष देखि चलाउँदै आएको “मान वन न्यानो बाडौं” अभियान यसपालि पनि सुरु भएको छ । विकट र विपन्न बस्तीहरुमा वृद्ध र बालबालिकाहरुलाई जाडोबाट जोगाउने उदेश्यले यहाँ रहेका नेपाललीहरुले हरेक बर्ष उक्त अभियान संचालन गर्दै आएको छ ।

अभियानबाट संकलित रकमबाट नेपालमा अत्यन्तै न्युन आर्थिक अबस्थाका कारण जाडो याम कटाउन एउटा तातो कपडा किन्न पनि निकै नै धौधौ पर्ने अति विपन्न पिछडिएका परिवारको एकल महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुलाई न्यानो हुने कम्बल तथा ब्लाङ्केट बितरण गर्दै आएको जानकारी अभियान मध्येका एक सरोज केसीले दिएको छ । “विगतकै अभियानलाई निरंतरता दिने उद्देश्यले यसपालि पनि हामीले यो पबित्र अभियान संचालन गरेका छौं त्यसैले दक्षिण कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई यस्तो पुनित अभियानमा सहभागी हुन आव्हान गर्न चाहन्छु ।” यसपालिको अभियानको संयोजन समेत गरिरहेका केसीले भने ।

केसीका अनुसार पहिलाे वर्ष २०७२ मा हेल्प नेपालसंगकाे सहकार्यमा कोरियामा संकलित रकमले दुईवटा जिल्ला सिन्धुपाल्चाेक र सर्लाहिमा न्यानाे बाडेको थियो । दाेस्राे वर्ष २०७३ देखि नेपाली युवाहरु आफैले यो अभियान संचालन गर्दै आएको छ । कोरियाबाट नेपाल गएर अभियान्ताहरु आफै खटेर चारवटा जिल्ला सर्लाही, सप्तरी, धादिङ र सिन्धुपाल्चाेकमा गरि लगभग ५०० परिवारलाई न्यानाे बाँडेका थियो । त्यस्तै तेस्राे बर्ष २०७४ मा स्थानीय सामाजिक संस्थाहरुसंग सहकार्य गरेर ६ वटा जिल्ला दोलखा, नुवाकोट, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोकमा ६००परिवारलाई न्यानो बाड्न सफल भएका थिए ।

यसपालिको यो अभियान करिब २ हप्ता चल्ने जनाएको छ ।

सहयाेगकाे लागी
बैक:- उरी (woori bank)
माम : Kc saroj (worri bank code 020)
खाता नम्बर : 100-2655-4194-88
सम्पर्क न:०१०६४६५६०४१

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...