‘प्रेमीको हत्या’पछि उनको मासुको भोज पाकिस्तानीलाई


मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्।

अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो।

उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ।
३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्नेछ ।

मृतक व्यक्तिसँग उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन्। द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्की महिलासँग विवाहको तयारी गरिराखेको जनाएपछि हत्या गरेको बताएकी छन्।
प्रहरीले उनको हत्या कसरी भयो भनेर नखुलाए तापनि ती व्यक्तिका अंगहरू भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको बताएको छ।

पत्रिकाका अनुसार पीडकका भाइले उनलाई ओमनको सीमा नजिकैको अल अलिनस्थित शहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए।
उनका भाईले आफ्ना दाजु हराईरहेको उजुरी प्रहरीमा दिएका थिए जसले डीएनए परीक्षण गरेपछि उक्त दाँत हराइरहेका भनिएका उनका दाजुकै रहेको पुष्टी भएको थियो।

प्रहरीका अनुसार उक्त महिलाले पहिले मृतकका भाइलाई घरबाट निकालिदिएको बताएकी थिइन्। तर दुबईस्थित गल्फन्यूजले प्रहरी अनुसन्धानका क्रममा पछि हत्या स्विकारेकी थिइन्।
समाचार स्रोतहरूका अनुसार उनले आफ्ना साथीहरूको सहयोगमा उक्त अपार्टमेन्ट सफा गरेकी थिइन्। ती महिलालाई मानसिक जाँचका लागि अस्पताल पठाइएको समेत बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक
  • गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 
  • कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...