Advertisement
SKIP THIS

विदेशकाे शीप र पुँजी, गराै स्वदेशमा लगानी


दक्षिण काेरिया नेपालकाे पछिल्लाे समय सन्दर्भलाई अांकलन गर्ने हाे भने टाठा,बलिया र बाठा बैदेशिक राेजगारीमा बिभिन्न देशहरुमा रहेकाे देखिन्छ। नेपाली समाजकाे ट्रेन्ड नै याे बस्याे कि बिदेश जानुपर्छ,पैसा कमाउनुपर्छ,नेपाल बसेर केही हुनेवाला छैन। नेपाली समाजले नै यस्ताे सिकाएकाे छ कि जति पढेपनि विदेश नगई हुदैन । यस्तै मानसिकता बाेकेका युवाहरु नेपालका चाेक,गल्लि र पार्क र कलेजमा बग्रेल्ति भेटिन्छन। हरेक दिन कलेजका क्यान्टिनमा युवाहरुकाे समूह यस्तैयस्तै कुरा गर्दै अट्टहास हाँसाे संगै प्रत्येक पिरियड उज्वल भबिस्य निर्माणकाे कल्पना गर्दै प्राेफेसरकाे लेक्चर मन नलागी नलागी सुनिदिएका हुन्छन। दक्षिण काेरिया पछिल्लाे समय नेपाली शिक्षित यूवाहरुकाे लागी नै सपनाकाे शहर, लाखाैं पारिश्रमिक पाउने देशकाे रुपमा चर्चित छ। धेरैजसाे नेपाली यूवाहरुकाे मुखमै झुन्डिने नाम बनेकाे छ दक्षिण काेरिया।
काठमान्डाै,पाेखरा,बुटवल लगायत देशका प्रमुख शहरहरुका चिया पसल देखि चाेक-चाेकमा, गाउघरका भारी बिसाउने चाैतारी देखी पानी पधेराेमा, टुडिखेलकाे खुल्लामन्च देखी बागबजारका गल्लीहरुमा हरेक ठाउँहरुमा काेरियाकै बारेमा चर्चा परिचर्चा हुने गरेकाे छ। देशैभरिका ठाउँहरुमा काेरियन भासा पढाउने काेरियन भासा प्रशिक्षण केन्द्रहरुका हाेर्डिङ्ग बाेर्डहरु छ्याप्छ्यापती देख्न पाईन्छ। काेरियन भासा परिक्षा ग्यारेन्टि पास नत्र पैसा फिर्ता, तपाइकाे काेरिया जाने सपना पुरागर्छाै भन्नेजस्ता पाेस्टर,पम्प्लेटहरुले शहरहरुनै रंगिचङ्गी बनाईराखेका छन। काठमान्डाैमा घरैपिच्छे खुलेका काेरियन ईन्स्टिच्युट देख्दा काेरिया क्रेज नेपालमा कति छ भनेर थाहा पाउन सकिन्छ । जहां गयाे त्यही काेरियाकै बारेमा गफ सुन्न पाईन्छ। जस्ताे कि,’म संगै पढेकाे साथी काेरिया गएर लाख लाख कमाएर नेपाल पठाउछ अाफु भने यहां यसै हल्लियकाे छु’, मेराे भाई,भतिज काेरिया छ,मेराे छाेरा काेरिया छ,मेराे बुढा काेरिया छ । महिनामा यति लाख उति लाख पठाउँछ फलानाकाे छाेरा, फलानाे काे बुढाले , यसकाे छाेरा ले याे शहरमा घर किन्याे, यसकाे भाइले याे ठाउँमा यति घडेरि किन्याे ………. यस्तैयस्तै कुराले समाजमा झ्याली पिटेकाे हुन्छ।
यी र यस्तै-यस्तै कुराहरुले नेपालमा केही गर्छु, म बिदेश जाँदिन भन्ने मानसिकता बाेकेकाे यूवाकाे मानसिकतामा प्रत्यक्षपराेक्ष नकारात्मक असर गरेकाे हुन्छ।अाफुसंगै पढेकाे अाफ्नै क्लासमेट साथीकाे २/४ बर्समै भएकाे अार्थिक कायापलट, बिगतकाे भन्दा फरक जिबनशैली र खानपानमा भएकाे ब्यापक परिवर्तन प्रत्यक्ष तथा सामाजिक सन्जाल मार्फत नियाल्दैगर्दा अाफ्नाे सम्पत्तिकाे नाममा भएकाे डिग्रिकाे खाेस्टाे सर्टिफिकेट उसलाई फगत एउटा अर्थहिन कागज लाग्नु स्वभाबिक नै हाे। क्लियर ब्यागमा लियर हिडेकाे सर्टिफिकेट र सिभि सयाैं अफिसहरुमा पेश गर्दापनि एउटा सानाेतिनेा जागीरसमेत नमिलेपछि त्यहि प्राज्ञिक यूवा अाफ्नाे डिग्रिकाे सर्टिफिकेट सन्दुककाे कुनामा पाेकाेपारी बागबजार तथा पुतलिसडकका काेरियन भासा प्रशिक्षण केन्द्रमा भासा तयारी गर्न बाध्य हुन्छ।
नेपालमा केही गर्छु भन्ने यूवालाई अाजकल नेपाली समाजमा प्राेत्साहनकाे साट्टाे हताेत्साहित गर्ने ट्रेन्डनै चलेकाे छ। समाजबाट बिदेश गएका अझै बिशेशगरि काेरिया अाएका यूवाहरुकाे उदाहरण दिएर अाफ्नै घर परिवार तथा समाजका केही प्रतिस्ठित ब्याक्तिहरुले नै उसकाे खिल्लि उडाईराखेका हुन्छन।फलस्वरुप उसलाई अाफुले नेपालमा गरेकाे अाफ्नाे क्षेत्रतिर बितृस्णा जाग्न थाल्छ।यि र यस्तै कारणकाे परिणाम स्वरुप अाज हजाराैं नेपाली शिक्षित यूवाहरु अाफ्नाे प्राज्ञिक सर्टिफिकेट बाकसकाे कुनामा भाेटेताल्चा मारेर अनुहारमा जुगाकाे रेखी बस्न नपाउदै पररास्ट्र मन्त्रालयले दिने हरियाे सर्टिफिकेट(पासपाेर्ट) हातमा बाेकेर ईपिएस तथा मेनपावर कम्पनि धाउन बाध्य छन। दक्षिण काेरियाकै तथ्याङ्कलाई हेर्ने हाे भने पनि करिब पचास हजारकाे हाराहारीमा नेपाली शिक्षित यूवाहरु ईपिएस मार्फत अदक्ष कामदारकाे रुपमा कार्यरत छन। याे पचासाैं हजार यूवाकेा जमात नेपालमा कम्तिमा पनि ११/१२ तथा स्नातक उतिर्ण छन। स्नातकाेत्तर उतिर्णकाे सङ्ख्या नि उल्लेख्य छ। नेपालमा हुंदा बिभिन्न क्षेत्रमा लागेर पाेख्त भएका ब्याक्तिहरु पनि उक्त क्षेत्रकाे सिमित सम्भावना र अनिश्चित भबिस्यका कारण चटक्कै छाेडेर काेरिया अाएका छन।
बैदेशिक राेजगारी र रेमिट्यान्समा भरपर्नुपर्ने हाम्राे देशकाे अबश्था,शिक्षित र दक्ष जनशक्ति तथा भबिस्यका कर्णधार यूवाहरु बिदेशिनुपर्ने बाध्यात्मक परिस्थिति अाफैमा दुर्भाग्यपुर्ण छ तर बैदेशिक राेजगारीलाई सकारात्मक पक्षबाट सकारात्मक बिस्लेसण गर्न सक्ने हाे भने याे एउटा हाम्राेजस्ताे देशकाे लागी अबसर पनि हाे। दिर्घकालीन रुपमा बैदेशिक राेजगारीमा भर पर्नु भन्दा निस्चित समयसम्म यसलाई बिदेशि मुद्रा भित्राउने हतियारकाे रुपमा लिन सक्नुपर्छ।काेरियालाई बास्तबिक जिबनकाे प्रयाेगशालाकाे रुपमा मनन गरेर याे ठाउँबाट अाफ्नेा बसाई अबधिभर अाफुले सिकेकाे ज्ञान, सिप, अनुशाशन, कामप्रतिकाे जिम्मेवारी, शिस्टता, सत्कार र सम्मान लाई नेपाल फर्केपछि पनि प्रतिस्थापन गर्नेसक्ने जाेश, जाँगर र साेचकाे बिकास गर्नुपर्ने अहिलेकाे अावश्यकता रहेकाे छ । काेरियाकाे कामलाई ड्युटिकाे रुपमा नलिई पेड ट्रेनिङ्गकाे रुपमा लिई काेरियामा सिकेकाे प्रयाेगात्मक शिप र नेपालमा सिकेकाे शैक्षिक ज्ञानलाई नेपाल फिरेपछि एकअापशमा फ्युजन गराउन सकियाे भने काेरियाकाे बसाई सार्थक र नेपालकाे भबिस्य सुनिश्चित बनाउन सक्नेकुरामा कुनै दुईमत छैन। 
नेपाल जतिसुकै अध्याराे भएपनि भाबी सन्ततिकाे उज्यालाे भबिस्यकाे खाेजी, सार्थक जीवन र जिबन्तताकाे क्रम हामीले हाम्रै देशमा खाेज्नुपर्छ र भेट्टाउनैपर्छ भन्ने मानसिकताकाे विकास हुन जरुरी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...