Advertisement
SKIP THIS

विश्व हल्लार्इ रहेकाे मीटु #Metoo अभियान सुरू गर्ने बुर्के


अहिले संसारभरी एउटा अभियान चर्चित छ, मिटू #Metoo। यौन दुर्व्यवहार गर्नेविरुद्ध बालिका र महिलाहरुले यो अभियानमार्फत् संसारभरी नै कुरा खोलिरहेका छन् । त्यसका कारण सयौंको संख्यामा मानिसहरुको जागिर समेत गइसकेको छ । अहिले यो अभियान संसारभरी घरघरको चासोको विषय भइरहेको छ ।

काेरियाका ठूला नेता, शिक्षक र अभिनेताहरू याे अभियानबाट अाफ्नाे पद र इज्जत दुबै गुमाएका छन् । खुला समाज भएको पश्चिमी दुनियाँ मात्र होइन, कम्युनिष्ट देशका रुपमा चिनिने चीन र मुश्लिम देशका बन्द समाजमा पनि यसको चर्चा भइरहेको छ ।

भारतमा विदेश राज्यमन्त्रीले हालै राजीनामा दिनुपर्ने अवस्था आयो भने त्यहाँका थुप्रै कलाकारदेखि पत्रकारसम्म पनि यो मुभमेन्टमा तानिएका छन् । संसारकै सरकारी तथा गैरसरकारी निकायमा पनि यसको प्रभाव उत्तिकै परिरहेको छ ।

यो अभियानको जति चर्चा छ, यसको पछाडिका एक जना पात्रको बारेमा भने निकै कमलाई मात्रै जानकारी हुन सक्छ । उनी हुन्— तारना बुर्के । बुर्केले नै यो अभियानको सुरू गरेकी हुन् । बुर्के एक नागरिक अभियन्ता हुन् । जसले सन् २००६मा मिटू अभियानको सुरु गरेकी थिइन् । जुन अहिले आएर यौन दुर्व्यहार विरुद्धको विश्वव्यापी अभियान नै बनेको छ । यो अभियान सन् २०१७बाट उत्कर्षमा आएको हो ।

बुर्के को हुन् ?

तारना बुर्केको जन्म सन् १९७३को सेप्टेम्बर १२ मा अमेरिकाकोे न्यूयोर्कमा भएको थियो । उनी अफ्रिकी —अमेरिकी नागरिक अधिकार अभियन्ता हुन् । उनले नै सन् २००६मा मिटू अभियान सुरु गरेकी थिइन् । जुन विश्वव्यापी रुपमा अहिले अघि बढेको छ । यो कहाँ पुगेर कुन रुपमा रोकिन्छ भन्ने कुरा अज्ञात छ । तर, यसले सामाजिक रुपमा सुधार हुनैपर्ने बाध्यात्मक अवस्थामा मानिसलाई पुर्याउँदै छ । सन् २०१७मा बुर्के र अन्य प्रभावशाली महिला अभियन्तालाई प्रख्यात टाइम म्यागेजिनले ‘द साइलेन्स ब्रेकर’को उपमा दिएको थियो । अहिले उनी ‘गर्ल्स फर जेन्डर इक्विटी इन ब्र्रुकलिन’मा बरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

मिटूको चर्चा
सन् २०१७को अक्टोबर १५ का दिन अपरान्ह ४ः २१ बजे नायिका अलिसा मिलानोले ट्विटरमा यौन दुर्व्यवहार, दुरुपयोग र ज्यादतिमा परेकाहरुलाई विश्वव्यापी पहिचानका लागि आमन्त्रण गरेकी थिइन् । मिलानोको ट्विट हलिउडका फिल्म प्रोड्युसर हार्भे उइन्स्टीनको दशक लामो यौन दुराचारको बारेमा न्यूयोर्क टाइम्सले समाचार बनाएको भोलिपल्ट आएको हो । केही घण्टाको अवधीमा नै मिटू सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । लाखौंको संख्यामा मानिसहरुले यौन दुर्व्यहारका आफूसँग सम्बन्धित कथाहरु त्यहाँ भने ।

केही दिनमा नै ४० हजार मानिसले मिलानोको ट्विटमा प्रत्यक्ष रुपमा प्रतिक्रिया जनाएका थिए भने १ करोड २० लाखभन्दा बढी मानिसले ट्विटर, फेसबुक र इन्स्ट्रागाममा ह्यासट्याग प्रयोग गरेका थिए । र, अहिले मिटू अभियान विश्वव्यापी भएको छ र यौन हिंसा वा दुव्र्यवहारको शिकार भएकाहरुका लागि यो अभियान साझा चौतारो बन्न पुगेको छ ।

तारना आफूले तयार पारेको फ्रेज (वाक्यांश) ‘मिटू’ मिलानोबाट प्रयोग गरिंँदा छक्क परेकी थिइन् । अनि रातारात ठूलो संख्यामा फलोवर बढेको देखेर पनि उनी आश्चर्यचकित भइन् । उनले आफ्नो एक दशक भन्दा अघिको अभियान अहिले संसारका पीडित बालिका तथा महिलाहरुको लागि ठूलो मद्दत गर्ने माध्यम बन्छ भन्ने कुरा सपनामा पनि सोचेकी थिइनन् ।

ओरिजनल मिटू
तारना बुर्केले नै ‘मिटू’ क्वाइन गरेकी हुन् । त्यतिबेला उनी बी इन्क भन्ने गैरनाफामूलक कम्पनीमा काम गर्थिन् । कम्पनी सन् २००३मा स्थापना भएको हो । सो कम्पनी कम उमेरका कालो वर्णका महिलाका हक हितका क्षेत्रमा केन्द्रीत थियो । बुर्के एउटी त्यस्ती बालिकाको बारेमा कुरा गर्दै थिइन्, जसको आमाको केटा साथीले उनलाई दुरुपयोग गरिरहेको थियो ।

बुर्केले त्यसरी पीडित बन्नु परेका बालिकाहरुलाई सहानुभूति खोज्ने खालको शब्द खोजिरहेकी थिइन् । ताकि कैयौंको संख्यामा त्यसरी पीडित बन्नुपरेका महिला वा बालिकाहरुले आफ्नो धारणा व्यक्त गर्न सकुन् । बुर्केले त्यो सन्देश सबैतिरका पीडित महिलाहरुलाई सेयर गरिन् । उनको भनाइ थियो, ‘‘तिमी एक्लै छैनौ । यो मलाई पनि भएको छ’, अर्थात्‘‘ यु आर नट अलोन, दिस ह्यापेन्ड टु मिटू ।’’ यसबाट नै उनको ‘मि टू’ फ्रेज संसारभरीकै महिला र बालिकाहरुलाई यौनजन्य दर्व्यवहार विरुद्धको अभियानको रुपमा चर्चित भएको सीएनएनसँगको एक अन्तर्वार्तामा बुर्केले भनेकी छन् ।

‘‘एउटा हिसाबले यो एउटा महत्वपूर्ण भनाइ थियो कि म लज्जित छैन र म एक्लै पनि छैन । अनि अर्कातर्फ त्यो पीडामा परेकाहरुलाई म तिमीलाई हेर्छु । मैले तिमीलाई सुनेँ । म तिमीलाई बुझ्छु र म तिम्रो लागि यहाँ छु भन्ने खालको सन्देशपनि थियो,’’ उनले भनिन् ।

बुर्के यौनजन्य ज्यादतिका बारेमा सचेत थिइन् । उनी स्वयं पनि तीन पटक यौन ज्यादतीबाट पीडित थिइन् । उनको सुरुको अभियान तुस्केगी र अलाबामाका बालिकाहरुमा केन्द्रीत थियो । त्यहाँ पछाडि परेका ती बालिकाहरुलाई यौन दुर्व्यवहार भइरहेको अवस्थामा उनले त्यो प्रारम्भिक अभियान चलाएकी थिइन् । एउटा कोठामा त्यहाँ ३० जनासम्म बालिकाहरु राखिएका थिए । लगभग २० वर्ष उमेरका उनीहरु ५ वा ६ जनासँग ‘मिटू’ मा उल्लेख गर्नुपर्ने कथाहरु रहेका थिए ।

करियर
बुर्केले आफ्नो करियर अलाबामाको सेल्मामा ‘२१ औं शताब्दी युवा नेतृत्व अभियान’बाट सुरु गरेकी थिइन् । सन् २००३मा उनी अल्पसंख्यक समूहमा रहेका बालिकाहरुको मद्दत गर्नको लागि जेन्दायी अजा को सहसंस्थापक भइन् । जुन पछि गएर बी इन्कमा नै समावेश भयो । उनी सन् २००८मा फिलाडेल्फिया गएर आर्ट स्यानचुरी फिलाडेल्फियामा पनि काम गरिन् ।

बुर्केले ओस्कारका लागि मनोनयनमा परेको फिल्म सेल्मा (२०१४)मा कन्सल्ट्यान्टको रुपमा काम गरिन् । जुन फिल्म सन् १९६५ मा सेल्माबाट मोन्टोगोमेरी सम्मको मार्टिन लुथर किङ्ग जुनियरको भोटिङ्ग राइट्स मार्च सम्बन्धी थियो । उनी अहिले गल्र्स फर जेण्डर इक्विटी इन ब्रुकलिनमा बरिष्ठ निर्देशकको रुपमा काम गर्छिन् ।

र, उनी यौन दुर्व्यवहारका पीडित बनेकाहरुको सहयोगको लागि सार्वजनिक वक्ताको रुपमा पनि व्यस्त रहेकी छन् । उनले आफ्नो ‘मि टू’ अभियानको वेबसाइट पीडितहरुलाई बृहत रुपमा सहयोग पुर्याउने रिसोर्स टूलका रुपमा समेत विकास गर्न चाहेकी छन् ।

सम्मान
२०१८मा बुर्केले टाइम्स स्क्वायरमामा नयाँ वर्षको अवसरमा बल ड्रप गर्ने अवसर पाएकी थिइन् । यसैगरी उनलाई नायिका मिचेल विलियम्ससँगै सन् २०१८को ७५ औं गोल्डेन ग्लोब अवार्डमा सम्मान गरिएको थियो । दुवैमा बुर्केलाई आफूले उठाएको ‘मि टू ’अभियानबारेमा मिडियासँग छलफल गर्ने अवसर मिल्यो । उनलाई सन् २०१८मै भोटी (भ्वाइस अफ द इयर) क्याटालिस्ट अवार्ड सी नोज् मिडियाले दिएको थियो ।

परिवार र प्रारम्भिक जीवन
तारना बुर्केको जन्म सन् १९७३को सेप्टेम्बर १२ मा न्यूयोर्कमा भएको थियो । उनको बाल्यकाल कठिन रहेको मानिन्छ । उनी न्यून आय भएको र हाउजिङ्ग प्रोजेक्टमा काम गर्ने एउटा परिवारमा हुर्केकी हुन् । बच्चै हुँदा र पछि किशोरावस्थामा पनि उनी यौनजन्य हिंसाको शिकार भएकी थिइन् । उनकी आमाले उनको पुनस्र्थापनाका लागि मद्दत गरिन् ।

आमाले नै उनलाई सामुदायिक कार्यमा ‘इन्गेज’ गराइन् । उनलाई त्यसबाट नै जटिल समश्यामा रहेका बालिका र महिलाहरुको जीवनमा सुधार ल्याउनका लागि काम अघि बढाउन सधैं प्रेरित गर्यो । उनकी छोरी काइया बुर्केको जन्म १९९८मा अलाबामाको सेल्मामा नै भएको थियो । तारनाले सिंगल मदरकै रुपमा उनलाई हुर्काइन् । तारनाले अहिले आफ्नोबारेमा ‘हियर द लाइट इन्टर : द फाउण्डिङ्ग अफ द मि टू मुभमेन्ट’ पुस्तक लेख्दै गरेको र उक्त पुस्तक सिमोन एण्ड चुस्टर इम्प्रिन्ट इन्कले सन् २०१९मा प्रकाशित गर्ने जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली टिम HORRA Esports PMSL मा उपविजेता हुदैं PMGC मा छनौट
  • एशियाली संस्कृतिको अनुपम संगम, आप्रवासी सांस्कृतिक महोत्सव सम्पन्न
  • दक्षिण कोरियाको 현충일 (शहीद स्मृति दिवस) #Memorial day
  • दक्षिण कोरियाको राजनिती: जुन ३ को निर्वाचन र त्यसपछिको अवस्था
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...