Advertisement
SKIP THIS

नबिल बैंकले काेरियाकाे कुकमिन बैंक मार्फत पनि रेमिट सेवा बिस्तार गर्याे।


बिगत एक दशक भन्दा पहिले देखि दक्षिण कोरियाबाट विभिन्न बैंकको सहकार्यमा रेमिटेन्स सेवा प्रदान गर्दै आएको नविल बैंकले आफ्नो सेवा कोरिया स्थित कुकमिन बैंकबाट पनि नयाँ तरिकाले विस्तार गरेको छ ।

यो सेवा विस्तार स“गै कोरियामा रहेका नेपालीहरुले कुकमिन बैंक प्रयोग गरि कुनैपनि नेपालको र्बैक खातामा रकम पठाउन सक्नेछन् । साथै नेपालीहरुको सहजतालाई ध्यानमा राख्दै नविल र्बैकले आफ्नो थप एक कर्मचारी कोरियामा राखेर यो सेवा सुचारु गरिसकेको छ । कोरियामा रहेका नेपालीहरुले यस सेवा प्रयोग गरि सस्तो, शुलभ र सुरक्षित तरिकाले आफुले श्रम गरी कमाएको रकम नेपाल स्थित आफ्नोे बैंक खातामा रेमिटेन्स गर्न सक्ने छन् ।

बैंकका प्रतिनिधी बिदुर निंलेखूका अनुसार यसरी पठाइएको रकममा नविल बैंकले कुनै पनि रेमिटेन्स शुल्क नलिने र कोरिया स्थित कुकमिन बैंकले पनि रेमिटेन्स शुल्क अनुरुप एक हजार वन मात्र लिने भएको छ । यो व्यवस्थाले कोरियामा रहनु भएका नेपालीहरुलाई बैंकिङ  प्रणालीबाट नै रेमिटेन्स पठाउन प्रोतसाहन गर्नुकन साथै अब बैंकबाट पैसा पठाउदा बैंकको रेट पनि कोरियामा रहेका अन्य रेमिटेन्स कम्पनिहरु झैँ सस्तो भएकोे कुरा निंलेखुले बताए ।

सबैभन्दा महत्वपूर्ण कुरा त बैंकबाट यसरी पैसा पठाउदा ढुक्क र सुरक्षित हुने, आफुले रकम पठाएको श्रोतको प्रमाणपत्र बैंकबाट निःशुल्क लिन मिल्ने र चाहेको बेलामा डिस्काउन्टेड रेटमा घर जग्गा कर्जा तथा अरु बैंकिंग सुबिधाहरु सजिलै उपलब्ध हुने हुनाले र्बैकबाट पैसा पठाउन निकै लाभदायक हुने निंलेखूले बताएका छन् ।
साथै यदि तपाईको नबिल बैंकमा खाता छ भने यसरी पठाएको रकम कोरियाबाट नै तपाईले आफ्नो खाताबाट आफन्त या साथीभाईको खातामा ट्रान्सफर गर्न सक्नु हुन्छ र मुद्दती खाता पनि खोल्न सक्नु हुन्छ । केइबी हाना बैंकको इजी वान÷हाना वान र कुकमिन बैंकको केवि वान÷केवि वाइज प्रयोग गरि रेमिटेन्स गर्ने ग्राहकको लागि बैंकले माथि उल्लेखित बैंकि¨ सुविधाहरुको साथै समय समयमा नया“ योजना समेत लिएर आउ“ने बैंकका कर्मचारी बताउछन् ।
यसको साथै इच्छुक ग्राहकलाई कोरियाबाट नै जीवन बीमा गर्न र शेयर कारोबारको लागि आवश्यक डिम्याट खाता खोल्ने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकि¨ सम्बन्धि कुनै पनि जानकारी आवश्यक परे कोरियामा रहनु भएका बैंक प्रतिनिधीहरुलाई ०१०–२१९०५६५० (कुकमिन बैंक) वा ०१०–६४१६७६१३ (केइबी हाना बैंक) मा सम्पर्क गर्न सकिने निंलेखूले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...