Advertisement
SKIP THIS

नेपाली शेयर बजारमा अबसर नै अबसर ,कोरियाबाट कसरी प्रवेश गर्ने ?


सौल, कोरिया बिश्वको कुनै पनि देशको पुजी बजारलाइ उक्त देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा हेर्ने गरिन्छ । मुलुकको अर्थतन्त्रको बिकाश कुन गतिमा अघि बढेको छ भन्ने कुरा शेयर बजारको सुचांङ्कले जनाउने गर्दछ । बजारबाट पुजी परिचालन गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गरि आर्थिक पहुँचलाई बलियो बनाउन सक्ने भएकोले समेत यसलाइ अर्थतन्त्रको मेरुदण्डको रुपमा हेरिएको हो ।
२४ बर्ष अगाडीबाट शुरु भएको नेपाली शेयर बजार अझै शिशु अबस्थामै छ । प्राबिधिक रुपमा होस या बजारको गति र परिधी नै किन नहोस् यसले अझै खुलेर आफ्नो आकार लिन सकेको छैन ।यद्दपी बिगतलाइ हेर्दा नेपालमा भैरहेका राजनैतिक मुभमेन्टहरुले पनि हरेक क्षेत्रलाई कुनै न कुनै कोणबाट असर पुर्याएकै हुन् । त्यसको चपेटाबाट नेपाली शेयरबजार पनि अछुतो रहने भन्ने कुरै भएन । छिमेकि मुलुक भारतको नेशनल स्टक एक्सचेन्ज शुरु भएको जम्मा १५ बर्ष मात्र हुदा पनि धेरै ठूलो फड्को मारिसकेको छ ।
घट्दो नेपाली शेयर बजारमा अबसर नै अबसर कसरी ?
पछिल्लो केही समयदेखि नेप्से केहि सम्हालिदै गएको देखिन्छ । यसका बिभिन्न आधारभुत र प्राबिधिक पक्षहरु भएता पनि मुख्य कारण भनेको अधिक आपूर्ति नै हो ।राष्ट्र बैंकले क बर्गका बाणिज्य बैंकहरुलाइ आठ अर्ब चुक्ता पुजि पुर्याउन दिएको समय सिमा र बिमा समितिले २ अर्ब चुक्ता पुजि पुर्याउन दिएको समय सिमाले नेपाली शेयर बजारमा आपुर्तिको मात्रा अत्यधिक रुपमा आएको थियो ।बैक तथा बिमा कम्पनिहरुले तोकेको चुक्ता पुजि पुर्याउन हकप्रद र बोनस शेयरको बाढी ल्याएदेखि बजार तल ओर्लन शुरु गरेको हो ।
अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार कुनै पनि बस्तुको माग बढ्दा मूल्य बढ्छ आपूर्ति बढ्दा बस्तुको मूल्य घट्छ भन्ने सिद्धान्त अनुसार नै अहिले बजार चलेको देखिन्छ । तर बिश्वको शेयर बजारको सुन्दर पक्ष भनेकै बजार घटेर एउटा बिन्दुमा पुगेपछि बढ्छ । बढेर एउटा बिन्दुमा पुगेपछि घट्छ ।यो बिश्वबजारको बिशेषता नै हो ।अझ यसलाइ यसरी बुझौ न्युटनको तेश्रो सिद्धान्त अनुसार बललाइ जमिनमा जति बज्जार्यो त्यति नै माथी उफ्रन्छ ।बजार पनि जति घट्यो त्यति नै बढ्छ । नेप्से २०६८ साल असारमा सर्बाधिक न्यून बिन्दु २९२ पुगेको थियो ।त्यति बेला लगानी गर्ने लगानी लगानिकर्ता हरुले नेप्से ले सर्बाधिक उच्च बिन्दु १८८१ हासिल गर्दा १६ गुणा सम्म बृद्दी भएको पाइएको थियो ।२०७३ साल श्रावण १२ गते नेप्सेले इतिहास रच्दै १८८१ को बिन्दु चुमेको थियो । ठिक अहिले लगानी गर्ने समय अत्यन्तै अनुकुल रहेको पाइन्छ ।
अहिले दोश्रो बजारमा आइपिओ कै मुल्यमा दर्जन भन्दा बढी कम्पनिका मुल्यहरु आएका छन् ।ती कम्पनीहरुको बिगत हेर्दा त्यति असन्तुष्ट जनाउने ठाउँ पनि पाइएको छैन ।तर लगानी गर्नु पुर्ब कम्पनिको बारेमा अध्यन अत्यन्तै जरुरी हुन्छ । उदाहरणको लागि ३ बर्ष अगाडि प्रतिकित्ता ४५०० हाराहारी भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको शेयर अहिले ९०० को हाराहारीमा फालाफाल पाइन्छ । नेपाली शेयर बजारमा सुचिकृत १० समुहका २०० भन्दा बढी कम्पनी मध्य ठूलो हिस्सा बैकिङ समुहले ओगटेको छ ।बैकिङ क्षेत्रको शेयरमा एकछत्र राज गर्ने स्टान्डर्ड चार्टर्ड बैंक को मूल्य अहिले ७०० को हाराहारीमा खोजे जति पाइन्छ ।जसको ३ बर्ष अगाडी एक कित्ता मूल्य बराबर ४ हजार रुपैया भन्दा माथी थियो ।त्यस्तै बैंकहरुमा अब्बल मानिने नबिल बैंक,इन्भेस्टमेन्ट बैंक ,सानिमा बैंक ,एसबीआई बैक जस्ता ‘क’ बर्गका बैंक हरुको मुल्य अत्यन्तै न्युन रहेको छ ।त्यसै गरि केही जलविद्युत समूह हरु पनि आइपिओकै भाउमा खोजे जति पाउने अबस्था छ ।अर्थसास्त्री तथा प्राध्यापक डा. महोहर श्रेष्ठ ब्लु चिप कम्पनि हेरेर नेपाली शेयर बजार प्रबेश गर्ने यो सुबर्ण अबसर मान्नुहुन्छ ।

शेयर बजारमा जोखिम छैन ?

जोखिम हरेक क्षेत्रमा छ ।बिश्वको कुनै पनि बजार जोखिममुक्त हुदैन ।अझ नेपाली शेयर बजार त झनै जोखिम युक्त छ ।यहाँ कहिले काहीँ हल्लाकै भरमा पनि बजारले बुलिश र बियरिस ट्रेण्ड समातिरहेको हुन्छ ।यस्तो अबस्थामा आफ्नो पोर्टफोलियो भने मिलाउन सक्नु पर्छ ।जस्तै शुरुमा मात्र ५ हजार लगानीबाट पनि प्रबेश गर्न सकिन्छ ।भारतका चर्चित शेयर कारोबारी राकेश झुनझुनवाला ५ हजार बोकेर बजार प्रबेश गरेको कुरा आफ्ना अन्तरबार्ताहरुमा बताउछन् ।अहिले उनि शेयर बजारबाटै भारतको खर्बपती क्लबमा नाम लेखाउन सफल छन् ।बिश्वका चर्चित शेयरबजारका बादशाहहरु वारेन बफेट ,बेन्जामिन ग्राहम,पिटर लिन्च ,राय डालियो, झुनझुनवाला जस्ता हस्ति अरुले शुरुमा धेरै लगानी कहिल्यै नगरेको बताउछन् ।
शुरु कसरी गर्ने ?
नया लगानिकर्ताहरुको लागि सबैभन्दा सुरक्षित उपाय आइपिओ नै हो ।कुनै कम्पनिले आफ्नो पुजी वृद्धि गराउन सर्बसाधारणलाई केही हिस्सा छुट्ट्याएर शेयर होल्डर बनाउने प्रकृयाबाट संकलन गर्ने रकम नै आइपिओ हो । जुन १०० रुपैया प्रतिकित्तामा उपलब्ध हुन्छ ।यसमा तपाइले माग गरेको शेयरको आधारमा बाडफाड पश्चात् निस्चित शेयर दिइन्छ ।आइपिओ जोखिम युक्त बिल्कुल हुदैन ।दोश्रो एफपिओ हो । जुन कम्पनिले आफ्नो प्रिमियम मूल्य सहित आम सर्बसाधारणलाइ बिक्रीको लागि आह्वान गर्छ ।पछिल्लो एफपिओहरुलाइ हेर्दा यो केही जोखिम युक्त नै मानिदै आएको छ । तेश्रो भनेको ब्रोकर कम्पनी बाट लिने शेयर हो ।जुन उक्त दिनको भाउ अनुसार चाहे जति लिन सकिन्छ ।यसमा आफुले किन्ने कम्पनिको आधारभुत ज्ञान भएन भने डुब्ने सम्भबना धेरै नै हुन्छ । यसरी दोश्रो बजारबाट शेयर लिदा कम्पनिका बारेमा अधिक जानकारी राख्न जरुरि पर्दछ ।
अब बजार बढ्ने कारण के के हुन सक्छन् ?
सबैभन्दा मुख्य कारण राजनितिक स्थिरता नै हो ।अहिले देशमा केही हदसम्म भए पनि स्थिरता आएको छ ।सरकार र निजि क्षेत्र लगानिको बाताबरण जुटाउने प्रयासमा छन् ।यस सगै बैंक तथा इन्स्योरेन्स कम्पनिहरुले चुक्ता पुजि पुर्याइसकेका छन् ।अर्बौ रुपैया बराबरका नयाँ आइपिओ खुल्ने प्रकृयामा छन् ।जुन नया लगानिकर्ताका लागि अत्यन्तै सेफ हुन्छ भनेर माथिनै भनसकिएको छ ।त्यो सगै मार्जिन लेण्डिङ ,तरलता र बैंक ब्याजमा सुधार ,बैंक बित्तिय सस्थाको प्रतिशेयर आम्दानिमा वृद्धि हुँदै जानू ,बजार प्रबिधि मैत्री हुनु,अनलाइन ट्रेडिङ जस्ता प्रबिधी मैत्री बित्तिय उपकरणहरु आउनु नेपाली शेयरबजारका सकारात्मक सुचक हुन् ।
त्यस्तै पुर्ण अनलाइन प्रणाली , बैंकलाई ब्रोकर लाइसेन्स दिने जस्ता कामको शुरुवातले पनि सकारात्मक भुमिका निर्बाह गरेको हुन्छ । साथै सरकारले आगामी ५ बर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर सहित प्रतिब्यक्ती आयलाइ दोब्बर बनाउने लक्ष्य सहितको नीति तथा कार्यक्रम तय गरेको छ ।यसले पनि बजारलाइ सकारात्मक दिशा तिरै लैजान सहयोग पक्कै पनि गर्दछ ।
कोरियाबाट कसरी लगानि गर्ने ?
नेपाली शेयर बजार अहिले प्रबिधीमैत्री बन्दै गैरहेको छ ।जस्तै पहिला घन्टौ लाइन बसेर आइपिओको फाराम भरेर २ महिनासम्म परिणामका लागि कुर्न पर्दथ्यो भने अहिले एक हप्तामै बाडफाड हुने गरेको छ ।बिश्वका जुनसुकै देशबाट पनि अब आइपिओ एफपिओ अनलाइनबाटै भर्न सकिन्छ ।त्य्सको लागि डि-म्याट नम्बर र बैंक तथा ब्रोक्ररबाट मेरो शेयरको सुबिधा लिन आबश्यक छ ।कोरियामा भएका नेपाली बैंकहरुले पनि यो सुबिधा उपलब्ध गराउदै आएका छन् ।त्यस्तै अबको केहि महिनामै पुर्ण अनलाइन कारोबार प्रणाली शुरु भएपछी यसले झनै सहजता पाउने छ ।तर अबको केही समयमै ठुल्ठुला जलविद्युत कम्पनी र केही उत्पादन मुलक कम्पनिहरुको आइपिओ कोरियाबाटै भर्नलाइ अहिले नै तयारी अबस्थामा रहन सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...