Advertisement
SKIP THIS

लैङ्गिक बिभेद र त्यसको दुष्प्रभाव


दक्षिण कोरिया : समाजमा हुने बिसंगतिको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दा सार्वजनिक गर्नेवालाले त्यस बिषयमा प्रयाप्त सूचना वा जानकारी लिएर बिचारहरु संप्रेषण गर्नु उपयुक्त हुन्छ। आफुसंग भएको सिमित सूचना र जानकारीको आधारमा समस्याको अचूक समाधान यहि हो भनेर तर्क गर्नु युक्तिसंगत हुदैन।

विगत केहि समयदेखि नेपाली समाजमा घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको बिषय यतिखेर सबैको लागि चिन्ताको बिषय बनेको छ, जुन स्वभाविक पनि हो । तर यो चिन्ता समाजमा भएको यस किसिमको घटनाबाट संबेदनशिल भएर भन्दा पनि बिभिन्न आग्रह प्रेरित भएर कतिपय सतहि समाधान सहित धारणा आउनु समस्या समाधानको दृष्टिकोणबाट अत्यन्त अब्यबहारिक छ।

यसै संन्दर्भमा केहि समय अगाडिदेखि रेड लाइट जोनको पक्षमा पनि केहि सामाग्रिहरु डिजिटल दुनियामा झुल्केको पाइन्छ। यस किसिमको तर्कका पछाडि घटनाको सत्य तथ्यका आधारमा भन्दा पनि समाचारको हेडलाइन हेरेर निर्माण गरिएको विचार भन्न अप्ठेरो मान्नु पर्दैन। बलात्कार नेपाली समाजको दुर दराजमा वा अझ भनौ सहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रतिर बढि मात्रमा घटेको कुरा तथ्यहरुले पुष्टि गरेको छ। यस किसिमको घटना घट्नुको कारण पत्ता लगाएर त्यसको निराकरण गर्दा मात्र सफलता हासिल हुन सक्दछ। त्यसको लागि यस बिषयमा केहि संन्दर्भलाइ उठान गर्नु बाञ्छनिय हुन्छ।

बलात्कार नेपालको मात्रै समस्या नभएर विश्वव्यापी समस्या हो। विकसित र विकासोन्मुख दुवै मुलुकको लागि बलात्कार साझा समस्या बन्दै गएको छ। आखिर किन यसरी बलात्कारका घटना बढिरहेका छन्, यसको मुख्य जड के हो? के – के कारणले गर्दा बलात्कारले प्रश्रय पाइरहेको छ त? विशेषगरी बलात्कारलाई समाज, सामाजिक संरचना र सामाजिक सन्दर्भसँग जोडेर हेर्नुपर्छ।

साधारण शब्दमा सहमति बेगर वा बलपूर्वक यौन सम्बन्ध स्थापित गर्नुलाई बलात्कार भनिन्छ। बलात्कारका घटनाहरू आधुनिक युगका उपज भने होइन। बलात्कारका घटनाहरू आदिकालदेखि नै हरेक समाज र संस्कृतिमा हुँदै आएको देखिन्छ।

उदाहरणको लागि सामन्तवादी समाजमा राजा महाराजाहरूले आफूलाई मन पर्ने जुनसुकै महिलालाई उपयोग गर्न सक्थे। त्यो एक प्रकारको संस्कृति नै थियो। महिलाले चाहेर वा नचाहेरै त्यस्ता कार्यमा संलग्न हुनुपर्थ्यो। त्यसलाई मानिसले संस्कृतिको रूपमा एडप्ट गरे र त्यो कार्यलाई सामान्य रुपमा लिइयो। वास्तवमा त्यो पनि बलात्कार नै थियो।

अहिले समाज परिवर्तन भइसकेको छ। समान्तवादबाट पुँजीवादको युगमा आइसकेको छ। यो युगमा आइपुग्दा बलात्कार जस्तो घृणित कार्यले चर्चा पाएको हो। पहिला यस्ता घटनाहरू लुकाएर, दबाएर राखिन्थ्यो। यतिसम्म की बलात्कार भयो भन्ने चेतना मानिसमा नै थिएन। यसलाई सजिलै ग्रहण गरिन्थ्यो। बलात्कारलाई सामान्य मानिन्थ्यो। तर आजकाल चेतना अभिवृद्धिले गर्दा यस्ता घटनाहरू बाहिर आउन थालेको छ। यसरी घटनाहरू बाहिर आउन थालेकाले मात्रै बलात्कारका घटनाका संख्या बढेको देखिएको हो। अतः बलात्कार हिजो पनि थियो र आज पनि छ। बलात्कारलाई एउटा जघन्य अपराधको रूपमा मानिन्छ।

बलात्कारका घटनाहरू यसरी बढ्नुका पछाडि स्वयं समाज दोषी छ। समाज भन्नाले सामाजिक संरचना जस्तो राज्यको चरित्र, त्यहाँको उत्पादन प्रणाली, अर्थ राजनीति, धर्म, संस्कृति, वर्ग, जातजाति, लैङ्गिकता, परम्परा, मूल्य, मान्यतालाई जनाउँछ। समाजको चरित्र र संरचना कस्तो छ भन्ने कुराले त्यो समाजले कस्ता मान्छे उत्पादन गर्छ भन्ने थाहा पाउन सकिन्छ। यस मानेमा कि कुनै खास समाजमा, खास समय र परिस्थितमा यस्ता घटनाहरू हुने गर्दछ।

हुर्कँदै बढ्दै जाँदा समाजबाट मानिसले सबै कुरा सिक्छ। यसमा सामाजिकीकरणको ठूलो भूमिका हुन्छ। त्यो घरपरिवारको आर्थिक अवस्था, शैक्षिक अवस्था र संस्कृतिले पनि प्रभाव पार्छ। कुनै पनि बच्चाको स्वभाव कस्तो बनाउने भन्ने कुरा उसको अभिभावकको हातमा हुन्छ। उसलाई सानैदेखि कस्तो संस्कार सिकायो, कस्तो ज्ञान, शिक्षा दियो भन्ने कुराले मानवता वा व्यक्त्विको निर्माण हुँदै जान्छ।

त्यसैले मानव जाति समाजको प्रतिफल अनुसार अगाडि बढिरहेको हुन्छ। जसमा कोही मान्छेहरू गलत दिशातिर लागिरहेका हुन्छन् भने कोही मानिसहरू सही बाटोमा लागिरहेका हुन्छन्। बलात्कार पनि त्यस्तो एउटा कार्य हो जुन खराब मानसिकताबाट उत्पन्न हुन्छ।

व्यक्तिले समाज बनाउने हो र समाजले नै सामाजिक संरचना बनाउने हो। समाज र व्यक्ति बिच दोहोरो सम्बन्ध हुन्छ। त्यसैले यस्ता घटनाहरू बढ्नुमा हाम्रो समाज र हामी स्वयं नै दोषी देखिन्छ। बलात्कारका घटना केलाउँदा व्यक्ति र समाजलाई नै जोडेर हेर्नु पर्छ।

वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेका कारण नै बलात्कारको घटना घट्ने गर्छ। महिलामाथि आफ्नो नियन्त्रण कायम राख्ने एउटा माध्यम बलात्कार हुन पुगेको छ। आफ्नो शक्ति प्रदर्शन गर्ने, अरूलाई डोमिनेट गर्ने, मानवको अवमूल्यन गर्ने, हिंसा गराउने अभिप्रायले बलात्कार हुने गर्दछ। बलात्कार नितान्त यौन इच्छाले हुने गर्दैन यो त महिला माथि दमन, शोषण, उत्पीडनलाई निरन्तरता कायम राख्न गरिन्छ। त्यसकै फलस्वरूप बलात्कारको उत्पादन र पुनरुत्पादन भइरहेको छ।

यो सत्य हो कि बलात्कारको लागि यौन अंग प्रयोग भएको हुन्छ।

यो अन्ततः गएर जोडिने भनेको पुरुष सत्तासँग हो। त्यो पुरुष सत्तावादको एउटा उत्पादन बलात्कार हो। बलात्कार भनेको महिलामाथि पुरुषको नियन्त्रण जमाउने एउटा खेल हो। जसले सधैँ महिलाहरूलाई असुरक्षित र कमजोर बनाइदिएको छ। पुरुषसत्तावादी सामाजिक संरचना नै बलात्कारी जन्माउने एउटा कारखाना हो। जुन कारखानाबाट दिनहुँ बलात्कारीहरू जन्मिरहेका छन्। त्यो संरचनाले बलात्कारीलाई प्रश्रय दिइरहेको छ।

बलात्कार एक जटिल र बहुआयामिक अपराध हो। यसलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ। व्यक्तिको मनोबैज्ञानिक, सामाजिक सांस्कृतिक पक्षबाट पनि हेर्न सकिन्छ। बलात्कार महिला हिंसाको एउटा पाटो हो। बलात्कार र हाम्रो सामाजिक संरचना जोडिएको हुन्छ। जस्तै बलात्कारलाई लिङ्ग, लैङ्गिकता, जातजाति, वर्ग, उमेर, क्षेत्र, अपाङ्गता आदिबाट व्याख्या गर्न सकिन्छ।

लिङ्ग र लैङ्गिकताको हिसाबले नै लैङ्गिक बिभेद र त्यसको दुष्प्रभावहरु आज समाजमा छर्पष्ट छन । समाजलाई दैनानुदिन दुषित बनाएका छन । यस्ता नेपालमा मात्र हुने गरेका छैनन । विश्व मै यो अघोषितरुपमा फैलिदैछन ।अन्तत्व “बलात्कार पुरुष सत्तावादको लैंगिक विभेद र महिला दमनको उपज हो” ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...