‘वर्ष दिनको चाडमा पनि जान पाईन घरमा’ भन्दै छन् कोरियाबाट गायक कर्साङ तामाङ (भिडियो सहित)


नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा प्रवासमा रहेकाहरुलाई घरपरिवारको अझ बढी याद आउनु स्वभाविकै हो । यस्तै चाडपर्वमा चाहेर पनि आफ्नो मुलुक फर्कन नसकेको पिँडा यतिखेर युवा गायक गायक कर्साङ तामाङ ले गीतमार्फत् पोखेका छन् ।

सिन्धुपाल्चोक जिल्ला घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियाको नमयानजुसिमा कार्यरत कर्साङ तामाङ काम गर्दै भए पनि नेपाली लोक तथा दोहोरि क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन् ।

उनले पछिल्लो पटक दशैँ तिहारलाई मध्यनजर गदै बैदेशिक रोजगारको क्रममा मुलुक बाहिर रहेका परदेशीहरू घर फर्कने तयारीमा रहे पनि साहूले बिदा नदिदा घरको सम्झना र छटपटीलाई यथार्थमा नै हुबहु चित्रण गरी गायक तथा सर्जक कर्साङ तामाङले अत्यन्तै मार्मीक दशैंतिहार गीत ‘जान पाईन घरमा’ विदेश नै बसेर बजारमा ल्याएका छन् ।

सर्जक तथा गायक तामाङको उत्कृष्ट लय तथा शब्दमा तयार गरिएको उक्त गीतमा कर्साङ तामाङ र अर्चना स्याङताङले सुमधुर आवाज दिएका छन् । जेनिथ शर्माको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल आशा खड्का र रामचन्द्र बोहराले अभिनय गरेका छन् ।

कृष्ण पाण्डे र बिरु लामाको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । सुनौलो नेपाल म्युजिक प्रा।लि।ले यस गीतको बजार व्यवस्थापन गरेको छ । बैदेशिक रोजगारको क्रममा कोरियामा रहेका तामाङको पहिलो गीत ‘सिन्धु मेलम्ची हाम्रो घर’ले पनि निकैनि लोकप्रियता र चर्चा कमाउन सफल भएको थियो ।

नेपाली लोक तथा दोहोरीको क्षेत्रमा पछिल्लो समय नयाँ सिर्जना र सर्जकहरु आउने क्रःम बढ्दो रहेको छ भने लोकगीतलाई माया गर्नेको जमात पनि त्यत्तिकै रहेको पाइन्छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...