Advertisement
SKIP THIS

कोरियामा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न


 नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको आयोजनामा सौल स्थित नेपाल हाउसको हलमा बृहत् रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।सस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इतर आवाज साहित्य समाजका अध्यक्ष तथा प्रखर कवि पराजित पोमु रहनुभएको थियो ।
सस्थाका बरिष्ट उपाध्यक्ष राम केसी नयनको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा नेपाली साहित्य समाज कोरियाका अध्यक्ष यल जी बिवस, अन्तरास्ट्रिय साहित्य समाज कोरियाका वरिष्ठ उपाध्यक्ष डी आर न्यौपाने सुर्य , विश्व साहित्य समाज कोरियाका सचिव खेम पुन ,प्रखर गजलकार नवीन नेपाल ,इतर साहित्य समाजका अध्यक्ष पराजित पोमु, साहित्यकार मिलन कान्छा किराँती , ओ एस नेपालका पत्रकार हरी अधिकारी , एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी लामा ( गुरुङ ) लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैबिच नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले ३ जना श्रस्टालाई सम्मान गरेको छ । बिगत लामो समयदेखि प्रवासमा रहेरपनि वहाँहरूले नेपाली साहित्यमा गर्नुभएको अतुलनिय योगदानको उच्च कदर गर्दै चर्चित मुक्तककार सन्तोष अम्गाईँ , गजलकार तथा मुक्तककार डीआर न्यौपाने सुर्य र मुक्तककार संजय घिमीरेलाई सम्मान गरेको हो।
कार्यक्रममा गोपाल न्यौपाने , जनक सन्याल , तपेन्द्र बिष्ट , खगेन्द्र खत्री, संजय खनाल, सरोज भण्डारी , नवीन नेपाल , राम के सी नयन , बि पी सागर, ए बी इन्द्र , सङ्कर बि क ,गोपीकृष्ण लामीछाने लगायत करिब १०० जनाले रचना वाचन गर्नुभएको थियो ।
यसै क्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै इतर आवाजका अध्यक्ष पराजित पोमुले नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखा नेपाली साहित्यको बिकास बिस्तारका निम्ति सकृय भएर लागेकोमा खुशी ब्यक्त गर्नुका साथै अाफू र आफ्नो सस्थाको तर्फबाट साथ सल्लाह सुझावको लागि सदैब तत्पर रहेको पनि बताउनु भयो । यसैबिच नेसास कोरियाका अध्यक्ष यल्जी बिवस तथा साहित्यकार मिलन किरातीले कार्यक्रम एतिहासिक भएकोमा खुशी ब्यक्त गर्दै आयोजक सस्थाप्रति आभार तथा आगामी कार्यक्रमका लागि शुभकामना पनि दिनुभयो ।
सस्थाका अध्यक्ष रामचन्द्र शर्माले ब्यस्तताका बाबजुत पनि कार्यक्रममा उपस्थित भएर कार्यक्रम भब्य बनाइदिनुभएकोमा समस्त सबैमा हार्दिक आभार ब्यक्त गर्नुको साथै आगामी दिनमा यस्तै साथ मायाको अपेक्षा रहेको बताउनु भयो । कार्यक्रममा सुन्ने सुनाउने स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयाेजन सस्थाका सचिव जनक सन्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका महासचिव भोजराज घोडासैनीले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...