रिदम लाइभमा पत्रकार लामिछाने बिशेष अतिथि, सउल र खिम्हेमा “बृहत अन्तरक्रिया कार्यक्रम”


सउल । सेप्टेम्बर २४ तारिखमा दक्षिण कोरिया आइपुग्ने पत्रकार रबि लामिछानेको सम्पुर्ण कार्यक्रमहरुको तयारी पूरा भएको छ । पत्रकार लामिछाने सेप्टेम्बर २५ र २६ तारीखमा हुने “बृहत अन्तरक्रिया” कार्यक्रमका लागि कोरिया आउन लागेको हो । उक्त अवसरमा चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का लागि रिपोर्टिङ समेत गरिने छ ।

कोरिया आइपुगेको दिन सेप्टेम्बर २४ तारिखमा हुने “रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा बिशिष्ट अतिथिको रुपमा लामिछाने सहभागी हुने जनाएको छ । उक्त जानकारी प्रदेश नम्बर ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन नियोगले दिएको हो । कार्यक्रम प्रदेश नम्बर ३ एकता समाजको समन्वयमा काभ्रे सम्पर्क समिति तथा धादिङ समाजद्वारा आयोजना गर्न लागेको हो । उक्त कार्यक्रमको मुख्य उदेश्य काभ्रे र धादिङ जिल्लाको विकट गाउँमा एम्बुलेन्स संचालन गर्ने रहेको भन्दै अध्यक्ष नियोगले भने “कार्यक्रममा पत्रकार रबि लामिछानेले प्रेरणादायी प्रस्तुति र भ्रमणको उदेश्य बारे जानकारी दिनुहुनेछ” । सामाजिक कार्यका लागि गर्न लागेको सांगीतिक कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण नेपालीलाई सहभागी जनाउन अनुरोध पनि गरेको छ ।

त्यस्तै सेप्टेम्बर २५ तारिखका दिन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट(समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छ । कोरियाको राजधानी सउलमा हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएको छ । “कार्यक्रमको सम्पुर्ण तयारी पूरा भयो अब, कोरियामा रहेका सबै संघसंस्थाको प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरुलाई निमन्त्रणा पठाउने छ । बिश्वास छ कि सबैको साथ र सहयोगले कार्यक्रम ऐतिहासिक हुनेछ ।” अभियन्ता श्रेष्ठले भने ।

विभिन्न संघसंस्थाको नाममा सभा, सम्मेलन, भेला, साँस्कृतिक कार्यक्रमहरु त कोरियामा प्रत्येक हप्ता जस्तै भैरहेको हुन्छ । अज सलनाल र छुसक जस्ता लामो बिदाको समयमा यस्तो गतिविधि ह्वात्तै बढ्ने गर्छन् । तर त्यसको उपलब्धि र प्रभावकारिताको बारेमा न सम्बन्धित संघसंस्थाले ध्यान दिएको छ न त यहाँका बुद्धिजीवीले नै । यस्तो अबस्थामा यो विल्कुलै कोरियामा पहिलोपटक, संदेशमुलक र सहभागिता जनाउन लायक एक महत्त्वपूर्ण बिशेष कार्यक्रम हो भन्दै सामाजिक अभियन्ता श्रेष्ठले भने “सम्पुर्ण कोरियावासी नेपालीहरु राष्ट्रियताको बिषयमा गोलबद्द हुने एक बिशेष अवसर पनि हो । यसलाई सबै मिलेर सफल पारौं ।”

कार्यक्रममा बिशेष गरि नेपालीहरुमा कामको तनावले हुने डिप्रेसन, नेपाली नेपाली बिच नै हुने दुव्र्यवहार, वैमनस्यता, संघसंस्थाको नाममा अनिमियता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरुको विविध समस्याको बारेमा छलफल हुने छ ।

त्यस्तै स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानका अभियन्ता राम दत्त जोशीले भने “देशमा विकृति, विसंगति र बेथिति मौलाईरहेको अबस्थामा त्यसको विरुद्ध सशक्त आवाज उठाएर त्यसको समाधानको प्रयास समेत गर्दै सारा नेपालीको मन मनमा बस्न सफल रबि दाईलाई कोरियामा स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । उहाँलाई स्वागत गर्न हामी सबै राष्ट्रप्रेमी कोरिया बासी नेपालीहरु आतुर छौ ।” यस्तो सुनौलो अवसरको सहि सदुपयोग गर्न अभियन्ता जोशीले सबैलाई आग्रह गरेको छ ।

२६ तारिखका दिन किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछ । २५ र २६ तारिखको दुबै कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने जानकारी अभियन्ता जोशीले दिएको छ ।

स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट ग्रुपको पहलमा दक्षिण कोरिया आउन लागेको रबि लामिछानेको कोरिया कार्यक्रमको सम्पुर्ण प्रायोजन तथा समन्वय इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ भने सउल र किम्हेमा हुने बृहत अन्तरक्रिया तथा मोटिभेस्नल कार्यक्रमको ब्यबस्थापन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान, किम्हे माइग्रेन्ट हाउस र रबि लामिछाने सपोर्ट ग्रुपले गरिने भएको छ ।
कार्यक्रमको पुर्ण विवरण
पहिलो कार्यक्रम
September 24 2018
स्थान : Yes 24 Live Concert Hall(लोकेसन हेर्नको लागि यहीँ क्लिक गर्नुहोस)
रिदम लाइभ तथा सांगीतिक धमाका (Rhytham Live Concert)

दोस्रो कार्यक्रम
September 25 2018
बृहत अन्तरक्रिया कार्यक्रम- सउल
स्थान : 동대문 구민회관(Dongdaemun Citizen’s Hall)(लोकेसन थाहा पाउन यहाँ क्लिक गर्नुहोस् )
Seoul 82-9 Janghanro Road, Dongdaemun-gu
आयोजक : स्वतन्त्र रास्ट्रप्रेमी नेपाली एकता अभियान
तथा  रास्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप

तेस्रो कार्यक्रम 
बृहत अन्तरक्रिया कार्यक्रम – किम्हे
स्थान : Gimhae Migrant House Dream House(लोकेसन थाहा पाउन यहाँ क्लिक गर्नुहोस)
김해시 서상동10-1번지
김해이주민의집
आयोजक : किम्हे माइग्रेन्ट हाउस, स्वतन्त्र रास्ट्रप्रेमी नेपाली एकता अभियान तथा  रास्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...