Advertisement
SKIP THIS

दक्षिण कोरियामा मोती जयन्तीको अवसरमा बृहत रचना वाचन हुने


अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले मोती जयन्तीको अवसरमा बृहत रचना वाचन हुने भएको छ । सेप्टेम्बर २३ हुने कार्यक्रममा कोरियामा रहेका नेपाली सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नेछन् ।

कार्यक्रमका संयोजक गंगा बस्नेतले व्यस्त देशमा रहेर पनि नेपाली भाषा साहित्यमा कलम चलाउने युवाहरु प्रशस्त रहेको र विषेश गरी गजल धेरै फस्टाएको बताए । ‘गजल लेख्नेहरु धेरै छन् । साहित्यका अन्य क्षेत्रमा भन्दा यसमा बढि नै आकर्षण देखिन्छ ।’ उनले भने । अनेसास कोरियाको प्रस्तुतिमा गजल एल्बम नै तयार पारेको र अब छिट्टै नै विमोचन हुने संस्थाका अध्यक्ष प्रमोद सारंगले बताएका छन् ।
नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक राष्ट्रिय विभूति मोतीराम भट्टको १५३औँ जन्मजयन्ती देशविदेशमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइन्छ । आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्राएका थिए । उनी नेपालीमा गजल लेख्ने सुरुका गजलकारहरुमा पर्छन् । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षमै मृत्यू भएका भट्टले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
अनेसास कोरिया च्याप्टरले हरेक बर्ष प्रदान गर्दै आएको “अनेसास कोरिया संगीत सम्मान” यो बर्ष युवा गायक रमेश सङ्ग्रोलालाई दिने भएको छ । अनेसास कोरिया संगीत सम्मानबाट यसअघि गायक राज सिग्देल, संगीतकार डी. आर अटु, सि पि मगर सम्मानित भएका थिए ।
बृहत रचना वाचन कार्यक्रम दोङदेमुनको शुभेच्छा होटलको सभाहलमा हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...