मर्स संक्रमित महिलाबाट जन्मिएको शीशु मर्स मुक्त


विकास श्रेष्ठ

सोल-कोरियामा मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स) बाट संक्रमित एक गर्भवती महिलाले शिसु जन्माएकी छिन । उन्चालीस वर्षीय महिला मर्सबाट संक्रमित भएर पनि स्वास्थ्य बच्चा जन्माउने विश्वमा पहिलो मर्स विरामी भएकी छिन । आमा र शिसु दुवैको स्वास्थ्य अवश्था ठिक रहेको सोलस्थित सामसुङ मेडिकल सेन्टरले जनाएको छ । शिसुलाई जन्म दिएपछि गरिएको परिक्षणमा महिलामा मर्सको जिवाणू नभेटिएको उक्त अस्पतालले जनाएको छ। गत महिना सामसुङ मेडिकल सेन्टरमा उपचाररत मर्स संक्रमित विरामी आमालाई भेटन जादाँ ती महिलालाई सो जिवाणू सरेको थियो। मर्सको लक्षण लक्षण देखिएपछि उनी मे सत्ताइस तारिखमा सोही अस्पतालमा भर्ना भएकी थिइन ।

 

यसैबीच मर्स जिवाणूबाट मर्नेको संख्या सत्ताइस पुगेको छ भने संक्रमितको संख्या एक सय असी पुगेको छ । विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका मर्स संक्रमित मध्ये चौवन्न जना निको भएर घर फर्किएका छन् । त्यस्तै करिब दुइ हजार आठ सय जनालाइ उनीहरुकै घरमा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ छ । मर्स महामारी फैलिएयता मर्स संक्रमण भएको आशंकामा तेह हजार भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको थियो । चौध दिन सम्मको क्वारेन्टाइनपछि एक हजार दुइ सय जनामा मर्सको लक्षण नपाइएपछि क्वारेन्टाइन मुक्त गरिएको छ ।

 

मर्स जिवाणू अन्यत्र पनि फैलन सक्ने आशंकाकाबीच कोरिया सरकारले क्वारेन्टाइनमा राखिएका मानिसलाई घरेलु तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...