Advertisement
SKIP THIS

पत्रकार रवि लामिछाने दक्षिण कोरिया आउने


सिउल । पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने पक्का भएको छ । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् ।

कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमण बारे आफ्नो फेसबुक मार्फत भिडियो समेत सार्वजनिक गरेको छ । लामिछानेले फेसबुकमा लेखेका छन् “जापान र कोरियामा रहनुहुने दाजुभाई दिदी बहिनिहरु सँग भेट्घाट गर्न र कार्यक्रम समेत तयार गर्न हामी यही सेप्टेम्बेर २१ देखी २८ सम्म जापान र कोरियाका बिभिन्न शहरहरुमा आउने छौ ।”

अभियन्ता श्रेष्ठका अनुसार सेप्टेम्बर २४ तारिखमा काभ्रे सम्पर्क समिती तथा धादिङ समाजद्वारा आयोजित रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाकामा बिशिष्ट अतिथिको रुपमा सहभागी हुनु हुनेछ । साथै उक्त कार्यक्रममा प्रेरणादायी प्रस्तुति (motivational speech) दिने र भ्रमणको उदेश्य बारेमा जानकारी दिने जनाएको छ ।

त्यस्तै सेप्टेम्बर २५ तारिखका दिन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट(समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउने छन् । कार्यक्रममा बिशेष गरि नेपालीहरुमा कामको तानबले हुने डिप्रेसन, नेपाली नेपाली बिच नै हुने दुव्र्यवहार, वैमनस्यता, संघसंस्थाको नाममा अनिमियता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरुको विविध समस्याको बारेमा छलफल हुने छ । साथै प्रावशशमा बसेर पनि समृद्ध नेपालका लागी के कस्ता रचनात्मक कार्यहरु गर्न सकिन्छ, भ्रष्टाचार र अनिमियता निर्मुल पार्नको निम्ति सचेत नागरिकको दायित्व र भुमिका के के हुन् भन्ने जस्ता समसामयिक बिषयमा अन्तरक्रिया हुने जनाएको छ । त्यसैले उक्त दिन दक्षिण कोरियामा रहेका बुद्धिजीवी, विद्यार्थी, पत्रकार, ब्यापारी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायत सम्पुर्ण नेपालीहरुलाई देशको सच्चा र इमान्दार स्वच्छ छवि भएका पत्रकार रवि लामिछानेसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो समस्या वा विचार प्रस्तुत गर्ने मौकालाई सदुपयोग गर्न अनुरोध गर्दै अभियन्ता श्रेष्ठले भने “कोरियामा यो एउटा उत्कृष्ट प्रभावकारी कार्यक्रम र अभियान बनोस् । सबैको साथ, सहयोग र सहकार्यको आवस्यकता छ । यो हामी सबै राष्ट्र प्रेमि नेपालीहरुको साझा अभियान हो । सबै मिलेर सफल बनाऔं।”

२५ तारिखकै दिन सिधा कुरा जनता संगको कार्यक्रमको लागि नेपाली समुदायको गुनासो र समस्या सम्बन्धी रिपोर्ट तयार गरिने भएकोले प्रवासमा रहेर हामीले बोकेका समस्याहरू र देशको वर्तमान जल्दाबल्दा समस्यहरु र त्यसको समाधान बारे आफ्नो विचार नेपालकै उत्कृष्ट र प्रभावकारी कार्यक्रम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने सुनौलो अवसरको रुपमा हामीले सदुपयोग गर्नुपर्ने भनाइ स्वतन्त्र राष्ट्रप्रेमि नेपाली एकता अभियानका अभियन्ता रामदत्त जोशी(नेपालको राम)को रहेको छ । “प्रवासमा हामी कहिले कामको तनाव कहिले साथीभाइसँग त कहिले घर परिवारसँगको तनावमा रहेका हुन्छौं । यस्तो वेलामा रवि सरको एक शब्दले पनि हामीलाई धेरै उर्जा दिन सक्छ । त्यसैले यस्तो मौका कसैले घुमाउन चाहदैनन् भन्ने मलाई लाग्छ ।” नेपालको रामले थपे ।

त्यस्तै २६ तारिखका दिन किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । २५ र २६ तारिखको दुबै कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने जनाएको छ ।

पत्रकार रबि लामिछाने पछिल्लो समय सर्वसाधारणको समस्या देखी राष्ट्रिय स्तरका ठूला ठूला समस्याको बिषयमा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण मात्र नगरी त्यसको समाधानको पहल समेत गर्दै आएको एक निडर पत्रकारको रुपमा स्थापित भइसकेका ब्यक्तित्व हो ।

स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट ग्रुपको पहलमा दक्षिण कोरिया आउन लागेको रबि लामिछानेको कोरिया कार्यक्रमको सम्पुर्ण प्रायोजन तथा समन्वय इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ भने सउल र किम्हेमा हुने बृहत अन्तरक्रिया तथा मोटिभेस्नल कार्यक्रमको ब्यबस्थापन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान, किम्हे माइग्रेन्ट हाउस र रबि लामिछाने सपोर्ट ग्रुपले गरिने भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...