Advertisement
SKIP THIS

फोनिज कोरिया र तामाङ पत्रकार संघ कोरियाले दियो एकदिने आधारभुत पत्रकारिता तालिम


टंकेश लिम्बू

दक्षिण कोरियामा रहेका पत्रकारिता गर्न चाहाने युवाहरुलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ((फोनिज) कोरिया र तामाङ पत्रकार संघ दक्षिण कोरियाले आइतबार एकदिने आधारभुत समाचार लेखन तालिम गरेको छ । सउलमा भएको कार्यक्रममा चार दर्जन युवाहरुको सहभागिता रहेको थियो ।

‘समाचार लेखन तालिमले पत्रकारिता गर्न चाहने युवाहरुलाई पत्रकारिताका बारे थोरै कुरा भए पनि सिकाउँछ । यसले मेहनत गर्ने युवालाई राम्रो मौका दिए जस्तो लाग्छ ।’ फोनिज कोरियाका अध्यक्ष तथा प्रशिक्षक गोकुल थोकरले भने । ‘अहिले कोरियाको समग्र पत्रकारिताको कुरा गर्दा त्यति राम्रो छैन । यस्ता तालिमले केही हदसम्म राम्रो गर्ला कि ?’ उनले आशा ब्यक्त गरे ।

तालिममा सहभागिहरुले पत्रकारिताका सिद्धान्त बुझ्न पाउँदा आगामी दिनमा समाचार लेखनको दायरा फरक हुने बताए । नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवा त्यस्तैमा एक थिए । ‘म पनि पत्रकारितामा रुचि राख्नेमा पर्छु । आजको यो तालिमले धेरै कुरा सिक्न मद्द्त गरेको छ ।’ उनले भने । अर्का सहभागी शेरशाङ्बो शेर्पालाई पनि तालिम फलदायी भएको र पत्रकारिता बारेमा थप कुरा सिकेको बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले सबै मिलेर विदेशमा भएका युवाहरुले गरेको कामले निक्कै हौसला मिलेको बताइन् । ‘यो कार्यक्रम निक्कै प्रभावकारी छ । भोलीका दिनमा पनि यस्तो कार्यक्रम गर्दा अझ राम्रो हुन्छ।’ उनले थपिन् । तालिममा नेपालमा मुलधारमा पत्रकारिता गरेकी बाला राई, सिमा लामा, रेश्मा राई र दक्षिण कोरियामा लामो समयदेखि पत्रकारिता गरि रहेका बरिष्ठ पत्रकार डम्बर सुब्बाले विभिन्न बिधामा प्रशिक्षण दिएका थिए भने तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत दिइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...