Advertisement
SKIP THIS

वार्षिक एक खर्बको कृषिजन्य बस्तु भारतबाट आयात


फोनिज कोरिया संवाददाता

 

काठमाडौँ – नेपाललाई कृषि प्रधान देश भनिए पनि वार्षिक रु एक खर्ब बराबरको कृषिजन्य बस्तु भारतबाट आयात गर्ने गरिएको छ |
नेपालले वार्षिक तरकारी फलफूल र मासुजन्य वस्तु गरी करिब रु ४५ अर्ब र चामल, गहुँ, तेल, दाललगायतका वस्तुसमेत गरी करिब रु ५५ अर्ब बराबरको कृषि उत्पादन आयात गर्ने गरेको हो ।
नेपालले कृषिको आयातलाई मात्र प्रतिस्थापन गर्ने हो भने भारतसँगको व्यापार घाटामा करिब ३८ प्रतिशतले कमी आउने विश्वास गरिएको छ । नेपालको भारतसँगको व्यापार घाटा वार्षिक करिव रु चार खर्ब ८० अर्ब पुगिसकेको छ ।
बल्खु कृषि तथा तरकारी बजारले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले राज्यले प्रोत्साहन दिएर कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालमा कृषि क्षेत्रको विकासको प्रचुर संभावना भएर पनि सरकारले लागू गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अर्बौ रुपैयाँको आयात गर्नुपरेको कृषि व्यवसायीहरूको धारणा छ । कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष विज्ञान अधिकारीले नेपालमा कृषि पर्यटन र जलविद्युत्को प्रचुर सम्भावना रहेको जानकारी दिनुभयो । नेपाल कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले कृषि बजारहरू स्थापना हुँदा किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्छ भन्ने उदाहरण बल्खु कृषि तथा तरकारी बजार बनेको बताउनुभयो ।
सो तरकारी बजारमा माछा बिक्री गरिरहेका बारा मत्स्य व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर साहका अनुसार अहिले जिउँदा माछाको बिक्री बढेपछि माछापालनमा किसान उत्साहित भएको जानकारी दिनुभयो |
उक्त कार्यक्रममा वक्ताहरूले खाद्यान्न जोखिमलाई नियन्त्रण गर्न, प्रस्तिस्पर्धात्मक कृषि बजारहरू स्थापना गर्न, किसानलाई समयमा मल बीउबिजन तथा बजारसम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...