Advertisement
SKIP THIS

म्याराडोना फिफा अध्यक्षमा उठ्ने


फोनिज कोरिया संवाददाता

 

 

सान्टियागो – महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा सेप ब्लाटरको स्थानपूर्तिका लागि अध्यक्ष हुने निर्णय गरेका छन् । उनले यस्तो निर्णय उरुग्वेका लेखक तथा पत्रकार भिक्टर ह्युगो मोरालेसलाई बताएका हुन् ।

ब्राजिलका पूर्वखेलाडी जिकोपछि फिफाको अध्यक्षमा लड्ने घोषणा गर्ने म्याराडोना अर्का ‘हाइप्रोफाइल’ पूर्वखेलाडी हुन्।

लाइबेरियाको राष्ट्रिय फुटबल संघका अध्यक्ष मुसा बिल्टीले पनि फिफा अध्यक्षमा आफूलाई दाबेदारको रूपमा प्रस्तुत गरेका छन्।

यसैगरी फिफाको अधिल्लो निर्वाचनमा वर्तमान अध्यक्ष सेप ब्लाटरलाई चुनौती दिएका जोर्डनका राजकुमार अली बिन अल हुसेनी र यूईएफएका प्रखुम मिचेल प्लाटिनीलाई समेत फिफाको आगामी अध्यक्षका रूपमा हेरिएको छ।

आफ्ना विभिन्न क्रियाकलापका कारण बेलाबखत चर्चामा आइरहने ५४ वर्षीय म्याराडोनाको फिफा अध्यक्षमा उठ्ने विषयलाई पनि यसैको अर्को कडीका रूपमा हेरिएको छ।

कहिले लागूपदार्थको दुव्र्यसन त कहिले प्रेमप्रसंगका कारण चर्चामा आउने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका गरेका थिए।

उनी त्यसमा सफल भने हुन सकेनन्। दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलमा म्याराडोना अर्जेन्टिनी टोलीका प्रशिक्षक थिए। विश्वकपको समाप्तिसँगै उनले पदत्याग गरेका थिए।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन मुख्य भूमिका निर्वाह गरेका म्याराडोनालाई ब्राजिलका पेलेसँगै विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिन्छ।

सन् १९७७ देखि सन् १९९४ सम्म उनले अर्जेन्टिनाका तर्फबाट खेलेको ९१ खेलमा ३४ गोल गरेका थिए। म्याराडोनाले बोका जुनियर्स, नेपोली, सेभिलजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...