Advertisement
SKIP THIS

“तेश्रो स्याङ्जा कप २०१८” को टाईसिट सार्वजनिक, १६ टिमको सहभागिता


“राष्ट्रिय खेलको सम्वर्द्वन, प्रवासमा खेलकुदको प्रबर्द्वन” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र गौरवमय संस्था मध्ये स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको “तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिताको लागि १९ अगष्ट २०१८ मा दोङदेमुन स्थित नाङ्लो रेष्टुरेण्टमा खेलतालिका(टाईसिट) सार्वजनिक भएको छ ।
भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१८ सिजनकै पाँचौं प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट २६ तारिक आईतबारका दिन सउलस्थित गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74) मा “तेश्रो स्याङ्जा कप २०१८”को आयोजना गरिने भएको हो ।
यसका लागि संस्थाका कार्यवाहक अध्यक्ष वाई. बी. रानाको अध्यक्षता, खेल संयोजक लेसन गुरुङ, टिम कप्तान अमित राना र विभिन्न संघ-संस्था सम्बद्व अध्यक्ष तथा प्रतिनिधि र खेलप्रेमी महानुभावहरुको उपस्थितिका विच टिम दर्ता तथा टाई सिट (Tie-Sheet) सार्वजनिक भएको हो ।
सो प्रतियोगितामा जम्मा १६ टिमले प्रतिष्पर्धा गर्ने भएको छ । “A” पोल अन्तर्गत शुरुवाती अर्थात उद्घाटन खेल कास्की परिवार र सिहङसी आनसान “B” विच हुनेछ । त्यसपछि क्रमशः “B” पोल अन्तर्गत को खेलमा तनहुँ सम्पर्क समिति र गुल्मी सम्पर्क समिति भिड्नेछ । यस प्रतियोगितामा पनि भलिवल संघको नियमानुसार पुरस्कार प्रथम र द्वितीय ले कप, सम्मान पत्र सहित क्रमशः १३ लाख वोन र १० लाख वोन त्यसै गरि दुई सेमीफाइनलिष्ट टिमले जनही ४ लाख वोनका दरले पुरस्कार हात पार्नेछ साथै खेलको आधारमा एक जना उत्कृष्ट खेलाडीलाई कप, नगद र सम्मान पत्रले सम्मान गरिने स्याङ्जा परिवारका खेल संयोजक लेसन गुरुङले जानकारी गराए ।
यसै अवसरको विचमा आगामी सेप्टम्बर ९ तारिक स्याङ्जा परिवार थेगु शाखाले आयोजना गर्न गईरहेको मिष्ठान्न दर सहित तीज धमाका २०१८ को पोष्टर सार्वजनिक पनि सम्पन्न गरिएको थियो । प्रतियोगिता हलमा मनोरञ्जनात्मक प्रस्तुतिसँगै मनग्य स्वादिष्ट नेपाली खाजाका परिकारहरुको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
“तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक सबैखाले सहयोग गर्नुहुन कोरियावासी सम्पूर्ण नेपालीहरुलाई स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।
“तेश्रो स्याङ्जा कप २०१८” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगितामा सहभागी टिमको नामावली :
“A” पोल अन्तर्गत
१) कास्की परिवार
२) सिहङसी आनसान “B”
३) बागलुङ सम्पर्क समिति
४) स्याङ्जा परिवार “A”
५) स्याङ्जा परिवार “B”
६) कालीगण्डकी ब्वाईज
७) पुन समाज
८) तमु धीं “B” पोल अन्तर्गत
९) तनहुँ सम्पर्क समिति
१०) गुल्मी सम्पर्क समिति
११) ठकुरी समाज
१२) विश्वकर्मा समाज
१३) सिहङसी आनसान “A”
१४) स्याङ्जा परिवार थेगु शाखा
१५) ख्वाङ्जु सामुदायिक सम्पर्क समिति
१६) म्याग्दी प्रवासी संघ “मोना” कोरिया
प्रतियोगिता हुने मिति, स्थान र समय :
मिति : २०१८ अगष्ट २६ तारिक आईतबार ।
समय : बिहान ठीक १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म ।
स्थान : गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74)
जाने तरिका : सउल मेट्रो लाईन नं. ४ सुयु स्टेशन गेट नं ६ बाट १०४ वा १ नं. बस चढेर 서강북 청소년 수련관 मा झर्ने ।
सम्पर्क नम्बरहरु : वाई.बी. राना : 01059407392 धर्म गुरुङ : 01058565031 लेसन गुरुङ : 01021632841 डिल्लु बिरकट्टा मगर : 01021356712

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...