Advertisement
SKIP THIS

कोरियामा प्रगती राईको एकल कविता वाचन


दक्षीण कोरियाको थेजन शहरमा चर्चित लेखक एवं कवि प्रगती राईको एकल कविता वाचन सम्पन्न भएको छ। गत आइतवारको दिन यहाँ अवस्थित सगरमाथा रेस्टुरेन्टमा सम्पन्न भएको कार्यक्रममा नयाँपुराना गरि आधा दर्जन कविता प्रगती राईद्वारा सुनाईएको थियो ।

नेपाल कोरिया कल्चर सेन्टरको आयोजनामा भएको कार्यक्रममा समसामयिक र नारी अधिकारको बिसयमा शशक्त कविताहरु प्रस्तुत गर्दै राईले यसरी छोटो अबधिमै आफ्नो लागि निक्कैवटा कार्यक्रम आयोजना हुनुले कोरियामा पहिलाभन्दा साहित्यिक माहोल बढ्दै गएको र यसबाट आफूलाई खुशी लागेको आसय व्यक्त गर्नुभयो। उहाँको शशक्त कविताहरुमध्ये एउटा कविता कवि धरती कल्पनाले वाचन गर्नुभएको थियो। केही कवितामा वादी महिलाको अधिकारको आवाज त केही कवितामा कोरियाको बसाई भोगाईका अंसहरु समेत प्रस्तुत गर्नुभएको उहाँका केही कविताहरु गलत राजनैतिक शैलीबिरुद्दका पनि थिए।

शुभकामना मन्तव्यमा आयोजक संस्था नेपाल कोरिया कल्चर सेन्टरकी अध्यक्ष मन्जु गुरुङले विभिन्न संघर्षका बाबजुद अहिले साहित्य क्षेत्रमा उठेकि सकृय लेखिका प्रगती राईलाई यो कार्यक्रममा उभ्याउन पाउँदा आफूहरुलाई खुशी लागेको जानकारी दिनुभयो। आयोजक संस्थाकै अर्का वक्ता चर्चित कोरियन नेपाली कवि सगरमाथा गुरुङ(किम ह्योङ हो)ले दुई देशको साहित्यिक र सांस्कृतिक पाटोहरुमा कोरियन कल्चर सेन्टरले महत्वपूर्ण पूलको भुमिका निर्वाह गर्न कुनै कसूर बाँकी नराख्ने बताउदै यो त्यसैको एक सिलसिला पनि रहेको बताउनुभयो । कवि किम ह्योङ हो को केही नेपाली तथा कोरियन कवितासंग्रह प्रकाशित छन्।

आफ्ना रचनाहरुको साथमा कवि यल्जी विवशको आकर्षक उद्घोषणसँगै सुरुवात भएको कार्यक्रमको एक चरणमा चर्चित कोरियन कवि याङ्ग मुन ग्यू तथा नेपाली कविहरु धरती कल्पना, जनक सन्याल,गोपिकृश्ण लामिछाने, कृस्णहरी कुवँर,प्रमोद यादव,आदिले आफ्ना ताजा कविता तथा गजलहरु प्रस्तुत गर्नुभयो। त्यस्तै थेजन समाजका अध्यक्ष जि.पि. बास्तोलाले शुभकामना मन्तव्य राख्नुभयो।

आफ्नो पछिल्लो किर्ती बिर्सिएको मृत्यू को प्रबर्द्धन गर्दै कोरिया आउनुभएकि कवि प्रगती राईको चाँडै नै थाक्रा नामको किताब प्रकाशन हुन लागेको छ। उनि कोरियाको पहिलो नेपाली साहित्यिक संस्था नेपाली साहित्य समाज दक्षिण कोरियाको संस्थापक संयोजक र अध्यक्ष पनि हुन्। केही समय अघि इतर आवाज साहित्य समाजले बुसानमा उहाँको एकल कविता वाचन कार्यक्रम राखेको थियो भने त्यसको केही अघि मात्र नेपाली साहित्य समाज र एमडब्लु टिभिको संयूक्त आयोजनामा बिर्सिएको मृत्यू एक विमर्श एवं बृहत् सृजनावाचन नामक कार्यक्रम राजधानी सौलमा भव्यरुपमा सम्पन्न भएको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...