दश बर्ष लगाएर परदेशी भुमीलाई वाई वाई गर्दै-गर्दा


 हरेक मानिसको जिवनमा बनिरहेको एउटा लामो र ठुलो योजना भित्र आफुले बिच-बिचमा स-साना योजनाहरु बनाईन्छ, तिनीहरु कतिपय पुरा हुन्छन त कतिपय अपुरा नै हुन्छन ।
जन्म भुमीमा दु:ख गर्ने, परदेशी भुमिको यात्रामा लाग्ने अर्थात एकले अर्कोलाई स्वागत र विदाई गर्ने भन्ने कुराहरु हाम्रो जिवनकै योजना अन्तर्गत पर्दछन् जसमा हामीले भुमिका मात्र निर्वाह गर्ने परेको छ । हाम्रो जिवनको लामो योजना भित्र नै सना-सना योजनाहरु हुँदारहेछन् अनि चल्दारहेछन् जसलाई वरीपरी रहेको वातवरणले मिलाउने काम गर्दोरहेछ ।
यस्तै म पनि जिवनको यो लामो योजनासंग यात्रा गर्दै जाने क्रममा यो परदेशी भुमीमा पाईला टेक्न सफल भएछु । हुन त बाल्यकाल देखीनै दु:ख र संघर्ष संग खेल्दै र रमाउँदै आएको म आफ्नै देशमा केही गर्न चाहन्थें यही विश्वासका साथ राजधानी काठमान्डौंका हरेक चोक र गल्लीहरु परिचित थिए म संग । तर जिवनमा बनिसकेको यती विशाल योजनाको अगाडी मैले बनाएको योजनाले के नै पो गर्न सक्थ्यो र !! जिवनमा बनिसकेको योजना अनुसार नै मैले सोचे भन्दा फरक किसीमले सन् २००८ मा रोजगारीको मुलुक भनेर चिनिएको देश दक्षिण कोरिया आउन सफल भए ।
जब मेरो पाईला कोरियामा पर्यो अनि थाहा भयो सोचेको र भनेको कोरिया भन्दा भोगेको र देखेको कोरिया बिच कति फरक रहेछ भनेर । न त बाजेले गरेको नत बुबाले गरेको काम त्यो पनि प्रकृतीको विरुद्ध दिउँसो र राती जसको सम्झना र कथा नै वेग्लै । एक दशक भनेको कुनै जिवको पुरा जिवनको आयू हो भने मानिसको जिवनको पनी धेरै लामो अवधी हो ।
यो एक दशकिय बसाईको अन्त्य-अन्त्य तिर आएर, रोजगारिको यो मुलुकलाई फर्केर हेर्दा मेरो नजरले भेटेको र देखेको :-
१.कोरिया र कोरियन – तिन दिशाबाट समुन्द्रले घेरिएको यो देश गर्मीमा धेरै गर्मी त जाडोमा धेरै जाडो हुने ~ जाडो, गर्मी र शितल सबै प्रकारको मौसम भएको नेपालसंग धेरै कुराको मेल खाएको सुन्दर देश। नियम कानुन, आदार-सत्कार, परिश्रम र मेहनतलाई पहिलो प्राथमिकता दिने साथैं कला र संस्कृतिमा रमाएका कोरियन र यो देश । स-साना घरेलु कम्पनी जसमा कतिपय राम्रा र असल कम्पनी मालिक र कोरियन कामदारहरु त कतिपय ठग्ने, हेप्ने, लुट्ने र धुत्ने सम्मका कम्पनी मालिक र कोरियन कामदारहरु अर्थात केही जानेबुझेका त केही नजानेका र नबुझेकाहरु भएको यो देश … ।
२. नेपाली ब्यक्तित्व र साथीभाईहरु – लामो समय कोरियामा बसिसकेका, समाजसेवी, धार्मिक अग्रज, राजनितीक अग्रज, वुद्धीजिवी,व्याबसायी, विद्यार्थी, पत्रकार आदी महानुभावहरुसंग भेट गर्ने र संगै यात्रा गर्ने मौका मिल्यो । ईपियस पद्धतिबाट नेपालबाट आएका विभिन्न सोच र बिचार भएका साथीभाईहरु संग हिंड्न, बस्न, रमाउन र संगै पसिना बगाउने सम्झना योग्य अवसर मिल्यो । धेरै अग्रज ब्यक्तिहरुबाट सहयोग पाउन सफल भएछु भने धेरै मित्रहरुलाई सहयोग गर्न पनि सकेछु । कतिपय साथीहरुले ज्यानै गुमाउनु पर्यो, कतिपयले आफ्ना अंगहरु गुमाउनु पर्यो भने कतिपय बिचैमा घर फर्कनु पनि पर्यो तर मैले कोरियाको दशौं बर्षको जाडो र गर्मीहरु कटाउन सकेछु, समय विताउन सफल भएछु ।
बसाईको अबधी धेरै नै भएपनी कहिले यहाँको आर्थिक मन्दी त कहिले आफ्नो र कम्पनीको समस्याले केही असर गरेतापनी साथीभाई र अग्रजहरुसंग चैं नजिक हुनसकेछु यो नै मेरो कमाई र उपाहार ठानेको पनि छु । तँपाई अग्रज र साथीभाई नै मेरो पाठशाला अनि गुरु परदेशी भुमीमा धेरै कुरा सिकेको अनुभुती अब मैले गरेको छु ।
३. म र मेरो :- कोरियाको दुई वटा कार्यकाल र मलाई हेर्नुपर्दा, पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा त्यती सक्रिय हुन सकिन कारण मेरो ब्यक्तिगत नै हो तर जति सकेछु त्यसमा खुशी छु । म र मेरो परिवारको भविष्य सुखमय बनाउन पसिना बगाउँदै गर्दा त्रिभुवन-अन्तराष्ट्रीय विमान स्थलबाट विदाई गरेर आएको मुटुको ट्क्रालाई गुमाउन पुगेछु तर पनि विगतलाई सहज लिन सकेकोछु । पवित्र जन्मभूमि नेपाल महान कर्मभूमि कोरिया दश बर्ष सम्म पसिना बगाउन सकेछु, नेपाली अग्रज महानुभावहरु र साथी भाईहरुको अघिपछी दौडदै जिवन बुझ्न सकेछु । यदी यो धर्ती नै नहुँदो हो त पैतालाले कहाँ टेक्थ्यो र !! अनि पैताला नै नभए शरिर कसरी वरपर गर्थ्यो र !! त्यस्तै जन्म भुमी नेपाल नै नभए मेरो जन्म यस्तो कहाँ हुन्थ्यो र !! अनि कोरिया नै नभए मेरो दश बर्ष यसरी कहाँ जान्थ्यो र !! रगत पनि बग्यो, पसिना पनि बग्यो, आँसु पनि बग्यो, आएका धेरै समस्या समाधान गर्न सकियो यही कोरियामा ।
कोरियनहरुको मेहनत र परिश्रमसंग नजिक पनि हुनसकियो, आदर, सम्मान र संस्कार पनि हेर्न पाईयो यही कोरियामा ।अनुभवी अग्रज तथा समाजसेवी ब्यक्तिहरु साथै असल र उदाहरणीय साथीहरु संग भेट गर्ने मौका मिल्यो यही कोरयामा । जिवन के हो !! असल के हो !! खराब के हो !! जान्ने र बुझ्ने मौका मिल्यो यही कोरियामा । यती लामो भोगाई पछी कर्म भुमीबाट जन्म भूमी लाग्दै गरेको यस अबस्थामा भन्न चाहान्छु: कोरिया तिम्रो सधैं जय होस,अझै प्रगति र उन्नती भएको देख्न र सुन्न पाईयोस,मन-मस्तिष्कमा कोरिया नै कोरिया, दश बर्षको वाई- वाई तिमीलाई कोरिया , वाई-वाई कोरिया ……..।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...