मर्सवाट थप दुईको मृत्यु तीन जना नयाँ सक्रमित भेटिए
निश्चल काउचा
सोल – मिडिल इस्ट रेस्पिरेटोरी (मर्स)वाट सोमबार थप दुई जनाको मृत्यु भएको र थप तीन जना नयाँ संक्रमित भटिएको स्वास्थ्य तथा कल्याण मंत्रालयले जनाएको छ | दुईको मृत्युसंगै मर्सवाट मृत्यु हुनेको सख्या २७ पुगेको छ भने संक्रमित हुनेको संख्या १७२ पुगेको छ |
सोमबार मृत्यु हुने मृतकको उमेर ८४ र ९७ बर्षको रहेको र उनीहरुलाई क्यान्सर समेत रहेको जनाईएको छ | सामसुङ मेडिकल सेन्टर सोल र डाई चेयोङ हस्पिटल देजनमा एक – एक जनाको मृत्यु भएको हो |
गत मे २० मा फेन्तेक क्षेत्रमा मर्सका पहिलो संक्रमित भेटिएका थिए र उनि साउदी अरबको भ्रमण पछि स्वदेश फर्केका थिए | मर्स सर्वप्रथम २०१२ मा साउदी अरबमा देखा परेको थियो |