Advertisement
SKIP THIS

न्यू भिजन सांगितिक सौगात २०१८ को तयारी बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो


विभिन्न संस्थामा काम गरिसकेका साथै नयाँ जोस जाँगर भएका ब्यक्तिहरु मिलेर,केही समय अगाडी मात्र गठन गरिएको संस्था “न्यू भिजन ग्रुपले “ यही शनिबार पत्रकार सम्मेलन गरी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आउने छुसक अर्थात सेप्टेम्बर २३ मा गरिने न्यू भिजन सांगितिक सौगात २०१८ लाई कसरी अझ प्रभावकारी किसीमले सम्पन्न गर्ने भन्ने बारेमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
असहाय तथा दृष्टिविहीनहरुलाई सहयोग गर्ने उदेश्यका साथ गरिने यो कार्यक्रको बारेमा गरिएको वृहत छलफ किम्हे स्थित लुम्बिनी रेष्टुरेन्टको एक हलमा गरिएको थियो। किम्हे, बुसान, गजे ,यांसान,उल्सान वरपर रहेका विभिन्न संस्थाहरुको प्रतिनिधिहरु,एन आर एन , एन, सि सि का केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधीहरु,सहभागी रहेको उक्त भेलामा पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष लगायत विभिन्न मिडीयाका प्रतिनिधी पत्रकारहरुको उल्लेखनीय भेला भएको थियो ।
न्यू भिजन ग्रुपका सचिब विविन्द्र राईले सन्चालन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा संयोजक अनिश गुरुङले कार्यक्रमको औचित्य र उदेश्यको बारेमा प्रष्ट पार्नु भएको थियो । अन्तरक्रियाका क्रममा उठेका हरेक प्रश्न र सवालहरुको जवाफ दिंदै संयोजक गुरुङले कार्यक्रमको तयारीको बारेमा पनी थप प्रष्ट पार्नुभएको थियो । उपस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुले कार्यक्रम सफलताको अग्रिम शुभकामनाका साथमा सुझाब र सगयोगका बचनहरु पनी दिएका थिए ।
नेपालका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहेको उक्त सांस्कृतिक कार्यक्रमको तयारी हेर्दा साँच्चै भब्य र सभ्य किसीमले सम्पन्न हुने सबैको ठम्याइ पनि रहेको पाइएको छ, सहयोग र समर्थन सबैको रहेको देखिन्छ । त्यस्तै गरेर सहयोगकै क्रममा हानपास रेमिट्यान्स, किम्हे माईग्रेन्ट हाउस लगायत किम्हेमा रहेका सबै नेपाली रेष्टुरेनहरु( लुम्विनी रेष्टुरेन्ट, न्यू लिटिल इन्डिया रेष्टुरेन्ट,नमस्ते रेष्टुरेन्ट, दुर्गा रेष्टुरेन्ट) को पुर्ण रुपमा सहयोग रहेकोछ ।
यसरी पवित्र उदेश्य लिएर गरिने, मनोरन्जनात्मक तथा सेवामुलक कार्यक्रममा सबैको सहभागिता हुनैपर्छ र कार्यक्रम सफल बनाउन सबै जुट्नैपर्छ , कार्यक्रम सफलताको अग्रिम शुभकामना पनी ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...